परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कठैबरा अमेरिका  !

कविता

भन्ने गर्थे सबै मान्छे स्वर्ग नै हो अमेरिका,

जान पाए त देखिन्थ्यो, गर्दथें नित्य कल्पना ।

नेताको भाग्य पल्टेझैं भाग्यमानी स्वयं बने,

छोरीका निहुँमा हर्क मान्दै म अम्रिका गएँ ।

 

न्युयोर्कको प्रशंसा नै प्रशंसा सुनियो जब,

हेरी स्वर्गीय आनन्द प्राप्त गर्न गएँ तब ।

घमण्डले फुले जस्तो थियो टायम स्क्वायर,

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

अर्को एम्पायर स्टेट नाम प्रासादका तला,

छयासी र उँभो सोह्र मोहनी लाउने कला ।

भन्थ्यो गर्व गरी अग्लो मजस्तो अरु को छ र !

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

दर्शनीय त्यहाँ अर्को पुल ब्रुक्लिन नामक

रहेछ र त्यहाँ मान्छे हेर्न जान्थे निरन्तर ।

भन्ने गर्थ्यो मबाहेक अरु को छ र सुन्दर !

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

अग्लो स्वतन्त्रताको त्यो ताँबाको प्रतिमा जब

देखें अनि गई  हेरें तिर्सना मेटियो तब ।

प्रतिमा झुक्न जान्दैन, भने मनमनै, तर

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

प्रसिद्ध स्थान हो अर्को केन्द्रीय पार्क नामक,

अन्य आकर्षणहरू

हाँस्यो साँडे मजासँग

यो जानकारी छ कि छैन लौ भन ।

वनभोज र व्यायाम, आराम गर्न निर्मित ।

न्युयोर्कको श्रेष्ठ स्थान म नै हुँ भन्दथ्यो, तर,

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

चन्द्र, मङ्गलमा जाने यान निर्मित छन् त्यहीं

उत्कृष्ट अभियन्ता र वैज्ञानिकहरू त्यहीं ।

त्यहीं छन् विश्वका नामी राम्रा कुशल डाक्टर,

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

उसैको द्रव्य जेठो छ, विश्वमा छ उही धनी,

उसैले अन्तका मान्छे तान्छ चुम्बकझैं बनी ।

त्यहीं जुकर छन् धेरै, बिल गेट्स त्यहीं, तर

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

 

विज्ञानको महाकेन्द्र छ नासा त्यस देशमा,

जलस्थल दुवै सेना लाखौं छन् आफ्नु भेषमा ।

जेठो सेताघरे फूँ फूँ गर्दै बस्छ त्यहींनिर,

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैवरा !

 

भिटो पावरले सारा विश्व नै थर्कमान छ,

टाढा टाढा  मार हान्ने शक्तिशाली विमान छ ।

म जित्दछु सबैलाई, भन्थ्यो गर्व गरी, तर

जाबो कोबिड सामुन्ने झुक्यो आज कठैबरा !

Facebook Comments