परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाँस्यो साँडे मजासँग

निर्वाचन कविता

भोट माग्दछ नेताले कसरी अनि कोसँग–
भन्ने सानो कथा भन्छु, सुन्नुहोस् प्रिय साधक ।

भोट माग्दै कुनै नेता भक्त भोटको बनी,
जो देखे नि नमस्कार गथ्र्यो भोटर हो भनी ।

सम्पूर्ण घरका मान्छेसँग ऊ हात थाप्दथ्यो,
कोक्रे बालकका साथ पनि ऊ भोट माग्दथ्यो ।

चौरी, जङ्गल, बाटामा पनि ऊ बर्बराउँथ्यो,
भोटको मात लागेर मत्तुझैं लर्बराउँथ्यो ।

अन्य आकर्षणहरू

कठैबरा अमेरिका  !

यो जानकारी छ कि छैन लौ भन ।

गाईका साथमा साँडे प्रेम गर्दैथियो जहाँ
भोट माग्दै पुग्यो नेता भोट देऊ भनी त्यहाँ ।

साँडेलाई नमस्तेले गरेथ्यो दण्डवत् जब,
देखी नाटक नेताको साँडे छक्क पर्यो तब ।

तुरुन्त प्रेयसीलाई कोट्याएर उँभोतिर
हेरेर नाक चेप्र्याई हाँस्यो साँडे मजासँग

Facebook Comments