परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अष्टमीको रात साफेबगरको बास

बेला विक्रम सम्बत् २०३५ सालको दशैं । त्रिभुवन विश्वविद्यालयमा प्राणी शास्त्र विषयमा स्नातकोत्तर गर्ने सिलसिलामा राष्ट्रिय विकास सेवा कार्यक्रम अन्तर्गत कालिकोट जिल्लाको कोटवाडा स्थित नन्दादेवी निम्न माध्यमिक विद्यालयमा सेवारत थिएँ । स्कूल १५ दिनलाई छुट्टी भएको थियो । छुट्टी बिताउने माध्यम तिनताका नजिक भएका साथीभाइ भेट्नु वा सम्भव भएको ठाउँमा घुम्न निस्कनु हुन्थ्यो, यतातिरको भाषमा रमाइलो गर्नु, घुम्नुलाई रामाती भन्ने चलन थियो ।

साँझ पर्न लागेको, जङ्गलबीचको बाटो भएकाले हामी गाउँ पुग्ने अन्दाजका साथ अलिक हतार गरेर पाइला चाल्न थाल्यौं। बस्ती अलिक परै परेछ क्यारे, रात झमक्कै पर्दा हामले जङ्गलको पुछारमा मकैबारी रुग्न बनाएको एउटा याक्सा जस्तो फेला पा¥यौं। मान्छे थिएनन् , शायद मकै भाचेर ओसार्ने क्रममा रात घरै बसे होलान्। बाँसको भ¥याङबाट हामी याक्सामा चड्यौं। दुईचार घोगा पुड्का मकै भुइमा लडिरहेका थिए। अँगेनो थियो भित्रपट्टि, निभेका कोइला खरानीले छोपिएको थियो। आगो बाल्ने जमर्को गरेको हो तर सल्काउन सकिएन। झोलामा भएका रोटा झिक्यौं, टोक्यौ.र सुत्यौं। रिमरिम उज्यालो भएपछि बाटो लाग्यौं। दाउरा घासका लागि वन उक्लिने मान्छे भेटिन थाले केही बेर पछि। हामी बसेको ठाउँ अछाम जिल्लाको जोगीबर्साले भन्ने रहेछ।

नानीदेखि लागेको बानीमा छुटाउन गाह्रो हुन्छ भन्थे । मेरो सानैदेखिको चिया खाने बानी भने कोटवाडा आएपछि छुटेको थियो– चियापत्ती र गुलियो पदार्थको अभावमा । आक्कल झुक्कल सदरमुकाम काममा जाँदा वा तिला कर्णाली रेंगिलको पुलको बाटो आउँदा मात्र चिया खान पाइन्थ्यो। तलतल भने लागि रहन्थ्यो । छिमेकी धामी बाले डोटीको सिलगढीमा चिया, चिनी, मिठाई पाइने कुरा गर्नुहुन्थ्यो ।

दशैंमा डोटीको सिलगढी हेर्ने योजना बनाइयो । छिमेकी गाउँका पर्भु बिष्ट मेरा साथ लाग्ने भए । दशैं भएकाले मलाई सघाउने बिष्णुले दुई दिन लगाएर हामी बस्ने घर लिपपोत गरे । यो घर म जस्ता ढुक्कै गाउँमै बस्ने मास्टरलाई बस्नका खातिर गाउँलेले बनाएका थिए । तर यसको नामाकरण चाहिँ छात्रावास गरिएको थियो । पँधेरामा लगेर ओढ्ने ओछ्याउने धोइ पखाली गरियो, घाममा सुकाइयो । फुलपातीको दिन हामी फेरफार गर्ने लुगा र बास बस्दा खाने रोटाको जोहो गरेर कुम्लोकुटुरो बोकी बाटो लाग्यौं ।

कोटवाडा स्कूलको जंगलमुनिको बाटो हुँदै लालुगाड (कोटवाडा र लालु ठांटीकोट गाउँ छुट्याउने खोला) तरेर हामी लालुगाउँ तिर लाग्दा घटारु (पानी घट्ट चलाउनेहरु) बाक्लै देखिन्थे । आटो, मकै, कोदो पिसेर गाउँ फर्किनेलाई बाटोमा भेटिरथ्यौं हामीले । लालु गाउँ छिचोल्दा घाम छिप्पिई सकेका थिए । गाउँमाथिको सल्लाको बनको बाटो हामी अगाडि बढ्दै गयौं । गाउँको केहीमाथिसम्म आइपुगेका गाउँलेहरु गाई वस्तु चराइवरी फर्किन थालेका थिए । जङ्गल उक्लिसक्दा सांझ पर्न लागेको थियो । डाडापारी खातैखात परेका पर्वतमाला देखिन्थे भने तलतिर पींधमा खोंचै भएर राकम करनाली बग्दो थियो । डाडापूर्व दैलेख र कालिकोटलाई यही करनालीले छुट्याउथ्यो भने डांडा पश्चिम अछाम जिल्ला पथ्र्यो । उचाइ नाप्ने साधन थिएन साथमा तर जंगलका प्रजातिको हिसाबमा २,५०० देखि ३,००० मीटरको बीचमा हुनुपर्छ । डाडामाथिबाट दैलेखतिरका गाउँहरु देख्न सकिन्थ्यो । अलिक पर पश्चिम दिशामा अछामका पातला बस्ती र जङ्गलका बुच्का बुच्की अन्दाज गर्न सकिन्थ्यो ।

साँझ पर्न लागेको, जङ्गलबीचको बाटो भएकाले हामी गाउँ पुग्ने अन्दाजका साथ अलिक हतार गरेर पाइला चाल्न थाल्यौं। बस्ती अलिक परै परेछ क्यारे, रात झमक्कै पर्दा हामले जङ्गलको पुछारमा मकैबारी रुग्न बनाएको एउटा याक्सा जस्तो फेला पा¥यौं । मान्छे थिएनन् , शायद मकै भाचेर ओसार्ने क्रममा रात घरै बसे होलान् । बाँसको भ¥याङबाट हामी याक्सामा चड्यौं । दुईचार घोगा पुड्का मकै भुइमा लडिरहेका थिए । अँगेनो थियो भित्रपट्टि, निभेका कोइला खरानीले छोपिएको थियो । आगो बाल्ने जमर्को गरेको हो तर सल्काउन सकिएन । झोलामा भएका रोटा झिक्यौं, टोक्यौ.र सुत्यौं । रिमरिम उज्यालो भएपछि बाटो लाग्यौं । दाउरा घासका लागि वन उक्लिने मान्छे भेटिन थाले केही बेर पछि । हामी बसेको ठाउँ अछाम जिल्लाको जोगीबर्साले भन्ने रहेछ ।

शरद ऋतुको घमाइलो मौसममा हिंड्न रमाइलो थियो । जङ्गल सकिएर हामी घाँसे चउर हुँदै गाउँपस्न लागेका थियौं । गाउँले र बस्तुभाउ हिंड्ने गोरेटो बाटो भएकोले अल्मलिने ठाउँ थिएन । कालिकास्थान भन्ने दुईचार घर भएको बस्ती भेटेपछि चिया खाने तलतल लागेको थियो, दोकानझैं लाग्ने घर थियो तर पाली नदेखेपछि हामी अगाडि नै बढ्यौं । ं

अलिक चौडा बाटो भेटेपछि बाटाको माथितिर औसतभन्दा ठूलो ढुङ्गाले बनेको, पत्थरको छानो भएको दुइतले घर देख्यौं । छेउमा अरु दुइटा गोठ माफिकका तर व्यवस्थित टहरा पनि देखिन्थ्ये । डीलमा बसेर अघिदेखि नै हामीतर्फ हेरिरहेका एकजना बालक आएर रानीसाहेबले बोलाउनुभएको छ भने । मैले त लवजले गर्दा बुझिन, पर्भुले अर्थ लगाए पछि मेलो पाएँ । म अन्यौलमा परेको देखेर पर्भु त्यो घरतर्फ अघि लागे, मैले पनि उनलाई पछ्याएँ । मेरो सम्झनाले भ्याएसम्म त्यो ठाउँको नाउँ चाल्सा हुनुपर्छ ।

भित्तामा फलेक जोडेर बनाइएको खाटमाथि राडी ओछ्याइएको थियो, हामीलाई त्यँही बसाइयो । ती बालकले रानीसाहेबबाट सोधनी भएको भन्दै स्थानीय लवजमा हामी ‘कहाँबाट आएको र कहाँ जान लागेको ?’ भन्ने कुराको उत्तर पर्भुले मलाई अथ्र्याउदै ‘कालिकोटबाट डोटीसम्मको यात्रा’ भनी स्थानीय लवजमै फर्काए । करीब १० बजेतिर कांसको अङ्खोरामा पानी राखिदिदै हातमुख धुन भने तिनले हामीलाई । अरु भेउ नपाए पनि हामी पाहुना सत्कारमा परेउँ भन्ने अन्दाज चाहिँ लगाएँ मैले पनि ।

भित्र चुलोको छेउमा गुन्द्रीमाथि गलैंचा ओछ्याइएको थियो । एक एकवटा कांसका थालमा सेलरोटी, पुरी (टाटे, स्थानीय लवजमा) अनरसा र तीनचार कटौरामा पकवान तरकारी, दही, घीउ लहरै राखिएका थिए । गरगहना र लवाइको हिसाबमा खानदानी देखिने एकजना अधवैंशे महिलाले ‘अष्टमीको पर्सादी ज्युनार होस् राजासाब झाँता सवारी भा’छ, बेली (साँझ) सम्म आइपुगिसिन्छ’ भनेर दरबारी भाषामा भनिन् । दशैंको अपूर्व भोजन हामीले धन्य मान्दै खायौं । खाना खाइवरी चुुठेर हामी बाटो लाग्ने तयारी गर्दा ती महिलाले थाली लिएर निस्किन् । बा’जीलाई दशैंको दक्षिणा भन्दै मेरो निधारमा टीका लगाइदिएर एक रुपियाँको सिक्का हातमा थमाइदिइन् ।

दशैंको बेला, अधिल्लो दिन बेलुका सुख्खा रोटीले छाक टार्नु परेको थियो । स्वादिष्ट भोजन त्यो पनि राजकीय सम्मानका साथ पाउँदा म आफैं दङ्ग थिएँ । बाटोमा पर्भुले अथ्र्याएपछि मात्र मैले कुरो बुझें । झांताका रजौटाको मौसमी दरबार रहेछ त्यो, ती महिला रजौटा खलककी रहिछन् । दशैंमा जोगी, सन्यासी, माग्ने र रैतीलाई भोजन गराउने उनीहरुको चलन रहेछ । कपाल दारी लामा लामा भएको, झोला भिरेको, लट्ठी टेकेको देखेर मलाई उनीहरुले जोगी ठानेछन् । बाबाजीलाई स्थानीय भाषामा बाजी सम्बोधन गरिने रहेछ । मैले खैरो रङ्गको लुगामाथि राविसेले दिएको गेरु रङ्गको जाकेट लगाएको थिएँ । कुनै जोगी, फिरङ्गीलाई भोजन, दान नगरी अष्टमीमा राजखलकले नखाने चलन हुँदा त्यस दिन म फेला परेको रहेछु । दक्षिणा पनि त्यसै बापतको रहेछ ।

असोजको घाम, भाग्यले जुराएको ब्यञ्जन, पुग्नुपर्ने गन्तव्य नभएको भए त गज्जबको रमाइलो हुने थियो । झण्डै मध्यान्ह भएको थियो हामी अगाडि बढ्दा । अन्तराल लामो भइसकेकोले गर्दा अहिले सबै स्थान विशेष त सम्झन गाह्रो छ । तर बाटोमा पर्ने झांता भन्ने ठाउँको सम्झना छ मलाई । त्यसपछि बिनायक, तिनताका सदरमुकाम हो जस्तो लाग्छ, सरकारी कार्यालय थिए । कालिकोटको कोटवाडा आइसकेपछि मैले देखेको अलिक व्यवस्थित बजार । ढुङ्गा छापेको अलिक चौडा बाटो, दुई पाखे तर पत्थरले छाएका घरहरु । झ्याल ढोकाको बनोट हेर्दा कालिकोटभन्दा केही विकसित तथा व्यवस्थित लाग्ने । साँझ परिहालेको पनि थिएन बास बस्नलाई । अगाडि साफेबगर एअरपोर्ट तथा प्रहरी अड्डा समेत भएको, मौसमी हाट बजार लाग्ने जानकारी पाएर, बास बस्न उतै पुग्ने योजना सहित हामी अगाडि बढ्यौं ।

बजार छोडेर पुल तर्दै गर्दा साँझले छोपी हाल्यो । पहिला प्रहरी चौकी तर्फ लाग्यौं हामी । बाहिरी गेट नै बन्द भैसकेको थियो । भित्र टुकी वा झरो (सल्लाको चोइटाबाट खोटो झर्दै बल्ने दियालो ) को पिलपिलले घर उज्यालो त देखिन्थ्यो । तर बाहिरी गेट र घरको ढोकाको दुरी अन्दाज गर्दा बोलाए पनि नसुनिने सम्भावना थियो । हामी अगाडि बढ्यौं । अगाडि एउटा अस्थायी टहरो जस्तो ठाउँमा जीउ पनि राम्रोसंग नढाकिएको लुगा लगाएकी एकजना महिला किटको कराहीमा केही चलाइरहे झैं देखिन्थिन् । त्यो टहरो अगाडि हामी पुग्ने बित्तिकै हातले इशारा गरेर हामीलाई टहरोतिर नबढ्न उनले सङ्केत गरिन् । झिजा दाउराबाट आगो संगै धुवाँको मुस्लो बराबर निस्किरकेको थियो । साथमा करिब पाँच–छ वर्ष जतिको बालक नाङ्गै त्यो कराहीतिर एकटक लगाएर हेरिरहेको थियो ।

साथी पर्भुले केही खानेकुरा पाइन्थ्यो कि भनी सोधे । जवाफमा उनले ‘दिनभरीको जोहो सेतीमा फेला पारेको माछा यै चल्लो (बच्चो) लाई खुवाउन पकाउँदी छु’ भनिन् । साथै हामी त बादी जाति पो हौं भनिन् । पर्भुले मेरो अनुहारतिर हेरे । त्यसबेलासम्म बादी जात वा प्रथा बारे मैले सुनेकै थिइन । लहरै रहेका एकैनाशे १०–१५ वटा टहरामा हामीले बास माग्यौं । सेती बगरमा रहेको त्यो बादीहरुको बस्ती रहेछ । कसैले पनि हामीलाई बास दिन नसक्ने कुरा बताए । अनिच्छाभन्दा पनि बाध्यता थियो शायद, उनीहरुको गरिबी, सामाजिक उपेक्षा, उत्पीडन र सीमान्तीकरणको । हामीले खानलाई पानी माग्यौं । बिष्ट (माथ्ला जातका) लाई दिने छुट्टै भाँडा वर्तन आफुहरुसंग नभएको बताए । साथै हामी त बटुवा भएकोले बाटो लागि जान्छौ, ठालुले थाहा पाए हामीलाई डाँड्छन् (सजाय गर्छन्) भने । हामी पानी पनि नखाइ हामी रात कसरी काट्ने भनी घोत्लियौं ।

फर्केर बिनायक गाउँ नै जाउँ भने अष्टमीको अंधेरी रात झोलुङ्गे पुलसम्म पुग्न नै हामीलाई गाह्रो थियो । त्यसै त रात परिसक्यो । हामीलाई अगाडि बस्तीको कुनै अन्दाज थिएन । गाउँले परिवेशमा उज्यालोको अभावमा खानपीन सक्ने वित्तिकै ओछ्यान पस्ने हो । हामीले सल्लाह ग¥यौं, ठूलो बगर भएकोले खोलाले बगाइहाल्दैन, छेउछाउ जंगल नभएकोले जंगली जनावरको डर छैन, दशैंको मौसम भएकोले वर्षा पनि विदो भईसकेको थियो । भुतप्रेतसंग डर थिएन, बगरमै रात बिताउने निधो ग¥यौं।

पूर्वी नेपालको सुनसरी जिल्लामा जन्मेहुर्केको, सुनै सरीको अन्न खाएर हतपत्त भोकै बस्नु नपर्ने परिवेशमा हुर्केबढेको मान्छे म । सेती अञ्चलको साफेबगरमा त्यो पनि दशैंको अष्टमीको रात । दशैंको मासुभात त के पानी पनि खान नपाई आकाशलाई छानो बनाएर बगरका ढुंगामाथि झोलाको सिरानी हालेर सुत्नु प¥यो । बुढापाकाहरु भन्ने गर्थे– ‘भोकको खान्की, निद्राको सिरानी’ । त्यही सम्झेर होला, निर्धक्क निदाइएछ । यो घटना मेरो जीवनमा अविस्मरणीय बनिरह्यो ।

फर्केर बिनायक गाउँ नै जाउँ भने अष्टमीको अंधेरी रात झोलुङ्गे पुलसम्म पुग्न नै हामीलाई गाह्रो थियो । त्यसै त रात परिसक्यो । हामीलाई अगाडि बस्तीको कुनै अन्दाज थिएन । गाउँले परिवेशमा उज्यालोको अभावमा खानपीन सक्ने वित्तिकै ओछ्यान पस्ने हो । हामीले सल्लाह ग¥यौं, ठूलो बगर भएकोले खोलाले बगाइहाल्दैन, छेउछाउ जंगल नभएकोले जंगली जनावरको डर छैन, दशैंको मौसम भएकोले वर्षा पनि विदो भईसकेको थियो । भुतप्रेतसंग डर थिएन, बगरमै रात बिताउने निधो ग¥यौं।

चार दशक पछि हिजोआज ज्ञान, विज्ञान तथा प्रविधि बारेको धेरथोर जानकारी, सम्पन्नता र विकास सम्बन्धी विश्व जगतको केही देखाई र बुझाईले मेरो चेतना निकै फेरिएको छ । यो संस्मरण लेख्दै गर्दा म लगायतले प्रतिनिधित्व गर्ने मान्छे प्रजातिको आदि तथा अन्त्य पृथ्वीका यिनै अंशहरु माटो र बगरमै त हो भन्ने बोध त्यसबेला भएको भए त्यस रातको आनन्द अर्कै हुन्थ्यो होला भन्ने महशुस भइरहेको छ ।

विहान उठ्दा बगरका ढुंगाले शरीरको छाला अलि अलि दुखको थियो । तर मन भने शान्त र शीतल थियो । आँखाले बाटो ठम्याउन सक्ने भएपछि हामी बाटो लाग्यौं । ठाउँको नाम सम्झना छैन, अन्दाजी दुई घण्टाको बाटो काटेपछि एउटा सानो दोकानमा हामीले चिया र पकाएको सिमी खान पायौं । करिमकरिम उकाली ओरालीमा गाउँ, बारी र पातला जंगल छिचोल्दै अघि बढ्यौं । एकलासको एउटा कुइनेटोमा गाई चराउने केटाकेटी भियाउने (भूत) भन्दै मतिर हेरेर तर्सेर भाग्न थाले । मित्र पर्भुले उनीहरुलाई होइन होइन मन्ठा (मान्छे) नै हुन् भनी सम्झाउनु परेको थियो । मेरो आकृति कस्तो भैसकेको रहेछ भन्ने कुरा मलाई स्पष्ट ज्ञान भयो ।

रात नपर्दै हामी डाटीको सिलगढी बजार पुग्यौं । ढुङ्गा छापेको बाटो । दोहोरो लाइन घर । कोटवाडाको आँखामा त शहरै आइपुगेको महसुस थियो । हामीले होटलमा कोठा पायौं, पहिलो तल्लामा । दशैं लागिसकेकाले होटलका पाहुना हामी मात्र थियौं । खाना पनि होटल साहुको भान्सामै खुवाए ।
भेलिपल्ट बिहान नुहाइवरी हामी सिलगढीको प्रसिद्ध शैलेश्वरी मन्दिर गयौं । नेवार सम्प्रदाय बहुल बजारको शैलेश्वरी मन्दिरमा नवमीको बिहान मेला जत्तिकै भिडभाड थियो । बजारको फेरो मारेर हामी होटल फक्र्रियौं, बिहानको खानाका निम्ति । रोटीका विभिन्न परिकार थिए खानामा ।

‘गयो डोटी खायो रोटी हिंड्ने बेलामा धोती न टोपी’ भन्ने उखान प्रचलनमा थियो पूर्वतिर । शायद डोटीको रोटीको प्रसिद्धी जनाउ नै बन्यो कि उखान ! तीन दिनको डोटी बसाईमा बजार, क्याम्पस, टुँडिखेल, स्कूल, चौर छेउछाउका गाउँहरु घुम्यौं । मैले पुस्तक पसलमा खप्तड स्वामी लिखित ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’ लगायत अरु केही किताब किनें । खप्तड बाबाको बारेमा चमत्कारिक चर्चा सुनाउँथे सिलगढी बजारमा । अझै चार पाँच महिना राविसेको रुपमा कालिकोट, कोटवाडा बस्न बाँकी नै थियो । चियापत्ति, साबुन, गोटा (चियामा हाल्ने गुलियो पदार्थ), कापी लगायत स्वास्थ्य उपचारका लागि उपयोगी केही औषधीको जोहो गरेर फेरि हामी कोटवाडा तर्फ फर्कियौं ।

Facebook Comments