परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विश्व ब्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता

समाजवादको सम्भाव्यताबारे बहस

माक्र्स भन्छन् : मान्छेले आफ्नो इतिहास आफै बनाउँछन् । तर उनीहरुले आफूले चाहे जसरी आफैंले छानेका अवस्थामा होइन, अतितबाट आएको र आफैंले जम्काभेट गरेको अवस्थामा मात्र इतिहास बनाउछन् । अर्को ठाउँमा माक्र्स भन्छन् : आफूभित्र उत्पादक शक्तिको विकासको स्थान रहुन्जेल कुनैपनि सामाजिक ब्यवस्था ढल्दैन र पुरानो ब्यवस्थाको गर्भमा नयाँ ब्यवस्थाको भौतिक परिस्थीति परिपक्क नभई नयाँ ब्यवस्थाको विकास हुन सक्दैन । माक्र्सले यो प्रस्थापनालाई आफ्नो विधिको मुलभूत शुत्र मध्यको एक मानेका छन् ।

नेपाली समाजको अबको दिशा समाजवाद उन्मुख हुनु पर्ने कुरा संवैधानिक र राजनीतिक रुपले स्थापित भैसकेको छ । तर सहज प्रश्न उठ्छ : के हालको विश्वको र नेपालको पूँजीवादी ब्यवस्थामा थप विकासको ठाउँ समाप्त भइसकेको छ ? के नेपाली समाज र विश्व समाजको वर्तमान भौतिक परिस्थितिको गर्भमा नेपाली समाजवादको भौतिक परिस्थिति तयार भएको छ ? के नेपालमा समाजवाद हामीले चाहे जसरी निर्माण गर्न सकिन्छ ?

यो लेख आधारभुत रुपले यिनै प्रश्नहरुका वरीपर घुमिको छ । पहिलो खण्डमा वर्तमान विश्व ब्यवस्थाको चरित्र, यसको विकासको दिशा र नेपालको समाजवादी यात्रामा त्यसको अर्थको चर्चा गरिने छ । दोस्रो खण्डमा चीनको अन्तराष्ट्रिय परियोजना र नेपालको समाजवादी आन्दोलनसंग त्यसका सम्बन्धको छलफल गरिने छ । र, तेस्रो खण्डमा नेपालको समाजवादी आन्दोलनको सम्भावनासंग सम्वन्धित केही महत्वपूर्ण पक्षलाई राखिने छ ।

वर्तमान विश्व ब्यवस्था र त्यसको दिशा

यसबारे चर्चा गर्न विश्व ब्यवस्थासम्बन्धी केही विश्लेषणबाट शुरु गरौं । वहुप्रचारित मतका विपरित इमानुयल वालस्टाईनले आजको युग र यसको प्रक्रियालाई भुमण्डलीकरणको युग मान्दैनन् किनकि भुमण्डलीकरणको वर्तमानमा होइन पाँच सय वर्षअघि नै सुरु भईसकको प्रक्रिया हो । आजको युग त विश्व पूँजीवादी ब्यवस्थाको संक्रमणको युग (age of transition) हो । उनका अनुसार आधुनिक विश्व ब्यवस्था संरचनागत संकटमा छ र यो वेग्लै ब्यवस्थामा रुपान्तण हुनेछ । तर, रुपान्तरण्को दिशा कस्तोे हुन्छ भन्ने कुरा विकल्पहिन रूपले अवश्यम्भावी नभई अत्यन्तै अनिश्चित छ । त्यसकारण, विश्व ब्यवस्था जब भत्कन्छ त्यसबेला के गर्ने भन्ने प्रश्न रुपान्तरणको अहम प्रश्न हो ।

समाजवादी मुलुकले बितेको ३० वर्षमा भोगेका कठीनाई र गर्नु परेका सम्झौता हेर्ने हो भने यो कुरा प्रष्ट हुन्छ । बदलिदै गरेको विश्व ब्यवस्थामा चीन मुख्य केन्द्र भयो र त्यसले विश्व ब्यवस्थाको चरित्र नै बदल्दै आफ्नो यात्रा समाजवाद तर्फ तय गर्यो भने नेपालका लागि समाजवाद उन्मूखताको अनुकुल वातावरण बन्ने छ ।

बालस्टाईनको विश्लेषणमा सन् १९६० देखि यो विश्व ब्यवस्थाको विकास अवरुद्ध भएकोे हो । यसका तीन वटा प्रक्रिया या मापन छन् ः मुनाफा उत्पादन क्षेत्रबाट वित्तक्षेत्र तर्फ सर्नु; विश्वस्तरमा बेरोजगारी पढ्नु; र उच्च ज्याला क्षेत्रबाट न्यून ज्याला क्षेत्रमा उत्पादन कृयाकलाप सर्नु । पुराना पूँजीवादी संकटहरु भन्दा आजको संकटको भिन्नता चाँहि के हो त ? उनी भन्छन् –“पूँजीवादले आफ्नो जीवनकालमा आफ्नो सन्तुलन पुनरस्थापित गरेर आफूलाई बचाइराख्छ । तर यस्तो सन्तुलन पुनरस्थापित गर्न सधै सम्भव हुन्न । आधारभूत रूपले पूँजी संग्रहको उन्नत प्रकृया सधैं निरन्तरता दिन सम्भव नहुने विन्दुमा पुगेकोले आजको पूँजीवादी प्रणाली अन्तिम संकटमा प्रवेश गर्दछ, गरेको छ । त्यसो भए यो प्रक्रियामा कस्तो राजनीतिक हस्तक्षेप या कार्य आवश्यक र सम्भव हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्– संकटको परिणाम अत्यन्तै अनिश्चित र अनियन्त्रित हुने हुनाले सानासाना हस्तक्षेप र सृजनात्मकताका पनि ठूलो ठाउँ हुन्छ । अर्को रचना द ग्लोवल पोसिविलिटिज् (The Global Possibilities, 1990–2025) मा आजको विश्व ब्यवस्थामा वालस्टाइन औपचारिकत रूपले दुई सम्भावना रहेको औंल्याउछन् । पहिलो विश्व प्रणाली विविध तरीकाले भिन्न हुन्छ तर यो आधारभूत रूपले पूँजीवादी नै रहन्छ । दोस्रो प्रणालीगत संकट चुलिदै जान्छ र प्रणालीमा अनिश्चितता र अन्योल हावी हुन्छ । तर, दोस्रो सम्भावनाको पक्षमा तर्क र प्रमाण पेश गर्दैै उनी प्रणालीगत संकटपछि नयाँ ढाँचामा या ढाँचाहरू आउने धारणा राख्छन् । तर कस्तो ढाँचा आउँछ भन्ने अनुमान गर्न नसकिने तर हामीेले इच्छाइएको ढाँचाका लागि भने संघर्ष गर्नुपर्ने मत उनको छ ।

तर, लियो पेनीच र साम गिन्डीन पूँजीवादको पछिल्लो संकटका आधारमा अमेरीकी प्रभुत्व तत्काल पतन तर्फ गएको नभई संकटका समयकोे विश्व वित्तीयकरणले पूँजीवादी प्रणालीलाई विश्वव्यापी बनाएको हो भन्ने तर्क गर्छन् । चीनको विश्व ब्यवस्थामा सफलतापूर्वक प्रवेशलाई विश्व ब्यवस्थाको पुन–अभिमुखीकरण (re-orientation) भएको भन्ने कतिपयको मतलाई खण्डन गर्दै उनीहरू के दावी गर्छन् भने विश्व ब्यवस्थामा चीनको प्रवेशले पूँजीवादलाई पूर्ण विश्वव्यापी बनाएको छ र चीनले अमेरिकालाई पूँजीवादी केन्द्रको रूपमा विस्थापित गर्नुको सट्टा विश्व पूँजीवादी ब्यवस्थामा अमेरीकाको प्राथमिक भूमिकालाई पूँजीको निरन्तर प्रभावमार्फत टिकाइरहने जापानको जस्तो सहायक भूमिकालाई अनुकरण गरिरहेको छ ।

उनीहरुका अनुसार चीनको यो भूमिकालाई बदल्ने हो भने चीनमा झन गहिरो र थप उदारवादी वित्त बजार आवश्यक हुन्छ । जस अन्तर्गत चीनीया राज्यको पूँजी नियन्त्रणको अवस्थालाई भत्काउनु पर्छ । साथै चीनीया लगानी र उत्पादनलाई निर्यातबाट घरेलु खपत तर्फ अभिमुख गर्नु पर्छ । तर यस प्रकृयाले चीनको द्रुत विकास र विश्व ब्यवस्थामा प्रवेशलाई धानिरहेका सामाजिक सम्बन्धहरूमा असाधारण प्रभाव पार्दछ । यसो गर्न चीनका समुन्द्र–तटीय उद्योगहरूको पूनरसंरचना, कल्याणकारी ब्यवस्थाको कार्यन्वयन, वेतन वृद्ध, आय पुनवितरण आदि आवश्यक छन् । र, यसलाई आजका शक्तिशाली चीनिया पूँजीपति वर्गले प्रतिरोध गर्ने छन् । यी माथिका सर्तहरू प्रभावकारी कार्यन्वयन हुन शक्तिशाली मजदुर वर्ग र त्यसको युनियन आवश्यक छ । लामो कालमा यो सम्भव देखिएपनि हालको अवस्थामा कमजोर ट्रेड यूनियनका कारण यो सम्भव देखिदैन । थप, चीनीया मजदुर वर्गले पश्चीमा जस्तै व्यक्तिवादी उपभोक्तावाद अँगाल्छ या सामुहिकतावाद अँगाल्छ अनुमान गर्न सकिन्न । यो कुरा अन्य देशका मजदुर आन्दोलनबाट महत्वपूर्ण रूपले प्रभावित हुन्छ । यसको अर्थ यो हुन्छ कि मजदुर वर्गको संगठन र त्यसको आन्दोलन चीनको विश्व बजारमा भूमिकालाई तत्काल बदल्ने अवस्थाको छैन ।

अर्का विश्लेषक गियोमानी आरिघीले बिसौं सताब्दीको पछिल्लो आधाभागलाई पूर्व एसीयाको आर्थिक पुनरजागरणको रूपमा बुझ्दछन् । ९० को दशकपछिको चीनको उदय यति उल्लेख्य र प्रभावकारी कि यसले अमेरीकालाई पूर्व एसीयामा ब्यापारिक र आर्थिक विस्तारको मुख्य शक्तिको रूपमा विस्तापित गरिरहेको छ । चीन केन्द्रित पूर्व एसीयाको विकास र नँया अमेरीकी शताब्दी परियोजना (project for new american century) को असफलताले विश्वका सम्भ्यताहरूका बीच समानताको सम्बन्ध स्थापित भई बजार आधारित विश्व समाजको स्थापना हुने एडम स्मीथको सपना पूरा हुने सम्भावना बढेको तर्क गर्छन् आरिघी । अर्थात् अमेरीकी प्रभुत्वकोे मरणासन्न संकट (terminal crisis) ले सभ्यताहरूको कमनवेल्थ निर्माणलाई उपयुक्त वातावरण तयार गरेको छ । तर, उनी सचेत गर्छन कि पश्चीमी प्रभुत्वको पुनरस्थापित हुने प्रकृयाले लामो हिंसा या अन्तहिन अन्योल र अराजकता पनि ल्याउन सक्छ ।

के कुरामा खास विमति छैन भने चीनको विकासको दिशाले विश्व ब्यवस्था र नेपालको विकासको दिशालाई प्रभावित गर्छ । त्यसकारण, चीन स्वयं कता जादैछ र कता जाने तयारी गरिरहेको छ भन्ने कुराले ठूलो महत्व राख्छ ।

आरीघीका अनुसार चीनको उदयले पूँजी संचयलाई अमेरीकाबाट दक्षिणी भेगमा अभिमुख गरेको छ । जसका कारण यी भेगका राष्ट्रहरूलाई व्यापार र लगानीको आकर्षक विकल्प प्रदान भएको छ र अमेरीकाले नियन्त्रित विश्व वित्तीय संस्थाहरूको लगामलाई कमजोर पार्दै लगेको छ । तर, अर्कोतर्फ भने चीनले पूँजी संकलन र विकासमा चमत्कारिक विकास गरे संगसंगै आन्तरिक रूपमा असन्तुलित विकासले ठूलै समस्या पैदा गरेको छ ।

जसले गाउँ र शहरबीच, क्षेत्रहरूबीच, अर्थतन्त्र र समाजबीच सन्तुलित विकासका जवरजस्त माग गरेको छ । उनी थप्छन्—चीनको अर्थतन्त्रको पुनअभिमुखीकरण चीनीया समाजको मात्र होइन, विश्वसमाजको भविष्यका लागि महत्वपूर्ण हुने छ । उनको अनुमान छ— यदि चीनको स्व–केन्द्रित बजार–आधारित विकास, जनसहभागीतामा आधारित शासन आदिमा आधारित पुन–अभिमुखीकरणमा चीन सफल भए चीनले सभ्यताहरूको कमनवेल्थ निर्माणमा निर्णायक योगदान गर्न सक्छ । यदि चीन पुन अभिमुखीकरणमा असफल भए अन्योल र अराजकताको केन्द्र बन्दै गरेको विश्व नियन्त्रणको पश्चीमा प्रयत्नलाई पुनस्थापित गर्न सहायक हुन्छ ।

विश्लेषक सेअन स्टार्स पश्चीमको पतन र एसीयन शताब्दीको मतलाई गलत मान्दै तत्काल एसीयाली उदयले अमेरीकी नेतृत्वलाई ठूलो चुनौति नदिएको दावी गर्छन् । उनको तर्क छ कुनै देशको शक्तिलाई त्यसको कुल ग्राहस्त उत्पादन (GDP) मा नाप्न सकिन्न किनकि हालको विश्व पूँजीवादी ब्यवस्थाभित्र देशहरू छुट्टै राजनीतिक अर्थ ब्यवस्था होइनन् । उनका अनुरसार राष्ट्र शक्तिको मापन राष्ट्रिय खातामा होइन, कम्पनीहरूको स्वामित्वका आधारमा गरिनु पर्छ । यसरी हेर्दा चीनको राष्ट्रिय खातामा उत्पादन बढेको देखिए पनि उद्योगको स्वामित्व र नियन्त्रण विदेशीको हातमा भएकाले चीनको राष्ट्रिय वहीखाताले चीनको शक्तिको ठीक चित्र दिंदैन । उपभोग्य बस्तु तथा सेवामा अमेरीकी कम्पनीहरूको उपस्थितिलाई हेरेर स्टार्स के तर्क गर्छन् भने यदि चीनीयाहरूले विकासको मोडललाई राष्ट्रिय उपभोग तर्फ पुन निर्देशित गर्न सफल भए भने पनि अमेरीकी कम्पनीहरू नै लाभान्वित हुनेछन् । यसको अर्थ हो हालको चिनीया आर्थिक नीतिको निरन्तरतामा पुन अभिमुखीकरणले विश्व ब्यवस्थालाई असर पार्दैन । आजको विश्व ब्यवस्थामा अमेरीकी प्रभुत्वको निरन्तरता र चीनको असाधारण उदयको अवस्था हो । साथै अमेरीकी प्रभुत्व केही लामो समयसम्म निरन्तर रहने छ ।

हुन्फूङ्ग हुङ्ग चीन तथा पूर्व एसीयाको विकासका लागि पश्चीमा उपभोक्ता बजारमा निर्भरता तथा आफ्नो बचतको मूल्यको संग्रहका लागि अमेरीकी वित्तीय प्रणालीमा निर्भरताका कारण विश्व ब्यवस्थाले कुनै फड्को नमारेको दावी गर्छन् । उनी भन्छन् : चीन आज पनि अमेरीकालाई सस्तो ऋण उपलब्ध गराउने र न्यून लगानीका वस्तुको निर्यात् गर्ने बन्धनबाट मुक्त हुन सकेको छैन । त्यो भन्दा खराब त के भने निर्यातमुखी र घरेलु उपभोग–निषेधित विकासले चीनको अमेरीका माथिको वित्त निर्भरतालाई अरु एसीयाली देशको भन्दा बढी गाढा बनाएको छ । उनी भन्छन्– चीनको गाउँ विरोधी र शहर पक्षधर नीति नै चीनको हालकोे विकासको निरन्तरताकोे स्रोत हो । थपमा, चीनले अमेरीकाका लागि सस्तो निर्यात गर्ने र आफूले गरेको बचत अमेरीकीहरूले आफ्नो निर्यात खरीद गर्न लगानी गर्ने हुनाले चीन अमेरीकी सहयोगीहरू मध्ये मुख्य सहयोगी (head servant) बन्न पुगेको छ ।

उनका विश्लेषणमा यो अवस्थाबाट बाहिर आउन चीनले पुनरसन्तुलनको नीतिमा जानुपर्छ । जसअन्तर्गत निर्यात र घरेलु उपभोगको सन्तुलन प्राप्त गर्नुपर्छ । तर शहर केन्द्रित तटीय पूँजीपति वर्गले यो प्रक्रियामा सहजै जान दिदैनन् । साथै अमेरीकी शासक वर्गसंगको चीनीया पूँजीपति वर्गको पारस्परिक हितको सम्बन्ध पनि यसका लागि बाधक हुनेछन् ।

समाजवाद निर्माणको यो लक्ष्य र चरणमा चीनमा उत्पादन सम्बन्ध र स्वामित्व कसरी बदलिन्छन् भन्ने कुराले ऊसँग अर्थतन्त्र जोडिएका मुलुकका समाजवादी आन्दोलनलाई प्रभावित गर्छ । उत्पादन सम्वन्धहरु कसरी फेरिन्छन् या चीनीया राज्य कुन वर्गको पक्षधर रहन्छ भन्ने कुरो स्वयम् त्यहाँ विकसित हुने मजदुर वर्ग र त्यसका संगठन तथा त्यसले लिने आन्दोलनको दिशाले निर्धारण गर्दछ । सफल मजदुर आन्दोलनकाको परिणामका दुई सम्भावना रहन्छन् । यदि ज्याला तथा सुविधा बृद्धि र व्यक्तिवादी उपभोक्तावादलाई मजदुर वर्गले आप्mनो आन्दोलनको लक्ष्य माने चीन एक कल्याणकारी राज्य बन्ला । मजदुर वर्ग र चीनीया कम्युनिष्ट पार्टीले उत्पादन तथा वितरणकोे सामूहिक नियन्त्रण ब्यवस्थापनको बाटो लिए चीन समाजवाद उन्मुख बाटोमा जानेछ ।

अमेरीका माथिको निर्भरतालाई तोड्ने गरी र यही क्षेत्रभित्रको ब्यापारलाई सघन बनाउने गरी गरिएको पुनरअभिमुखीकरणले मात्र पूर्वको स्वतन्त्र र समतापूर्ण विकासको नयाँ युगको सम्भावना दिन्छन् । यो नहुंँदा सकटपछि विश्व पूँजीवादी ब्यवस्थाको पश्चीमबाट पूर्वमा पुन–स्थानान्तरण एउटा काल्पनिक आग्रह मात्र हो । यसको अर्थ हो– विश्व पूँजीवादी ब्यवस्थाको वाञ्छनीय परिवर्तनले चीनको पक्षबाट निकै ठूला र चूनौतिपूर्ण कदमहरूको माग गर्दछ ।

उता बुर्जुवा कित्ताका राजकीय लेखक र विश्लेषकहरूले पनि चीनको उदयमा उत्पात चिन्ता गरेका छन् । हन्टीङ्गटनले पश्चीमको प्रभूत्व असाधारण रूपले बलियो भएको र एक्काइसौं शताब्दीसम्म यो प्रभाव रहने दावी गर्दागर्दै अन्य सभ्यताका तुलनामा पश्चीमी सभ्यताको प्रभाव खस्केको र खस्किरहने मत राख्दछन् । तर उनी पश्चीमको प्रधानतामा क्षय हुँदा विश्व शक्ति क्षेत्रीय रूपमा फैलने मत राख्दै यस बीचमा एसीया र आधारभूत रूपले चीन विश्व प्रभूत्व र प्रभावका लागि अमेरीकालाई चुनौति हुने प्रवल सम्भावना देख्छन् । त्यस्तै फुकुयामाले त चीनको अन्तर्राष्ट्रिय विकास रणनीति सफल भए चीनीया मोडेलको विस्तार हुने र संसारभरी उदारवादी लोकतन्त्रलाई प्रतिकूल असर पर्ने चिन्ता व्यक्त गरेका छन् । संगसंगै चीनको उदयलाई उदारवादी अन्तर्राष्ट्रिय ब्यवस्थाको सर्वसत्तावादी चुनौतिका रूपमा पनि बुझ्ने गरिन्छ । त्यस्तै चीनको उदयलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थायित्व, साथसाथै अमेरीकी स्वार्थ र सुरक्षा माथिको खतरा अर्थात चिया नुतौति (China Threat) का रूपमा पनि प्रचारवादी गरिएको छ ।

माथिका छलफल र आजको विश्वलाई नियाल्दा विश्व पूँजीवादी ब्यवस्थामा अमेरीकी प्रभुत्व खस्किदै गरेको र चीनको द्रुत उदय हुदै गरेको कुरालाई इन्कार गर्न सकिदैन । नेपाली समाजको भविष्यको बाटो पनि भोलिको विश्व ब्यवस्था कता जान्छ भन्ने कुरा सँगै गहिरोसंग सम्बन्धित हुन्छ ।

यदि कतिपयले अनुमान गरे जस्तो चीन विश्व ब्यवस्थाको केन्द्र हुने दिशातर्फ बढीरहेको छ भने नेपाली समाजवादी आन्दोलनमा यसको असर के हुन्छ ? यो हामीले मनन गर्नुपर्ने विषय हो ।

यदि विश्व ब्यवस्था पूँजीवादी नै रहयोे र चीन त्यो ब्यवस्थाको केन्द्र बन्यो भने त्यसले नेपालमा पूँजीवादी ब्यवस्थाको लागि वातारण बनाउने छ । यो प्रकृयामा हिजो शीतकालीन प्रतिस्पर्धामा दक्षिण कोरिया, ताइवान, जापान आदि देशहरु विकासमा लाभान्वित भए जस्तै चीनको आप्mनो बर्चश्व बनाउने र बडाउने रणनीति अन्तरगत नेपालले शौभिध्यता प्राप्त गरी लाभान्वित हुने सम्भावना रहन्छ । यसो हुँदा नेपाली समाजमा पूँजीवादी ब्यवस्था अन्तरगत उत्पादक शक्तिको विकासको आधार बन्नेछ । यो स्मरण रहोस् कि विश्व ब्यवस्था आक्रमक रुपले पूँजीवादी भए हाम्रा लागि समाजवादको यात्रा निकै कठिन र कतिपय अवस्थामा असम्भव हुन जान्छ । समाजवादी मुलुकले बितेको ३० वर्षमा भोगेका कठीनाई र गर्नु परेका सम्झौता हेर्ने हो भने यो कुरा प्रष्ट हुन्छ । बदलिदै गरेको विश्व ब्यवस्थामा चीन मुख्य केन्द्र भयो र त्यसले विश्व ब्यवस्थाको चरित्र नै बदल्दै आफ्नो यात्रा समाजवाद तर्फ तय गर्यो भने नेपालका लागि समाजवाद उन्मूखताको अनुकुल वातावरण बन्ने छ ।

यदि चीन र अन्य राष्ट्रहरुको उदय र पश्चिमको प्रभूत्वको कमजोर हुंदै जांदा विश्व प्रभुत्वको एकल केन्द्र बनेन भने एडम स्मिथले कल्पना गरे जस्तो क्षेत्रीय र देशीय रुपले बढी समतामूलक विश्व बन्दै जाला जसको असर अन्तराष्ट्रिय सम्बन्धमा मात्र होइन राष्ट्रका आन्तरिक सामाजिक आर्थिक सम्बन्धमा पनि अनिवार्य रुपले पर्नेछ । यो प्रभाव नेपालका लागि समतामूलक समाज निर्माणका लागि अनुकुल हुनेछ । तर प्रभूत्वको प्रतिस्पर्धाले संसारलाई युद्ध तर्फ धकेल्यो भने त्यसको परिणाम विश्व या नेपालका लागि अनुमान बाहिरका कुरा भए । पूँजीवादी विश्व ब्यवस्थाभित्रको युद्धले बेग्लै चरित्रको विश्व ब्यवस्थाको आधार दिन्छ भनी हाल्न सकिन्न किनकि त्यसले पुरानै चरित्रको ब्यवस्थालाई जीवित राखेर हारजीतको परिणाम स्वरुप केन्द्रहरु मात्र फेरवदल गर्न पनि सक्छ ।

विश्व ब्यवस्थाको यो प्रकृति र चलायमानतासंगको सम्बन्धका अतिरिक्त नेपालमा समाजवाद या समाजवाद उन्मूखताका लागि आधारभूत रुपले निम्न कुराहरुले महत्व राख्छन् । पहिलो, नेपालमा प्रभुत्वमा रहेको हालको अनुत्पादक पूँजीलाई उत्पादक पूँजीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु हुनुपर्छ । तर यो प्रक्रिया त्यति सजिलै शुरु हुँदैन । वर्तमानमा वित्तीय पूँजी (अनुत्पादक पूँजी) प्रभावशाली छ र यो निरन्तर पूनरउत्पादित भइरहेको छ । यस पूँजीको पुनरउत्पादनमा रुकावट या संकट नआए रुपान्तरण निक्कै जटील या वस्तुतः असम्भव नै हुन्छ । रुपान्तरणका लागि ठूलो योजना र राजनीतिक प्रतिवद्धता आवश्यक हुन्छ । तर यो पूँजीले राजनीतिक र समाजका अन्य संस्थाहरुमा प्रभाव र कब्जा जमाएको हुँदा रुपान्तरणलाई रोक्ने जवर्जस्त प्रयत्न गर्दछ । यस पूँजीमा संकट या प्रभाकारी प्रतिकूलता आएपछि मात्र रुपन्तरणको बाटो वस्तुतः खुल्ला हुन्छ । त्यसकारण हाल शासन गरिरहेको पूँजीको क्षमता, आकार, गतिशीलता, विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय जालो, त्यसको संकटको नियम र दिशा बुभ्mनु, संकटबाट रुपान्तणको विधि र दिशाको खाका बनाउनु नेपालको समाजवादी आन्दालनको एक महत्वपुर्ण कार्यभार हो ।

के कुरामा खास विमति छैन भने चीनको विकासको दिशाले विश्व ब्यवस्था र नेपालको विकासको दिशालाई प्रभावित गर्छ । त्यसकारण, चीन स्वयं कता जादैछ र कता जाने तयारी गरिरहेको छ भन्ने कुराले ठूलो महत्व राख्छ ।

चीन हाल आधारभूत र चारित्रिक हिसावले पूँजीवादी ब्यवस्था नै हो– चीनिया विशेषता सहितको पूँजीवाद । यो विश्व पूँजीवादी ब्यवस्थाको विकल्पको रुपमा होइन, त्यसका आधारभूत नियम अन्तरगत त्यसभित्र प्रवेश गरेको छ र यसले हासिल गरेको चामत्कारिक विकास यस प्रक्रियासँग सम्बन्धित छ । यो कुनै वैकल्पिक नियम र गतिशीलता अन्तरगत अगाडि बढेको होइन । त्यस्तै, उत्पादनका साधनको स्वामित्व र सम्पत्ति वितरणलाई हेर्दा पनि यो निसन्देह पूँजीवादी नै छ । क्षेत्रीय असमानता, ग्रामिण शहरी असमानता, व्यक्तिगत तहका आर्थिक असमानता यसका चारित्रिक र अकाट्य प्रमाण हुन् । चीनीया कम्युनिष्ट पार्टीका दस्तावेज र नेताहरुका औपचारिक अभिव्यक्तिमा नै चीनको विकासलाई अस्थीर, असन्तुलित, समन्वय नभएको र धान्नै नसकिने (unstable, unbalanced, uncoordinated, and unsustainable) मानिएको छ ।

चीनीया कम्यूनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवदेनमा सी जीनपिङ स्वयम्ले चीनमा असन्तिुलित र अप¥याप्त विकास समस्या भएको, विकासको परिणाम र गुण जे हुनु पर्ने त्यो नभएको, गरीवी निवारण भयानक चुनौति रहेको, गाँउ–सहर बीच, क्षेत्रहरुबीच, आय वितरणमा ठूलो असमानताहरु रहेको बताएका छन् । सीले चीनीया समाजको प्रधान अन्तरविरोध एकातर्पm असन्तुति र अपर्याप्त विकास र अर्को तर्पm उन्नत जीवनका लागि जनताको निरन्तर बढिरहेका चाहना भएको कुरालाई सिद्दान्तकृत गरेका छन् । सोही प्रतिवेदनमा समाजवादको विकासका चरणहरुमा चीन प्राथमिक चरणमा रहेको कुराको पनि जीकिर गरिएको छ र समाजवाद निर्माणको आगामी कार्यभारलाई दुई चरणमा शुत्रबद्ध गरिएको छ । पहिलो चरण सन् २०२० देखि २०३५ को अवधि । जसमा मध्यम स्तरको समृद्ध समाज बनाउने, मध्यम वर्गको आकार उल्लेख्य बृद्धि गर्ने र क्षेत्रीय, गाउँ सहर र जीवनस्तर भएका असमानता ठूलै हदमा घटाउने जस्ता लक्ष्यहरु पर्दछन् । त्यसपछि दोस्रो चरण सन् २०३५ देखि ५० को अवधि । यस अवधिमा चीनको आधुनिकीकरण, चीन एउटा विश्व नेताको रुपमा स्थापित गर्ने, सबैका लागि साझा समृद्धि प्राप्त गर्ने र चीनलाई एउटा महान आधुनिक समृद्ध समाजवादी देश बनाउने लक्ष्य पर्दछन् ।

समाजवाद निर्माणको यो लक्ष्य र चरणमा चीनमा उत्पादन सम्बन्ध र स्वामित्व कसरी बदलिन्छन् भन्ने कुराले ऊसँग अर्थतन्त्र जोडिएका मुलुकका समाजवादी आन्दोलनलाई प्रभावित गर्छ । उत्पादन सम्वन्धहरु कसरी फेरिन्छन् या चीनीया राज्य कुन वर्गको पक्षधर रहन्छ भन्ने कुरो स्वयम् त्यहाँ विकसित हुने मजदुर वर्ग र त्यसका संगठन तथा त्यसले लिने आन्दोलनको दिशाले निर्धारण गर्दछ । सफल मजदुर आन्दोलनकाको परिणामका दुई सम्भावना रहन्छन् । यदि ज्याला तथा सुविधा बृद्धि र व्यक्तिवादी उपभोक्तावादलाई मजदुर वर्गले आप्mनो आन्दोलनको लक्ष्य माने चीन एक कल्याणकारी राज्य बन्ला । मजदुर वर्ग र चीनीया कम्युनिष्ट पार्टीले उत्पादन तथा वितरणकोे सामूहिक नियन्त्रण ब्यवस्थापनको बाटो लिए चीन समाजवाद उन्मुख बाटोमा जानेछ । तर, हालको विकासको प्रक्रियामा, जुन मुलभूत रुपले पूँजी पुनरउत्पादनको प्रक्रिया हो, बुर्जुवा वर्गको भुमिकाको ठाउँ रहिरहेसम्म समाजवाद उन्मुख सुधार या परिवर्तन कमजोर नै रहनेछ । हाम्रो अर्थतन्त्र चीनसँग जति सघनरुपले जोडिएको हुनेछ चिनियाँ समाजमा आएका संकट समस्या आन्दोलन र त्यसका उपलब्धिहरुले हामीलाई यही अनुपातमा प्रभावित गर्नेछन् ।

चीनको अन्तराष्ट्रिय योजना र नेपाल

विश्व ब्यवस्थामा एउटा उदयमान राष्ट्रका हिसावले चीनको निकै भिमकाय अन्तराष्ट्रिय योजना पनि छ : बीआरआई । प्रश्न छन् : हाम्रो आम विकास र बीआरआई परियोजनाको सम्बन्ध कस्तो हुन्छ ? के बीआरआई नेपालको समाजवाद उन्मुख विकासका लागि सहायक या अनुकुल हुन्छ ? थप प्रश्न छन् : बीआरआई मार्फत चीन नयाँ साम्राज्य या प्रभुत्वको रुपमा त उदय हुँदैन ?

निःसन्देह बीआरआई एउटा विशाल महत्वकांक्षी योजना हो । पुरानो उपनीवेशवाद र आजको अमेरीकी प्रभूत्वको सिद्धान्त र नियतसंग तुलना गर्ने हो भने बीआरआई अतुलानीय रुपले नरम र मानवीय छ । उपनीवेशवादले अन्य देश र सभ्यताहरुलाई असभ्य र तल्लोस्तरको आफूलाई उच्च र सभ्य संस्कृति या जातिको मान्थ्यो र सभ्यकरणलाई आप्mनो लक्ष्य बताउँथ्यो । यस मार्फत प्रयोग गरिएको सैनिक बल र हिंसाको त कुरै नगरौं । सन् १९९० पछि आक्रमक रुपले अघि सारिएको र केही हदसम्म अभ्यास गरिएको नयाँ अमेरीकी शताब्दी परियोजना त सैनिक शक्ति मार्फत अमेरीकी स्वार्थका लागि अमेरीकी प्रभूत्वलाई विश्व स्तरमा स्थापना गर्ने खुला आकाक्षा राख्दछ ।विश्व व्यापारको नियम अमेरीकाले लेख्नु पर्छ भन्ने ओवामा स्वयमको अभिव्याक्तमा त्यसको प्रभूत्वको चाहना प्रष्ट हुन्छ ।

समाजवाद तर्फ जानलाई समाजवादमा मात्र आप्mनो स्थायी हित र स्वार्थ देख्ने अर्थात् समाजवाद चाहने वर्ग या वर्गहरु हुनै पर्छ । साथै तिनको बहुमत, संगठन र समाजवादी चेतना पनि आवश्यक हुन्छ । हाल नेपालमा त्यस्तो वर्ग छ छैन निक्र्योल गर्नुपर्छ । नेताका आदर्श र प्रबुद्ध चाहनाले मात्र समाजवाद आउँदैन । वर्ग र त्यसको भौतिक परिस्थिति विनाको समाजवादको चाहनाको सैद्दान्तिक आधार काल्पनिक समाजवाद हुन्छ, वैज्ञानिक समाजवाद होइन ।

यता चीनको पनि सन् २०५० सम्ममा अन्तराष्ट्रिय हैसियत र राष्ट्रिय शक्तिका हिसाबले “विश्व नेता” हुने योजनामा छ । तर संगसंगै चीनले बीआरआई शान्ति, सहकार्य, खुल्लापन, समावेशीता, पारस्परिक सिकाइ र पारस्परिक लाभको भावनामा आधारित हुने आग्रह राख्दछ । पश्चिमी सभ्यतालाई श्रेष्ठ ठान्ने र “सभ्यताको झडप” मा विश्वको भविष्य देख्ने प्रवृत्तिका विपरित चीनले अन्य सभ्यताका उपलब्धिबाट सिक्ने, मानवजातिका लागि साझा भविष्यको समूदायको निर्माण गर्ने अभिलासा राख्दछ । यसमा सैनिक शक्तिको दम्भ र प्रभुत्व कतै छैन । चीन भन्छ : “अरु देशहरुका आन्तरिक मामलामा हस्तक्षेप गर्ने, हाम्रो सामाजिक ब्यवस्था र विकासको मोडल अरुलाई निर्यात गर्ने, हाम्रो चाहना अरुमाथि लाद्ने हाम्रो नियत छैन ।” यो परियोजनामा चीनले आफू भूराजनैतिक दाउपेच नगर्ने, स्थायित्व प्रतिकूल हुने गरी साना समूह नबनाउने बरु “सुमधुर सहअस्तित्वका लागि ठूलो परिवार” निर्माण गर्ने चाहना रहेको वताउँछ ।

तर चीनका आलोचकहरु बीआरआई मार्फत विभिन्न देशमा निर्माण भएका परियोजनाहरु मार्फत चीनले ती देशहरुमा प्रभूत्व जमाउन सक्ने अनुमान गर्छन् । यस विषयमा यसै भनिहल्नु अहिले अलि छिटो हुनेछ तर सार्वभौम सत्ताको अभ्यासलाई नै प्रतिकूल असर पर्ने गरी चीनले प्रभाव पारेको भने देखिएको छैन । तर भविष्यमा के हुन्छ अनिश्चित छ र किटानका साथ केही भन्न सकिन्न । यद्दपि ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा के प्रष्ट छ भने चीनिया समाजको हालको वर्ग संरचना अन्तरगतको वर्ग संघर्ष कसरी अगाडि बढ्छ भन्ने कुराले चिनीया राज्य र कम्यूनिष्ट पार्टीको दृष्टिकोण र नीतिलाई निर्माण गर्छ । तर यो स्वयम् नै अरु धेरै कुरामा भर पर्दछ । हालको वर्ग संघर्षमा समाजको चाहना राख्ने वर्ग प्रभावशाली भए त्यसले चीनलाई समाजवाद तर्फ लान्छ र आजको बीआरआईमा ब्यक्त गरेको भाव सोही अनुसार कार्यन्वयन हुन सक्ने वातावरण बन्छ ।

तर यो संघर्षमा पूँजीपति वर्ग बलियो प्रभावशाली भयो भने त्यो वर्गको स्वार्थ अनुसार चीनको वैदेशिक नीति र देशहरु सँगको सम्बन्ध निर्धारण हुनेछ । जसअन्तर्गत अरु देशहरुबाट अधिकतम लाभ प्राप्त गर्नु नै त्यसको मुख्य लक्ष्य हुनेछ र त्यसका लागि आवश्यक सबै विधि चीनीया राज्यले अवलम्वन गर्नेछ । नेपालको हकमा पनि त्यही लागू हुनेछ । तर यो पनि सम्भव छ कि सामरिक वा सुरक्षा हिसाबले नेपालको महत्वलाई चीनले विशेष स्थान दिए नेपाल चीन सम्बन्ध नेपालका लागि अनुकूल नै हुनेछ ।

हाललाई कल्याणकारी प्रावधान या केही महत्वपूर्ण सामाजिक सुरक्षा र सुविधामा सबैको समान पहुँचलाई समाजवादको थालनीको विन्दु मान्ने हो भने पनि त्यसका कम्तीमा दुईवटा प्रमूख सर्तहरु छन् : (क) राजकीय तथा सार्वजनिक क्षेत्रको आर्थिक क्षमता । यो कुरा स्वयम् सार्वजनिक क्षेत्रको भूमिका र सबलताको पक्षधर वर्गको प्रभावशाली उपस्थिति, भूमिका या हस्तक्षेप विना असम्भव हुन्छ । (ख) सामाजिक सुविधाबाट बञ्चित भएमा वर्गहरुद्वारा कल्याणकारी प्रावधानको माग त्यो मागलाई निर्णायक बनाउन सक्ने सांगठनिक या वैचारिक क्षमता ।

तर चीनमा मजदुर वर्ग बलियो हुँदै जाने, पश्चिमा पूँजीवादी केन्द्रहरुको आर्थिक शक्ति कमजोर हुँदै जाने, त्यहाँ पनि समाजवादी आधारहरु बलिया हुँदै जाने र नवउदारवादले सृर्जना गरेका तमाम समस्या र सामाजिक आर्थिक अन्तरविरोध पूँजीवादी प्रणालीभित्र हल नहुने वस्तुतः परिस्थिति बनेपछि त्यसले समाजवाद अनुकूलको भौतिक आधार तयार गर्नेछ । स्मरण रहोस् पूँजीवादमा पूँजी विस्तारको या पूँजी सञ्चालनको ठाउँ रहुन्जेल पूँजीवाद चोला फेरेर बाँचिरहनेछ । तर पूँजीवाद भूमण्डलीकृत भएपछि पूँजीवाद बाँचीरहने ठाउँ लगभग हुँदैन होला । ऐतिहासिक भौतिकवादका हिसाबले त्यसबेला समाजवादको वस्तुगत परिस्थिती बनेको हुनेछ ।

नेपालमा समाजवादका मुलभूत सर्त

विश्व ब्यवस्थाको यो प्रकृति र चलायमानतासंगको सम्बन्धका अतिरिक्त नेपालमा समाजवाद या समाजवाद उन्मूखताका लागि आधारभूत रुपले निम्न कुराहरुले महत्व राख्छन् । पहिलो, नेपालमा प्रभुत्वमा रहेको हालको अनुत्पादक पूँजीलाई उत्पादक पूँजीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु हुनुपर्छ । तर यो प्रक्रिया त्यति सजिलै शुरु हुँदैन । वर्तमानमा वित्तीय पूँजी (अनुत्पादक पूँजी) प्रभावशाली छ र यो निरन्तर पूनरउत्पादित भइरहेको छ । यस पूँजीको पुनरउत्पादनमा रुकावट या संकट नआए रुपान्तरण निक्कै जटील या वस्तुतः असम्भव नै हुन्छ । रुपान्तरणका लागि ठूलो योजना र राजनीतिक प्रतिवद्धता आवश्यक हुन्छ । तर यो पूँजीले राजनीतिक र समाजका अन्य संस्थाहरुमा प्रभाव र कब्जा जमाएको हुँदा रुपान्तरणलाई रोक्ने जवर्जस्त प्रयत्न गर्दछ । यस पूँजीमा संकट या प्रभाकारी प्रतिकूलता आएपछि मात्र रुपन्तरणको बाटो वस्तुतः खुल्ला हुन्छ । त्यसकारण हाल शासन गरिरहेको पूँजीको क्षमता, आकार, गतिशीलता, विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय जालो, त्यसको संकटको नियम र दिशा बुभ्mनु, संकटबाट रुपान्तणको विधि र दिशाको खाका बनाउनु नेपालको समाजवादी आन्दालनको एक महत्वपुर्ण कार्यभार हो ।

दोस्रो, समाजवाद तर्फ जानलाई समाजवादमा मात्र आप्mनो स्थायी हित र स्वार्थ देख्ने अर्थात् समाजवाद चाहने वर्ग या वर्गहरु हुनै पर्छ । साथै तिनको बहुमत, संगठन र समाजवादी चेतना पनि आवश्यक हुन्छ । हाल नेपालमा त्यस्तो वर्ग छ छैन निक्र्योल गर्नुपर्छ । नेताका आदर्श र प्रबुद्ध चाहनाले मात्र समाजवाद आउँदैन । वर्ग र त्यसको भौतिक परिस्थिति विनाको समाजवादको चाहनाको सैद्दान्तिक आधार काल्पनिक समाजवाद हुन्छ, वैज्ञानिक समाजवाद होइन ।

तेस्रो, हाललाई कल्याणकारी प्रावधान या केही महत्वपूर्ण सामाजिक सुरक्षा र सुविधामा सबैको समान पहुँचलाई समाजवादको थालनीको विन्दु मान्ने हो भने पनि त्यसका कम्तीमा दुईवटा प्रमूख सर्तहरु छन् : (क) राजकीय तथा सार्वजनिक क्षेत्रको आर्थिक क्षमता । यो कुरा स्वयम् सार्वजनिक क्षेत्रको भूमिका र सबलताको पक्षधर वर्गको प्रभावशाली उपस्थिति, भूमिका या हस्तक्षेप विना असम्भव हुन्छ । (ख) सामाजिक सुविधाबाट बञ्चित भएमा वर्गहरुद्वारा कल्याणकारी प्रावधानको माग त्यो मागलाई निर्णायक बनाउन सक्ने सांगठनिक या वैचारिक क्षमता ।

सारमा, नेपाली समाजवादी आन्दोलनले विश्व ब्यवस्थाको चरित्र, दिशा, त्यसको संकट, चीनको भुमिका र दिशा, र त्यस प्रक्रियामा विकसित हुने वर्गहरु र तिनका संघर्ष आदिको अध्ययन नगरी आप्mनो सम्भावना र दिशा तय गर्न सक्दैन ।

(फाउण्डेसन फर क्रिटिकल डिस्कोर्स नेपालले हालै काठमाडौंमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा वामपन्थी चिन्तक डा. खगेन्द्र प्रसाईले प्रस्तुत गर्नुभएको विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता” सम्बन्धी अवधारणापत्र)

Facebook Comments