परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तुम्लिङटारमा कोरोना भाइरस रोकथामको पूर्ण तयारी

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटारमा कोरोना भाइरस रोकथामका लागि उपचार केन्द्र तयार भएको छ ।

तुम्लिङटार स्पोर्टस् क्लवका अध्यक्ष देवेन्द्र घिमिरे र युवा समाजसेवी राजकुमार घिमिरेको पहलमा उक्त केन्द्र स्थापना भएको हो ।

केन्द्रमा पाँचवटा अाइसोलेशन बेड, १५ वटा कोरोनटाइन बेड तयार भएको छ भने बिरामीको चेकजाँच गर्न डाक्टर सागर प्याकुरेल केन्द्रमा रहनु भएको छ ।

कोरेनटाइन र अाइसोलेशन बेड समाजसेवी राजकुमार घिमिरेले उपलब्ध गराउनु भएको हो भने अन्य अावस्यक सामाग्री अध्यक्ष देवेन्द्र घिमिरेको पहलमा विभिन्न कार्यालयबाट प्राप्त भएको हो ।

खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला स्वास्थ्य समन्वय कार्यालय र तुम्लिङटार स्थित मनकामना अस्पतालले गरेको सहयोगको कारणले नै केन्द्र स्थापना गर्न सकिएको कुरा राजकुमार घिमिरेले बताउनु भयो । उहाँले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस फैलिन नदिन सचेतना अपनाउदै उपचार गर्न सक्ने उपचार केन्द्रतुम्लिङटारमा तयार भएको जानकारी पनि दिनु भयो । साथै समाजसेवी घिमिरेले उपचार केन्द्र स्थापना गर्न तुम्लिङटारका युवालगायत सबै स्थानीय बासीको सहयोगले मात्र सम्भव भएको उल्लेख गर्नु भयो ।

तुम्लिङटार स्पोर्ट्स क्लबको भवनमा बेडहरू राख्ने ठाउँ अपुग भए पछि समाजसेवी देवी चापागाईंको प्रत्यक्ष निगरानीमा भवनको तला थप्ने काम भई रहेको पनि स्थानीयले जानकारी दिए ।

Facebook Comments