परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना महामारीसंगै बढ्दो अपराध : यौन तथा घरेलु हिंसा 

सन्दर्भ : राष्ट्रिय महिला अधिकार दिवस

कोरोना महामारीको संक्रमणलाई न्युनिकरण गर्न र यसको जोखिमबाट बच्न नेपाल लगायत विश्व समुदायले अथक प्रयास जारी राखेको छ । वर्तमान समयमा विकासका अनेक कार्यक्रम र अर्थतन्त्रको समेत परवाह नगरी कोरोना भाईरसको रोकथाममा सम्पूर्ण शक्ति तथा उर्जा केन्द्रित भइरहेको छ । यद्यपि यसबाट मुक्ति पाउन भने थुप्रै कठिनाइहरु उत्पन्न भइरहेका छन् । जता ततै भय र त्रासको वातावरण झनझन बढ्दै गईरहेको छ । कोरोना महामारीबाट बाँच्न र बचाउन हाम्रो देशमा पनि उल्लेखनिय कार्यहरु भई नै रहेका छन्।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भइरसको महामारीबाट बच्न मुलुकमा लकडाउन गरिएको छ । भौतिक दुरी कायम गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने भनिएको छ । कोरोना भाइरसको यस आक्रमणलाई विश्व स्वास्थ्य सङ्गठनले महामारी भनेर घोषणा गरेको छ । यस्तो विषम परिस्थितीमा महिला हिंसा जसले सदियौंदेखि छाया माहामारीको रुपमा समाजमा जरा गाडेको छ, झनझन बढिरहेका तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरी विश्लेषण गर्ने हो भने गत चैत ११ गतेदेखि बैशाख २७ गतेसम्म सबैभन्दा बढी आत्महत्याका घटना ३१०, घरेलु हिंसा २१० र बलात्कार १५५ वटा घटना दर्ता भई अनुसन्धानको दायरामा ल्याइएको छ ।

त्यसो त गत चैत्र ११ गतेदेखि मुलुक बन्दाबन्दीमा रहे तापनि यसको प्रभावकारी कार्यान्वयनको पाटो भने उत्साहजनक देखिदैन । प्रायः बाहिर जाने र खेलकुद, जमघट, प्रतिस्पर्धा लगायतका मनोरञ्जनात्मक कार्यमा समय बिताउने घरका प्रभावशाली सदस्य मानिने पुरुषहरु पनि घरमै थुनिएका छन् । बन्दाबन्दीका कारण परिवारका सम्पूर्ण सदस्य आआफ्नो घर परिवारमा सीमित हुनु पर्दा पुरुष सदस्यहरुमा अत्याधिक छटपटी, उकुसमुकुस, समय काट्न साह्रै गाह्रो  भएका अभिव्यक्तिहरु सार्वजनिक पनि भई नै रहेका छन् । परिवारका पुरुष सदस्यमा बाहिरको आनन्द र मनोरञ्जनबाट बञ्चित हुनु परेको आक्रोश परिवारमा रहेका महिला सदस्यहरुमा पोखिन थालेका घटनाहरु दिन प्रतिदिन बढी रहेका छन्।

हाम्रो परिवेशको सामाजिक संरचनामा पितृसत्ता हाबी हुनुले महिलाहरु बिभिन्न खाले हिंसाको सधैं नै शिकार भइरहेका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा पहुँच नहुँदा आफुमाथि भइरहेका जस्तो सुकै हिंसा पनि सहेर बस्नुको विकल्प नरहेकाले महिलाहरुले दैनिक रुपमा भोग्नु परेको हिंसालाई दैनिकी कै रुपमा स्वीकार्न र सहन बाध्य पारिए जस्तो प्रतीत हुन्छ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भइरसको महामारीबाट बच्न मुलुकमा लकडाउन गरिएको छ । भौतिक दुरी कायम गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने भनिएको छ । कोरोना भाइरसको यस आक्रमणलाई विश्व स्वास्थ्य सङ्गठनले महामारी भनेर घोषणा गरेको छ । यस्तो विषम परिस्थितीमा महिला हिंसा जसले सदियौंदेखि छाया माहामारीको रुपमा समाजमा जरा गाडेको छ, झनझन बढिरहेका तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरी विश्लेषण गर्ने हो भने गत चैत ११ गतेदेखि बैशाख २७ गतेसम्म सबैभन्दा बढी आत्महत्याका घटना ३१०, घरेलु हिंसा २१० र बलात्कार १५५ वटा घटना दर्ता भई अनुसन्धानको दायरामा ल्याइएको छ।

जारी लकडाउनको असर राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, जेष्ठ नागरिक तथा सिमान्तकृत समुदायहरुमा अत्याधिक परेको पाइएको छ । अर्कातिर विकसित मुलुकहरु जस्तै अमेरिका र बेलायतमा लकडाउनका कारणले महिलाहरुले रोजगारीबाट बञ्चित हुँदा घरभाडा तिर्न नसकेपछि घरभेटीले आफ्नो यौन पिपासा पुर्ति गरे घरभाडा मिनाहा गरिदिने भन्ने खालका समाचारहरु पनि आइरहेका छन् । यसरी महिलाहरु दोहोमारमा परिरहेका छन्– एकातिर भाइरसको भय अर्कातिर यौन शोषणको मार । यस्तो समयमा महिला तथा बालिकाहरु बलात्कृत भइरहनु भनेको अपराधिक समाजतर्फ उन्मुख हुनु हो।

एउटा बलात्कारीले बालिकालाई बलात्कार गर्छ अनि हाम्रो समाजले त्यही बलात्कारीसँग उसलाई जवरजस्ती विवाह गरिदिन्छ । फलस्वरुप पीडा भोग्न नसकेर बालिकालाई आत्महत्या गर्न बाध्य तुल्याइन्छ । यसैगरी लकडाउनका कारण महिलाहरु रोजगारीबाट बञ्चित भएका छन् । यसैको फाइदा उठाई महिलालाई आर्थिक प्रलोभनमा पारेर सामुहिक बलात्कार गर्ने गरिएको छ । समाजको एक दलित वर्गको प्रतिनिधी र कथित उपल्लो जातमा भएको माया, प्रेम र विवाहलाई स्विकार्न नसकेर दलित जातिको सामुहिक हत्या गरिन्छ । यस्तो खाले पीडाको गाम्भिर्यतालाई देशमा विद्यमान कुनै पनि कानुनले क्षतिपूर्ति दिन नसकेको अवस्था टड्कारो छ।

हजारौं वर्षदेखि कायम रहेको पितृसत्तात्मक सामाजिक व्यवस्थाले पुरुषलाई परिवारको सत्ता र शक्ति प्रदान गरेकाले नै पुरुषको झोँक महिला र बालबालिकामाथि निर्धक्क बज्रिरहेको छ । जुनसुकै सामान्य अवस्थामा पनि हिंसाको सामना गर्न बाध्य हुनुपर्ने महिला कोरोनाको कहरका बेला अझ बढी हिंसाको शिकार हुन पुगेका छन् । कोरोना भाइरसको महामारीबारे अहिले जताततै चर्चा भइरहँदा यो महामारीको आवरणभित्र महिला हिंसा झन् भयानक महामारीको रुपमा फैलिँदै गइरहेको छ।

अन्य आकर्षणहरू

बृद्धाश्रम

कोरोना महामारी र मानव अधिकार

शारीरिक यातना मात्रै महिला हिंसा होइन । महिला हिंसाका विभिन्न स्वरुप र आयामहरू हुन्छन् । बन्दाबन्दीको समयमा महिलाहरुको स्वास्थ्य प्रतिकूल बन्दै गइरहेको कुरालाई नकार्न सकिदैन । प्रजनन स्वास्थ्य त झनझन नाजुक पनि बन्न पुगेको छ । बन्दाबन्दीका कारण स्वास्थ्य सामग्रीको अभाव हुँदै जाँदा परिवार नियोजनका साधन बिना नै महिलाहरु यौन सम्पर्क गर्न  बाध्य छन् । जसले गर्दा महिलाहरु अनिच्छित गर्भधारण गर्न विवश हुनु परिरहेको छ।

घरेलु हिंसाको शिकारमा बालबालिका पनि पर्ने गरेका छन् । आफ्नो बाबुले आमालाई गरेको हिंसात्मक व्यवहारले उनीहरुको बाल मनोविज्ञानमा गहिरो आघात पर्न जान्छ । मदिरा सेवनलाई लकडाउनले केही असर गरेको छैन । लुकिछिपी मदिरा सेवन गरेर श्रीमतीसंग आफ्ना बालबालिकाकै सामुन्ने यौन सम्पर्कका लागि झम्टिएका घटनाहरु पनि यदाकदा सुन्न थालिएको छ।

यस्तो महामारीको समयमा महिलाहरु विभिन्न तरिकाबाट शोषणमा परेका छन् । सामाजिक सञ्जालबाट ‘भर्चुअल’ यौन दुव्र्यावहार पनि हुने गरेको छ। कोरोना भाईरस र महिला हिंसा दुवैको हालसम्म औषधी पत्ता लागेको छैन बचेर काम गर्नुपर्छ, लकडाउनले गर्दा ब्युटिपार्लर जान पाएनन् भनेर महिलालाई दाह्रीजुँगा भएको पुरुष जस्तो तस्वीरको Memes बनाएर Troll गरिन्छ । कुनै पनि महिलाले कुनै एक विषयमा दिएको व्यक्तिगत विचारमा पुरुष वर्ग सहमत हुन नसकेमा महिलाको चरित्रसंग जोडेर मर्यादाको ख्यालै नगरी दुव्र्यवहार गरिन्छ।

सामान्य अवस्थामा पनि पीडा खेपिरहेका महिला महामारीमा झन् पीडित भएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव आन्टोनियो गुटेरसले कोरोना महामारीका बेला महिला तथा बालिका बिरुद्धको हिंसाले अर्को महामारीको रूप लिएको चित्रण गरेका छन् । विश्वभरमा लकडाउनको अवधिमा ४० प्रतिशतले महिला हिंसाका उजुरीमा बृद्धि भएको ‘युएन वुमन’ले जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघको महिला अधिकार समितिले महिलामाथि हुने कोभिड – १९ को असर कम गर्न बढीभन्दा बढी सरकारी तथा गैरसरकारी संयन्त्रको योजना निर्माण तथा रोकथामका कुनै पनि विषयमा महिला सहभागिता र निर्णय प्रकृयामा बृद्धि गर्न आव्हान पनि गरेको छ ।

यस्तै कार्य कुनै पुरुषले गरेको खण्डमा उसको चरित्र हत्या गर्ने अभिव्यक्ति कोही कसैले दिँदैन । कोही महिलालाई बलात्कारमा परेको समाचार सम्प्रेषण भइरहँदा केही पुरुषको प्रतिक्रिया हुन्छ, खोज्दै गए पछि त्यस्तै हुन्छ । के कोही महिलालाई सामूहिक बलात्कारमा पर्ने रहर हुन्छ र ? बलात्कारको पीडा पुरुषले महशुस मात्र पनि गर्नसक्ने भएको भए सायद यस्तो अभिव्यक्ति दिनु त परको कुरा सोच्न पनि सक्ने थिएनन् होला । यस्ता गम्भिर विषयमा समयमै नसोच्ने हो भने समाजमा यौन हिंसाको घिनलाग्दो संस्कारले प्रश्रय पाउने कुरामा कुनै शंका छैन।

सामान्य अवस्थामा पनि पीडा खेपिरहेका महिला महामारीमा झन् पीडित भएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव आन्टोनियो गुटेरसले कोरोना महामारीका बेला महिला तथा बालिका बिरुद्धको हिंसाले अर्को महामारीको रूप लिएको चित्रण गरेका छन् । विश्वभरमा लकडाउनको अवधिमा ४० प्रतिशतले महिला हिंसाका उजुरीमा बृद्धि भएको ‘युएन वुमन’ले जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघको महिला अधिकार समितिले महिलामाथि हुने कोभिड – १९ को असर कम गर्न बढीभन्दा बढी सरकारी तथा गैरसरकारी संयन्त्रको योजना निर्माण तथा रोकथामका कुनै पनि विषयमा महिला सहभागिता र निर्णय प्रकृयामा बृद्धि गर्न आव्हान पनि गरेको छ।

यसर्थ लकडाउनमा आ–आफ्नो क्षेत्रबाट सबैले सबैखाले हिंसाविरुद्ध आवाज उठाउनु अनिवार्य छ । कोही कसैले पनि लकडाउनमा लैङ्गिक हिंसाविरुद्धको आवाज ‘लक’ गरेर बस्न कदापि हुँदैन । हिंसा हुन नदिन हाम्रो समाजमा पुरुषको अहम भूमिका रहन्छ । घरेलु तथा यौन हिंसा महिला मात्रको समस्या होइन, यो सामाजिक समस्या हो । तसर्थ पुरुषहरुले पनि प्रवृत्तिगत दम्भ त्यागेर लैङ्गिक समानताको फराकिलो आयामतर्फ लम्कनु आजको आवश्यकता हो । लैङ्गिक समानता आधारभूत मानव अधिकार हुनुका साथै विश्व शान्ति र सम्बृद्धिका लागि समेत अपरिहार्य छ । महिला बिरुद्धका सबै प्रकारका हिंसा नियन्त्रणका लागि पुरुष सहभागितामा बृद्धि हुनु जरुरी छ । सभ्य र सुसंस्कृत समाजमा महिला र पुरुषबीच सारभूत समानताको प्रत्याभूति अनुवार्य हुन्छ।

Facebook Comments