परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झापामा २५ लाखको नारी सञ्चार प्रोत्साहन कोष स्थापना, १० लाख सङ्कलन

झापा । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा १० लाखभन्दा बढी रकम संकलन भएको छ । नारी सञ्चार गृहका उपाध्यक्ष तथा अक्षय कोष बृद्धि तथा परिचालन समितिका संयोजक पत्रकार भिमा शिवाकोटीका अनुसार २५ लाखको लक्ष्य राखिएको कोषमा पछिल्लोपल्ट विर्तामोड–५ निवासी कडरियाले नगद दश हजार एकसय पाँच रुपैयाँ प्रदान गर्नुभएको छ । 

मेची आँखा अस्पतालकी आउटरिच अफिसर कडरियाले नारी सञ्चार गृहका उपाध्यक्ष भीमा शिवाकोटीसहितका पदाधिकारीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै कडरियाले महिला सञ्चारकर्मीले फराकिलो सोच राखेर स्थापना गरेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सो अवसरमा आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले सञ्चार गृहले दीर्घकालिन सोच राखेर कोष स्थापना गरेकोमा आफ्नो साथ र सहयोग रहनेछ भन्नुभयो ।

संस्थाको लक्ष्य प्राप्तिका लागि कडरियाले गरेको सहयोगप्रति सञ्चार गृहका उपाध्यक्ष भीमा शिवाकोटीले धन्यवाद सहित आभार व्यक्त गर्नुभयो। सो अवसरमा नारी सञ्चारगृहका सचिव रेजिना गौतम, सहसचिव स्वस्तिका आचार्य, कोषाध्यक्ष शुशीला संग्रौला लगायत उपिस्थत हुनुहुन्थ्यो ।

Facebook Comments