परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एकताका लागि बाम बुद्धिजीवीहरूको अनुरोध

काठमाडौँ, बैशाख १९ । बाम बुद्धिजीवीहरूले आज विज्ञप्ति जारी गर्दै सत्तारूढ दल नेकपाभित्रको किचलाे मिलाई एकता कायम गर्न सो दलका नेताहरूलाई अनुरोध गरेका छन् ।

प्रा.डा. उपेन्द्र कोइराला, प्रा. चिरन्जिवी शर्मा, प्रा.डा. तुलसीप्रसाद पाठक, प्रा.डिल्लीराम उप्रेती, प्रा.पशुपति मिश्र, प्रा.डा. सरोज कोइराला, प्रा.डा. रामचन्द्र आचार्य, प्रा.डा. भारती जोशी, प्रा.डा.गोपाल बहादुर भट्टराई, डा.अर्जुन कुमार बराल र डा. दिलनाथ फुयाँलले आज संयुक्त रूपमा जारी गरेको विज्ञप्ति यस्तो छः

  • कोरोना भाइरसको विश्वव्यापी महामारीले सिंगो विश्वलाई नै आक्रान्त बनाइरहेको छ । यसबाट सवा दुई लाखभन्दा बढी नागरिकले ज्यान गुमाइरहेका छन् भने लाखौँ मान्छे यसबाट प्रभावित भएका छन् । कोभिड–१९ को महाप्रकोपबाट उन्मुक्ति पाई आम नेपालीको जीवन सुरक्षाका लागि राज्यले समयमै उपयुक्त कदमहरु चालेको छन् । त्यसको पालना गर्नु हामी सवैको साझा कर्तव्य हो ।
  • नेपाली जनताले विश्वास र भरोसा गरेको मुलुककै सवैभन्दा ठूलो राजनीतिक पार्टीको नेतृत्व पंिकमा असहज अवस्था सिर्जना भएको भन्ने विभिन्न संचार माध्यमबाट सुन्नमा आएका समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
  • गुट, फुट र टुटका कारण विगतमा प्राप्त गरेका तीता अनुभव र यसका पीडादायी परिणाम एवम् भोगाई हाम्रो मानसपटलमा ताजै छन् । अतः वर्तमान अवस्थामा राजनीतिक स्थिरताका निम्ती जनमतको सम्मान गर्दै पार्टी नेतृत्वले राष्ट्रको आवश्यकतालाई समेत सम्वोधन गर्न एक आपसमा र हेको असमझदारी, मनमुटाव, तिक्तताका साथै अन्तरविरोधलाई गम्भीर छलफलबाट पाखा लगाउँदै आपसी समझदारी र पारस्परिक सम्वन्धलाई दर्विलो र अक्षुण राखी समुन्नत अनुकरणीय पार्टी एकता प्रस्तुत गर्नहुन अपिल सहित सादर अनुरोध गर्दछौं ।

 

Facebook Comments