परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाली राजनीति : नियतिलाई निम्तो दिइरहनु पर्दैन

न्दर्भ पर्दा गाउँघरतिर धेरैले भन्नेगर्थे– नियतिलाई निम्तो दिइरहनु पर्दैन । यो आफैँ निर्धक्क, फुक्काफाल र उन्मत्त आउँछ । अथाह र अदम्य शक्तिसरि मडारिँदै आउँछ, जसरी अहिले कोरोना महामारी आएको छ । नियतिलाई अस्त्रले काट्न सक्तैन । ढालले छेक्न सक्तैन । आगोले जलाउन सक्तैन । पानीले भिजाउन सक्तैन । हावाले उडाउन सक्तैन । आकाशले बेर्न सक्तैन । माटोले पुर्न सक्तैन । ऊ हर दिशामा छ । हर स्थानमा छ । अजर, अमर र अविनाशी छ ।

अहिले नेपाली काङ्ग्रेसभित्र गिरिजाप्रसाद नरहे पनि उहाँको बिडो थाम्ने कोइराला परिवार र शेरबहादुर देउवाबीच नवउदारवादी घिडघिडो मज्जाले टकराइ रहेछ । हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा दुइटा अध्यादेश जारी गरेपछि नेकपा भित्रको रडाको कोरोना भाइरसभन्दा चर्कोसंग यत्रतत्र फैलिएको छ । सत्तारुढ दलको शक्ति संघर्ष अध्यादेशको खारेजीमा मात्र सीमित रहेन, पार्टी र राज्य सत्ता हत्याउने छिनाझपट्टीमा बदलियो । आजकाल पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वामदेव गौतमहरूमा अभूतपूर्व फौजदारी जोश उम्लिरहेको छ । कोरोना महामारीले दिएको मृत्यू चुनौति सामना गरिरहेको यस विभत्स क्षणमा पनि उहाँहरूमा राजनीतिक सम्यम राख्ने होस् देखिएन । लोकलाजकै लागि भएपनि केही दिन कुर्न सक्नुभएन । विडम्बना नै भनौं, यस्ता हतास मनस्थितिका नेताहरू नै अटुट धैर्य र असिमित बलिदानी चाहिने समाजवाद र साम्यवादको सपना बाँड्ने गर्नुहुन्छ ।

सफल क्रान्तिहरूका झैं अधोपतनका विकासको पनि स्थायी नियति हुँदो रहेछ । नेपालका पछिल्ला राजनीतिक घटना र कालवेलालाई नियाल्दा यस्तै लाग्छ । बहुमत ल्याएको पार्टी नेपाली काङ्ग्रेस सत्ता–उन्माद र अन्तरघाति सनकले २०५१ सालमा सत्ताबाट लुरुक्क बाहिरिन पुग्यो । त्यही तुस र आपसी लुछाचुडीले २०५९ सालमा काङ्ग्रेस पार्टी नै फुट्यो । दुईतिहाइ ल्याउने तरखर गरिरहेको तत्कालिन नेकपा (एमाले) पारस्पारिक उन्मादका कारण २०५४ सालमा फर्लङ्गै दुई टुक्रा भयो । २०६४ सालमा हलक्क मौलाएको माओवादी पार्टी पनि हेर्दा हेर्दै चिराचिरा भयो । अहिले दुईतिहाइको नजिक नजिक जनादेश पाएको नेकपाभित्र दुर्बुद्धिको सङ्ग्रालो यसरी मञ्चिइरहेको छ, सिङ्गो मानवता र विश्व समुदायको भविष्यलाई क्षणभङ्गुर बनाइरहेको कोरोना महामारी मानौँ नेपालमा आएकै छैन । नेताका सक्रियता, पत्रकारका खोजी, कार्यकर्ताका रुचि, बुद्धिजीवीका विश्लेषण र आम जनचासो सबै नेकपाको चर्तिकलामै मग्न छन् । कठै बेखबर कोरोना !

दार्शनिक कार्ल माक्र्सले भनेका थिए– इतिहास दोहोरिँदैन । तर, हामीकहाँ देखा परेका प्रारम्भिक लक्षणहरू यस भनाइसँग मेल खाँदैनन् । नेपाली राजनीतिक परिवेशमा पात्र र प्रवृत्तिको भूमिकाचक्रमा पनि आकस्मिकताभन्दा बढी नियमितता देखा परिरहेछ ।

उसबेला पनि नेपाली काङ्ग्रेस फुटाउन गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरूको प्रजातान्त्रिक त्याग थियो । एमाले फुटाउन माधव नेपाल र वामदेव गौतमहरूको चक्रवर्ती समर्पण थियो । माओवादी फुटाउन पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलहरूको गौरवशाली बलिदान थियो ।

अहिले नेपाली काङ्ग्रेसभित्र गिरिजाप्रसाद नरहे पनि उहाँको बिडो थाम्ने कोइराला परिवार र शेरबहादुर देउवाबीच नवउदारवादी घिडघिडो मज्जाले टकराइ रहेछ । हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा दुइटा अध्यादेश जारी गरेपछि नेकपा भित्रको रडाको कोरोना भाइरसभन्दा चर्कोसंग यत्रतत्र फैलिएको छ । सत्तारुढ दलको शक्ति संघर्ष अध्यादेशको खारेजीमा मात्र सीमित रहेन, पार्टी र राज्य सत्ता हत्याउने छिनाझपट्टीमा बदलियो । आजकाल पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वामदेव गौतमहरूमा अभूतपूर्व फौजदारी जोश उम्लिरहेको छ । कोरोना महामारीले दिएको मृत्यू चुनौति सामना गरिरहेको यस विभत्स क्षणमा पनि उहाँहरूमा राजनीतिक सम्यम राख्ने होस् देखिएन । लोकलाजकै लागि भएपनि केही दिन कुर्न सक्नुभएन । विडम्बना नै भनौं, यस्ता हतास मनस्थितिका नेताहरू नै अटुट धैर्य र असिमित बलिदानी चाहिने समाजवाद र साम्यवादको सपना बाँड्ने गर्नुहुन्छ ।

नेपाली नेताहरू आफ्नै राजनीतिक परिवार, सहयोद्धा र कमरेडहरूसँगै ठोकाबाजी गर्न कस्सिएर लागेका छन् । नेकपाका नेताहरू त अझ सिद्धान्तको कुरा गर्दा सबै आदर्शवान लाग्छन् र तालपरे सबैलाई लफण्ड्याउँछन् पनि । तर, सत्ता–अपुतो हुनपुगेको बोधले उहाँहरूको अभिमान धुलोमै विलिन हुनपुग्छ, आत्मग्लानीले पानी पानी हुनुहुन्छ ।

बुढ्यौली विचारका नेताहरू हुनुहुन्छ, सत्ताविना आफ्नो बलिदान र ख्यातिलाई तुच्छ ठान्नुहुन्छ । उहाँहरूलाई कसैको भर लाग्दैन । दिनदिनै शक्ति र भक्तिका चरम प्यासा बन्दैहुनुहुन्छ । यस्तो लाग्छ, आशक्ति र अविश्वासको छुरो अभ्यास नै उहाँहरूको जीवन उत्तरार्धको परम कर्तव्य हो ।

अर्कातिर कार्यकर्ता विचरा र खिन्न छन् । दुविधामा छन्– नेताका पुरुषार्थको प्रतीक्षा गर्ने कि विवेकको ? थोरै हनुमानहरूलाई गणना नगर्ने हो भने कार्यकर्ताहरू बहुत पार्टीपरायण छन् । अधिकांशले आजसम्म नेताको चित्त भरसक दुखाएका छैनन् । मुक्तिको आशाले वशीभूत सरल जनस्वभाववश नेताहरूलाई विन्तिभाउ गर्छन् । आग्रह गर्छन् । हारगुहार गर्छन् । कम्युनिष्ट–कार्यकर्ता भएकाले देवी देउता भाकल गर्न र धामीझाँक्रीलाई फुकाएर बुटी–जन्तर बाँध्न चाहिँ सकेका छैनन् । बाँकी सबैथोक गरिसके, सुन्नुपर्नेले नसुनेपछि कसको के लाग्दो रहेछ र !

नेपाली बुद्धिजीवीहरूको दशा पनि उस्तै छ । संकटका समयमा गन्तव्यप्रतिको स्पष्ट चेतना अघिसार्न सकेका छैनन् । तथ्य, घटना र जानकारीहरूलाई दिमागमा थुपार्नु ज्ञान होला तर त्यसलाई सरल, व्यावहारिक र सान्दर्भिक बनाउने काम विवेकले गर्दोरहेछ । हाम्रा बुद्धिजीवीको दिमाग र हृदय दुवै संस्कारी भेटिएन । टाउकामा मात्र ज्ञान कोचिएका पगरीधारी बुद्धिजीवीहरू भए, विवेक पलाएन । शैक्षिक उपाधि ठूलै हात पारेका भए पनि धेरै तत्वज्ञान सिकेका रहेनछन् । तसर्थ, हाम्रा पढेलेखेकाहरू अधिकांश खराव ढङ्गले प्रशिक्षित भएछन् । बुद्धिजीवी हुँ भन्ने हठबाट जन्मेका इच्छाहरु धेरै खतरनाक लाग्छन् । उनीहरूले यस्ता धेरै कुरा त सिके नै होलान् तर जीवन र समाजका लागि अत्यावश्यक गुण ‘मानवीय मूल्य र गरिमा’ चाहिँ सिक्न भुलेछन् । त्यसैले नेपालका बुद्धिजीवीहरुलाई आत्म–स्वार्थको होसियारीले सधैं मौकापरस्त बनाएको छ ।

मलाई त हिजोआज पठित चतुरभन्दा अपठित जण्डु धेरै अर्थमा उत्तम लाग्न थालेको छ । एउटा अनपढ डाकाले व्यक्तिको कुनै घर लुट्छ र तर एउटा पठित चतुर नेता वा बुद्धिजीवीले सिङ्गो देश नै लुट्दो रहेछ । बफरे बाफ, सम्झदा पनि कति अधम लाग्ने ! पहिला सुनेको मात्र थिएँ– शिक्षित मानिसले आफ्नो स्थान छाड्यो भने त्यो अरू कुनै कुराका निमित्त पनि योग्य रहँदैन । अहिले यस भनाइमा ठ्याम्मै विश्वास लाग्न थालेका छ ।

कोरोनाले छट्पटिएका जनता रनभुल्ल र बिल्लिबाठमा छन् । विपतका बेलामा राजनीतिक पार्टी र सरकारको भोरोसा होला कि भन्ने जनआशामाथि नेताहरूले भकभकी उम्लेको तातो पानी खन्याइरहेका छन् । सीमामा आएर आर्तनाद गरेका नेपालीका पीडा कसैले सुनेनन् । भोकले छटपटाएका मजदुरका दशा कसैले बुझेनन् ।

लकडाउन घोषणा गर्नुमा नै कोरोना महामारीविरुद्धको आफ्नो सम्पूर्ण दायित्व पूरा भएको ठानेर राज्य संयन्त्र मख्ख छ । यसले एउटा स्पष्ट सन्देश दिएको छ– राज्य जति जति कमजोर भयो, त्यति त्यति अटेरी र थेत्तरो हुँदोरहेछ । अङ्कगणितको बहुमतले सरकार बलियो बनाउँदो रहेनछ । परिस्कृत राजनीतिक संस्कार नै पार्टी र सरकारको सर्वोच्च शक्तिस्रोत रहेछ । तर नेपाली राजनीतिक समुदायमा असल संस्कारको बाह्रमासे खडेरी व्याप्त छ । विदेशतिरका गतिविधि हेर्दा र सुन्दा राज्य जति जति बलियो भयो त्यति त्यति नै उत्तरदायी र जवाफदेही बन्छ कि जस्तो लाग्दैछ ।

पहिला सफलता र असफलता सापेक्ष र अमूर्त कुरा हुन जस्तो लाग्थ्यो तर अहिले हाम्रा नेताहरू भने साक्षात् जिउँदो असफलता हुन् भन्ने निचोडको नजिक पुग्नु पर्ने बाध्यता छ । आशा र आग्रह नै सकिएपछि पूर्वाग्रह पनि हुँदो रहेनछ । निचोड गलत भए बेलैमा भन्दिनुहोला, निसङ्कोच सच्याउनेछु ।

डाह र ईष्र्याका कारणबाट बदलिएका राजनीतिक सम्बन्धका आधारहरूले कसैलाई भलो गर्दैन । सुस्पष्ट दृष्टिकोण र सही प्रवृत्तिविनाको राजनीतिक तागत फोहोरमैलाको डङ्गुरसरह हुनपुग्छ । त्यसले गाउँ, टोल, समुदाय, सामाज र विश्वमा खपिनसक्नु दुर्गन्ध फैलाउँछ । शायद नेपाली राजनीतिक जमात र डम्पिङसाइटमा थुपारिएको फोहोरको थुप्रोबीच पूर्ण समानता छ । दुवैको अन्तिम धर्म ढिलोचाँडो फतक्कै कुहिनु हो ।

सत्तरी वर्ष कटिसकेका हाम्रा नेताहरूको बुद्धिको त पहिल्यै म्याद नाघिसकेको थियो, उमेरको हैकमले जेनतेन धान्दै थियो । हिजोआज नेताहरूका गतिमति हेर्दा अब उमेरको हैकम पनि खतम भयो भनी सार्वजनिक डङ्का फुक्नेबेला आइपुगे जस्तो छ ।

डाह र ईष्र्याका कारणबाट बदलिएका राजनीतिक सम्बन्धका आधारहरूले कसैलाई भलो गर्दैन । सुस्पष्ट दृष्टिकोण र सही प्रवृत्तिविनाको राजनीतिक तागत फोहोरमैलाको डङ्गुरसरह हुनपुग्छ । त्यसले गाउँ, टोल, समुदाय, सामाज र विश्वमा खपिनसक्नु दुर्गन्ध फैलाउँछ । शायद नेपाली राजनीतिक जमात र डम्पिङसाइटमा थुपारिएको फोहोरको थुप्रोबीच पूर्ण समानता छ । दुवैको अन्तिम धर्म ढिलोचाँडो फतक्कै कुहिनु हो ।

पटक पटकका राजनीतिक रुपान्तरणले हाम्रा नेताका व्यक्तिगत जीवनमा पनि अकल्पनीय परिवर्तन ल्याइदिएको छ । अनुभवसिद्ध ज्ञान हो– जीवनको रहनसहन अकस्मात बदलियो भने त्यो सामाजिक स्वास्थ्यका लागि भयङ्कर बन्छ । हिजोआज यो ज्ञान दुरुस्त मेलखाँदै छ । फुलमा माहुरी होइन, कीरा धुम्न थालेपछि जे हुन्छ, त्यही भइरहेछ ।

मर्यादाभन्दा अचाक्ली भयो भने सबै कुरा धर्तीमुनि भासिन्छ भन्छन् । यस्तो दिव्य अनुभूति हाम्रा नेताहरूमा कहिले आउला ? अथवा, उहाँहरूबाट यो अपेक्षा गर्नु नै निरर्थक हो कि ?

अन्त्यमा, एउटै दृढ विश्वास– जनता र समयका यी पुकार धेरै पटक खुला ठाउँमा गुञ्जिरहे भने पक्कै पनि पहाड–पर्वतहरूले अझ जोडदार गर्जनसहित प्रतिध्वनि फर्काउने छन् । त्यसबेला कसैको ईश्या, स्वार्थ र आदेश चल्नेछैन । जनता महान र अजेय छन् ।

Facebook Comments