परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नयपाल, नेपाल र सतही मानसिकता

केही वर्षअघि नोबेल पुरस्कार विजेता भिएस् नयपालले एक सन्दर्भमा बोल्दा आफ्ना पुर्खा नेपालबाट आएको आफूले सुनेको बताएका थिए । यसले विश्वभरका नेपालीलाई एउटा ऊर्जा दिएको थियो । विश्वभरका नेपाली मूलका मान्छे तरंगित भएका थिए । फेसबुक र ट्वीटरमा झुण्डिएर त्यही चेतनामा हुर्किएको सतही ज्ञानमा वाहवाही गर्ने पुस्ता पनि हर्षले गदगद भएको थियो ।

नेपालीपनका विषयमा पंक्तिकारले केही समय त्यहीँ बसेर नियालेको अर्को एउटा देशको सन्दर्भ छ । युरोपमा लगभग काठमाडौं उपत्यकाभन्दा सानो एउटा देश छ । लक्जेम्बर्ग नाम गरेको यस देशलाई आधुनिक सूचकाङ्कले लगातारजसो विश्वकै पहिलो सम्पन्न मुलुकका रुपमा देखाएको दशकौं भयो । आकर्षक तलब र सामाजिक सुरक्षाको भरपर्दो ग्यारेन्टीका कारण यो सानो देशमा नेपाली समुदाय क्रियाशील छ । तर, सामान्यतया नेपाली भन्नाले यहाँ नेपाली नागरिकता नबोकेका र नेपालसँग कुनै राजनीतिक साइनो नभएका नेपालीभाषी भारतीयहरु पनि चिनिन्छन् । कुनै युरोपेलीसँग राष्ट्रियताबारे बोल्नुपर्दा उनीहरु भन्छन्–हामी भारतीय नेपाली हौं । समाजमा लेनदेन, ऋणसहयोग, भलिबल, फुटबल खेललगायत काममा नेपाली समूहमा तिनीहरु पनि मिसिन्छन् । कामदार वा कुनै सहयोगी मान्छे चाहिएमा नेपाली नै खोज्छन् । एउटै पासपोर्ट बोकेपनि सम्बन्धका हिसाबले भारतीयहरुलाई हामीलेभन्दा बढी नै घृणा गर्छन् ।

कोपनह्यागनस्थित क्यास्त्रप एयरपोर्टमा एउटी सानी नानी मोबाइलमा नेपाली बोल्दै थिइन् । सँगै रहेको साथी किरण र मलाई हामी दुईबाहेक अरु नेपालीसँग प्रत्यक्ष कुराकानी गर्न नपाएको लगभग चार साता भएको थियो । चेकजाँच लाइनमा आफ्नै भाषा बोलिरहेकी ती नानी भेट्दा हामीलाई आफ्नै मान्छै भेटेको अनुभूति भयो । किरणले बोल्ने बाटो खोल्नका लागि मसँग अलिक ठूलो स्वरमा नेपाली बोलेर केही सोध्यो । उसको यो कदमपछि ती नानीले सोधिन्–अंकलहरु नर्वेको ह्यामरफेस्टबाट हो ?

हैन त, ओहो, तपाईं नेपाली हो नानी ?

म भूटानी नेपाली हो अंकल । यहाँ आरहुस् पछाडिको गाउँमा हाम्रो बसाइ छ ।

उनले सोधेको शहर भूटानी शरणार्थी लगेर राखिएको छिमेकी देश नर्वेको शहर रहेछ, पछि त्यहाँ बस्ने पत्रकार सरोज ढुंगानासँग त्यस ठाउँका विषयमा कुराकानी हुँदा बल्ल त्यसबारे थाहा भयो ।

केही अघि मैले कतै पढेको थिएँ– फिजीका जंगलमा नेपाली लोकगीत घन्किन्छ । चीनको तिब्बत, थाइल्याण्ड, बंगलादेश, मौरिसस् अनि अफ्रिकाका केही मुलुकमा नेपाली मूलका मान्छे भेटिएका खबर बारम्बार आइरहेका छन् । यीमध्ये धेरैजसो ठाउँमा त नेपाली थर मात्र जीवित छ, भाषा चाहीँ साइनोमा मात्र सुन्न पाइन्छ । भूटान, भारत र बर्मा चाहिँ नेपालीका लागि आफ्नै पुराना मुगलानका रुपमा चिनिन्छन् । यी बाहेक नेपालबाट बिभिन्न देशमा बिगतका दुई शताब्दीमा बसाइसराइ गरेर गएको समुदायबारे अझै सामग्रीहरु आइरहेका छन् । सूचना र गन्तब्यमा नेपालीको पहुँचसँगै यो क्रम अझ बढ्ने देखिन्छ ।
पछिल्लो समयका केही घटनाक्रम हेर्दा नेपाली जाति चलायमान छ । अहिले युरोपका सामान्य देशमा मात्र हैन, अफ्रिकाका बिभिन्न मुलुकमा पनि नेपाली समुदाय जमेर बस्न थालेको छ । नेपालीभाषी भूटानी शरणार्थी र नेपालीभाषी भारतीयलगायतका ब्यक्तिहरु पनि फरक परिचयपत्र बोकेरै पनि हाम्रै भाषा, संस्कार र संस्कृति फैलाइरहेका छन् । नेपालको परिचयका लागि धेरथोर योगदान दिइरहेका छन् । लाग्छ, हरेकले केही न केही नेपाल र नेपाली जाति चिनाउन पहल गरिरहेका छन् । हरेक ठाउँमा राजनीति शुरु गरिहाल्ने लगायतका कतिपय नेपाली रोग छाड्ने हो भने बिभिन्न नाममा संघसंस्था खोलेर सक्रिय भइहाल्ने आदतले पनि सकारात्मक ऊर्जा नै दिइरहेको छ ।

दाइ, त्यत्रो ठूलो परिवर्तन भइसकेछ मुलुकमा, मलाई थाहै थिएन– उसले मलाई अझ बढी थाहा छ कि भन्ने लागेर सन्दर्भतिर कुरा मोड्यो । उसलाई लाग्थ्यो– मिडिया भनेका काकताली बाहेक गलत सूचना दिनै सक्दैनन् । टिआरपी बढाउनका लागि गरिने यस्ता बकबास पनि विश्वभरका नेपालीले पढ्छन् । विश्वासिला सञ्चारमाध्यम र यस्ता च्यानल वा अनलाइन एकैपल्ट देखिन्छन् मोबाइलमा । आज मुलुक वा विश्वजगतसँग जोडिएका धेरैजसो संवेदनशील विषयमा नयाँ पुस्ताको सतही मानसिकता निर्माण हुनुको कारक तत्व तिनै मिडिया हुन् । यसले निर्माण गरिदिएको मानसिकतबाारे पनि आज छलफल गर्न जरुरी छ ।

युरोप बसाइका क्रममा मैले यहाँका बिभिन्न साना–ठूला शहर पसेर नियालेको छु । मुलुकमा देखिएका बिभिन्न समस्यामा तत्काल एकजुट भइहाल्ने, दारुगफमै अलिअलि योगदान गरिहाल्ने र समुदाय बनाएर लगातार सम्पर्कमा रहने नेपाली चरित्र छ । हाम्रो यो चरित्रबारे लेख्दा यसको ठीक बिपरीत छिमेकी देश भारत र पाकिस्तान युद्धको तयारीमा हुँदा पनि भारतीय सहकर्मीहरु बेखबर भएको सन्दर्भ म स्मरण गरिरहेको छु ।

नेपाली समुदाय भने अपवादलाई छाडेर मुलुकका हरेक बिषयमा सचेत देखिन्छन् । कम्तीमा युरोपका सडकमा सस्तो बियर खाँदै भएपनि सके समाधानका लागि बहस, नसके आफ्नातर्फबाट सानो सहयोग गर्छन् । यति पनि नसके घटनाक्रमबारे अपडेट हुन्छन् र चिन्ता जनाउँछन् । यो सामाजिक प्रबृत्ति विश्वका अन्य समाजमा बिरलै पाइएला । भलै, यसमा जात, क्षेत्र, पार्टी, उठबस आदि कुरालाई बढी प्राथमिकतामा राख्ने नेपाली परम्परा भए पनि त्यो बिस्तारै कम हुँदै गएको देखिन्छ ।

यी सन्दर्भसँगै हामीले आजको एउटा गुलियो बिषका बिषयमा पनि बोल्नैपर्ने हुन्छ । सूचना–प्रबिधिका कारण आज हामी सजिलो समयमा बाँचेका छौं । तर, कतिपय अर्थमा हामीलाई यही सरलताले अफ्टेरोमा पार्ने गर्छ । मूलतः सामाजिक सञ्जाल र अनलाइन प्रबिधि प्रयोग गरेर अपडेट हुने केही गैरजिम्मेवार पोर्टलले बनाएको सामाजिक मनोविज्ञान बडो खतरनाक छ । केही महिनाअघि एउटा युट्युब च्यानलले तात्तातो बिषयको सामग्री अपडेट गरेछ । त्यसको शीर्षक थियो – रवि लामिछाने आज जेलबाट छुट्दै, भोलि नै प्रधानमन्त्री बन्ने । यो पढेर पोर्चुगलको ऐँसेलु खेतीमा काम गर्ने बिराटनगरको भाइ सरोज सुबेदीले मलाई अतालिँदै भाइवरमा कल गर्यो ।

दाइ, त्यत्रो ठूलो परिवर्तन भइसकेछ मुलुकमा, मलाई थाहै थिएन– उसले मलाई अझ बढी थाहा छ कि भन्ने लागेर सन्दर्भतिर कुरा मोड्यो । उसलाई लाग्थ्यो– मिडिया भनेका काकताली बाहेक गलत सूचना दिनै सक्दैनन् । टिआरपी बढाउनका लागि गरिने यस्ता बकबास पनि विश्वभरका नेपालीले पढ्छन् । विश्वासिला सञ्चारमाध्यम र यस्ता च्यानल वा अनलाइन एकैपल्ट देखिन्छन् मोबाइलमा । आज मुलुक वा विश्वजगतसँग जोडिएका धेरैजसो संवेदनशील विषयमा नयाँ पुस्ताको सतही मानसिकता निर्माण हुनुको कारक तत्व तिनै मिडिया हुन् । यसले निर्माण गरिदिएको मानसिकतबाारे पनि आज छलफल गर्न जरुरी छ ।

छिल्लो समयमा आमनेपाली मनोविज्ञान तातै खाऊँ, जली मरुँ भन्ने उखानसँग मिल्दोजुल्दो छ । तत्कालै ठूलो परिवर्तन चाहिएको छ । समाज विकासक्रम, प्रक्रिया र वस्तुस्थितिबारे सचेत समुदाय पनि गम्भीर छैन । भर्खरै कालापानीका बिषयमा एक जना पूर्वसचिवले यस्तो आशयको ट्वीट गरेका थिए– कालापानी भारतले नक्सामा पारेर आन्दोलन शुरु भएको दुई दिनसम्म यो सरकार के हेरेर बसिरहेको छ ? ती पूर्वसचिव आफैं तीन दशक नीतिनिर्माण तहमा बसेका ब्यक्ति थिए । र कालापानी ती सचिव हुँदा पनि मिचिएकै अवस्थामाा थियो ब्यंग्य मिसिएको, आम नेपाली गफका भाषामा भन्नुपर्दा उनी तीन करोड जनतालाई उल्लु बनाउने नेतालाई पनि उल्लु बनाउने लाइसेन्स् होल्डर ब्यक्ति थिए । तर, यस्ता विषयका कूटनीति, सन्दर्भ, सीमा र दिशा हुन्छन् भन्ने उनले रिटायर्ड भएको एकाध वर्षमै बिर्सिएछन् ।

केही महिनाअघि ट्वीटरमा एउटा नेपालीले शेयर गरेको भिडियो भाइरल भयो । तराईको कुनै एक ठाउँमा सरकारी सेवाका लागि दर्जनौं सेवाग्राही लाइनमा बसेको अवस्थामा त्यो भिडियो खिचिएको थियो । त्यसलाई ट्वीटरमा शेयर गर्ने कुनै ब्यक्तिले लेख्यो– नागरिकता लिनका लागि सिडियो कार्यालयको लाइनमा बसेका भारतीयहरु । यसले सयौं शेयर र कमेन्ट पायो । कमेन्ट गर्नेहरु हरेक क्षेत्रका थिए । यसमा भारत र भारतीयहरुलाई गाली गरेर देशभक्ती देखाउनेहरु नै बढी थिए । तर, एकदम नगन्य ब्यक्तिले मात्र नेपालको तराईमा पनि यस्तै वर्णका मान्छे बस्छन्, यो गलत हुनसक्ने तर्क गरे ।

भिएस नयपाललाई नेपाली ठान्ने र विश्वभरका नेपालीभाषी सबैलाई आफ्नै देख्ने आम मानसिकता गलत नहोला । तर, विरोधाभास चाहीँ ठूलो नेपाली जमातले अझ पनि तराईको आम मान्छेलाई भने विदेशी देख्नुमा छ । त्यो अलिक कालो बर्णको मान्छेसँग नेपाली नागरिकता भएको थाहा पाए पनि उसलाई भैयाभन्दा माथि राख्दैन । भैया शब्दले तराई, मधेशमा दिने आत्मीय भाव काठमाडौं पुग्दा पूरै गायब हुन्छ । काठमाडौंमा त्यो शब्दले जातीय विभेदको रुप लिन्छ । केही महिनाअघि धापासीमा भएको तराईमूलका एक निर्दोष र सामान्य नागरिकमाथिको आक्रमणको घटनाले पनि काठमाडौंको आम मानसिकता उजागर गर्छ । नेवारीमा चलेको उखान मनु मखु मस्र्या ख अर्थात् मान्छे हैन मधेशी हो त्यसै बनेको होइन, त्यसमा काठमाडौं र शक्तिको मनोविज्ञान पनि आएको छ । र, लाग्छ तत्काल यो मानसिकता परिवर्तन हुनेवाला छैन । हामी अझै पनि खाट्टी नेपाली को हुन्, बर्मामा बसेका हीरा ब्यापारी रामकृष्ण थापा कि तिलाठीका चमनलाल यादब ? छुट्याउन नसक्ने अवस्थामा छैनौं । काठमाडौंमा तरकारी बेच्ने रौतहटको जुबेर मियाँ र इण्डियन आइडल जित्ने प्रशान्त तामा मध्ये को चाहिँ नेपाली ? यस विषयमा अहिलेका सामाजिक सञ्जाल, नयाँ मिडिया र केही हदसम्म मिडियाले पनि धारणा प्रष्ट बनाउन जरुरी छ ।
अबको समाजमा उत्तेजना फैलाउने मात्र हैन, गलत धारणा सम्प्रेषण गर्नेहरुले कुनै पनि बेला भड्कावमा सहयोग गर्दै गम्भीर अवस्थामा पुर्याउन सक्छन् । यस विषयमा बहस, र नीतिनिर्माण सबै तहमा काम गर्न ढीलाइ हुन नहुने अवस्था छ । यस विषयमा सञ्चार नीतिदेखि राज्यका धेरै निकाय सक्रिय र स्पष्ट हुन जरुरी छ । जबसम्म काठमाडौंको आँखाले कालोलाई फरक देख्छ, त्यस बेलासम्म नेपाली एक हुन सक्दैनन् । नेपाल र नेपाली समुदायमा त्यहाँका मान्छेलाई गणना गर्नका लागि तिनलाई पनि समाजको अपनत्व दिइनुपर्छ नै ?

पछिल्लो समयमा आमनेपाली मनोविज्ञान तातै खाऊँ, जली मरुँ भन्ने उखानसँग मिल्दोजुल्दो छ । तत्कालै ठूलो परिवर्तन चाहिएको छ । समाज विकासक्रम, प्रक्रिया र वस्तुस्थितिबारे सचेत समुदाय पनि गम्भीर छैन । भर्खरै कालापानीका बिषयमा एक जना पूर्वसचिवले यस्तो आशयको ट्वीट गरेका थिए– कालापानी भारतले नक्सामा पारेर आन्दोलन शुरु भएको दुई दिनसम्म यो सरकार के हेरेर बसिरहेको छ ? ती पूर्वसचिव आफैं तीन दशक नीतिनिर्माण तहमा बसेका ब्यक्ति थिए । र कालापानी ती सचिव हुँदा पनि मिचिएकै अवस्थामाा थियो ब्यंग्य मिसिएको, आम नेपाली गफका भाषामा भन्नुपर्दा उनी तीन करोड जनतालाई उल्लु बनाउने नेतालाई पनि उल्लु बनाउने लाइसेन्स् होल्डर ब्यक्ति थिए । तर, यस्ता विषयका कूटनीति, सन्दर्भ, सीमा र दिशा हुन्छन् भन्ने उनले रिटायर्ड भएको एकाध वर्षमै बिर्सिएछन् ।

आम जनतामा देखिएको चाँडै परिणाम खोज्ने तर स्थिति बुझेर नहेर्ने मानसिकताका पछाडि अनेक कारण हुन सक्छन् । तर, सतही रुपमा हेर्ने हो भने चाहिँ वर्षौंंसम्म केही नगरी सत्तामा टिकीरहने र छिमेकी मुलुकलाई “माइक्रो मेनेजमेन्ट”को हदसम्म आमन्त्रण गर्ने नेतृत्वको प्रवृत्ति मूलरुपमा जिम्मेवार छ । हरेक ठाउँमा केही हुँदैछ भन्ने विश्वास मात्र स्थापित भयो भने जनताको मानसिकता पनि थोरै परिवर्तन हुनेछ । थोरै मात्र राजनीतिक नेतृत्व सुध्रिएको अवस्थामा सामाजिकता र सक्रियताको भावनाले भरिएको नेपाली समाजलाई विश्वकै चेतनशील र गतिशील समाज बनाउन अफ्ट्यारो छैन ।

Facebook Comments