परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आनन्द-प्रतिबिम्ब

साहित्य

१.

भ्रम तिम्राे विश्वासकाे मेटाइदिन्थेँ त के हुन्थ्यो !

तिम्राे अनुहारकाे मुखाैटा हटाइदिन्थेँ त के हुन्थ्यो !

शरीर छ, आत्मा छ, सुन्छु, बाेल्छु अनि हेर्छु म

कागज भए याे जिन्दगी जलाइदिन्थेँ त के हुन्थ्यो !!

 

 

२.

मृत्यु त जहिले पनि पाउन सक्लाऊ, जीवन पाउनेछैन

ए मर्ने मान्छे ! साेच एक पटक याे पल फेरि आउनेछैन

जीवनले त संसार दिएकाे छ, मृत्युपछि त के छ के छ?

ए मर्ने मान्छे ! साेच राम्ररी, याे पल फेरि आउने छैन !!

 

३.

मेराे सपना तिमीसामु सहारा पाउन आउनेछ

त्याे बूढाे बरकाे छाँयामा सुस्ताउन आउनेछ

हल्का–हल्का पाउ चलाऊ, निदाएकाे छ पानी

हामी सबै जीवन–दियाे यहीँ नै सेलाउन आउने छाैँ

थाेरै अगुल्टा रहन देऊ, थाेरै धुँवा निस्कन पनि देऊ

हेराैला, यही कारण काेही बटुवा जरूर यहाँ आउनेछ

फेरि अतीतकाे घटना सम्झिएर आँखा बन्द नगर्नू

अथाहा पीडा याे छातीभित्र पनि सल्बलाउने छ

बाहिर हराएकाे मान्छे एक दिन जरुर घर फर्कनेछ

तर म घरमै हराएकाे मान्छे, कसरी घर आउनेछु !!

Facebook Comments