परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाललाई कर्मयोगीहरुको देश बनाउनु पर्दछ

सन्दर्भः योग दिवस

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असार छ गते विश्व योग दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यक्त गर्नु भएको विचारको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ– सं.)

तनाव कम गर्नु नै योगको उद्धेश्य
आज २१ जुन, अन्तर्राष्ट्रिय योग दिवस । पाँच वर्षदेखि विश्वले आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइरहेको छ । हामी पनि अहिले ५औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा यहाँ उपस्थित भएका छौं । हामीले, विश्वले सँगसँगै सन् २०१५ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुुरु गरेका हौं, जब सन् २०१४ मा संयुक्त राष्ट्र संघले आजको दिनलाई योग दिवसको रुपमा घोषणा ग¥यो ।

यस सुखद् अवसरमा म यहाँहरु सबैलाई, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई र विश्वकै सम्पूर्ण मानव जातिलाई योग दिवसको अवसरमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।

आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, मानवलाई स्वच्छ, सुखी, शान्त राख्न योगदान गरोस् र, मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न बनाउन सकियोस् भन्ने योगको उद्देश्य हो । यो उद्देश्य पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् म फेरि शुभकामना भन्न चाहन्छु ।

पूर्वीय समाजमा व्यक्तिगत रुपमा हरेक दिनलाई हामीले योग दिवसको रुपमा मनाउँदै आयौं । कसैले थाहा नपाउनु बेग्लै कुरा हो तर हजारौ वर्षदेखि यो जीवनको अंगको रुपमा दैनन्दिन कार्यको रुपमा, दिनको प्रारम्भको रुपमा योग अभिन्न अंगको रुपमा रहदै आयो ।
हामी अलि तनावग्रस्त दुनियाँमा छौं, भ्याउँदैनौं, नभ्याउने कुराले झन तनाव हुन्छ । त्यस कारण बिहान अलिकति समय निकाल्ने दिनभरीको तनाव, हप्ता भरीको तनाव, महिना भरीको तनाव, वर्ष भरस्को तनाव र जीवनभरीका तनावबाट मुक्त हुने–त्यो नै योगको उद्देश्य हो ।

योग ऋषीमुनीकै पालादेखि
योगका विभिन्न पक्षहरुका बारेमा म अहिले जान चाहन्न किनभने हामीसँग समय पनि धेरै छैन् । अहिले मैले भनेर योग सम्बन्धी चर्चा पर्याप्त हुने पनि होइन । यसको अभ्यास लिपी बन्न भन्दा अगाडि, भाषा बन्न भन्दा अगाडिदेखि सुरु हुदै आयो । मान्छेले सोध्दै गयो, खोज्दै गयो । यो श्रृष्टिको उत्पतिको बारेमा मान्छेले सोच्यो । जीवन भनेको के हो ? त्यसको बारेमा सोच्यो । र, जीवन कसरी स्वास्थ्य रहन्छ ? आहार, व्यायम, आराम तीन ओटा अथवा बाँच्नका लागि खाना, शारीरिक श्रम गर्नु र आराम लिनु । तीन ओटा कुरा आवश्यक छ कम्तिमा । त्यसलाई कति व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा सोच्यो ।

हाम्रा ऋषिमुनीहरुले हजारौ वर्ष अगाडि, हजारौं पनि धेरै हजार वर्ष अगाडि यस सम्बन्धमा चिन्तन मनन् गरे । साधना गरे । खोज गरे । अध्ययन, अनुसन्धान गरे ।

आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, मानवलाई स्वच्छ, सुखी, शान्त राख्न योगदान गरोस् र, मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न बनाउन सकियोस् भन्ने योगको उद्देश्य हो । यो उद्देश्य पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् म फेरि शुभकामना भन्न चाहन्छु ।

हामी गीतामा योगको वर्णन पाउँछौं । कृष्णले अर्जुनलाई उपदेश दिंदा योगको बारेमा बताएका छन् । योगको महत्वको बारेमा भनेका छन् । कृष्णले गीतामा कपिलमुनीको वर्णन गरेका छन्, योगी कपिलमुनी जस्तो योगी । कपिलमुनी अर्थात लपतञ्जलीको युग भन्दा पनि धेरै अगाडिका । पतञ्जलीको युग ई.सं को एक–डेढ सय तिर मानिन्छ । तर, त्यस भन्दा १३ सय वर्षदेखि १५ सय वर्ष अगाडि द्वापरयुगमा कृष्णले अर्जुनलाई उपदेश दिंदा योगको बारेमा चर्चा गर्नुभो । त्यो मात्रै होइन, मोहनजोदाडो सभ्यता हामीले हे¥यौं भने योगमुद्रामा मुर्तीहरु भेटिन्छ, पाँच हजार वर्ष अगाडि । यो अब महाभारतकालीन अथवा द्वापर युग भन्दा, त्रेतायुग भन्दा पनि अगाडि मोहनजोदाडो सभ्यतामा योगमुद्रामा मुर्तीहरु भेटिन्छन् । हाम्रा विभिन्न समयमा उत्खनन् भएका मुर्तीहरुमा योग भेटिन्छन् ।
अहिलेसम्म भेटिएका सभ्यताहरु, उत्खनन्हरु जुन पुराना सभ्यताहरु मानिन्छन् ती एसियाली सभ्यताहरु, दक्षिण एसियाली सभ्यताहरु हुन । यसमा योगको कुरा गर्दा त्यसबखतका मुर्तीहरुमा योग मुद्राका मुर्तीहरु पाइन्छन् । अथवा कमसेकम अहिले भन्दा पाँच हजार वर्ष अगाडि, छ हजार वर्ष अगाडिका हाल उत्खनन् भएका मुर्तीहरु हेर्दा योग मुद्राशनमा बसेका मुर्तीहरु पाइन्छन् । अथवा योग आज होइन धेरै धेरै पहिलेदेखि थियो ।

हामी वेदमा गयौं भने वेदले योग र योगीहरुको वर्णन गर्छ । हाम्रा प्राचिनतम् शास्त्रहरुले योग र योगीहरुको वर्णन गर्छन । जतिबेला अन्धकारले छोपेको थियो त्यस बेला ज्ञानको शुन्यताको जस्तो स्थिति थियो, ज्ञान केही पनि थिएन, जैविक इच्छा मात्रै थिए । प्रारम्भिक जैविक इच्छा भनेको बाँच्ने इच्छा हो । जीजिविषा । बाँच्ने इच्छा जीवको पहिलो संकेत हुन्छ । त्यो मात्रै थियो । चेतनाको हिसाबले अन्धकारलाई पनि अन्धकारले छोपेको थियो । त्यस बेला एउटा ज्ञानमय वाणी पैदा भयो ॐ भन्ने । ॐ बाट अहम्, भयम् आदिबाट भाषातिर गयो । संकेतबाट भाषातिर गयो दुनियाँ । भाषामा सँगसंगै ज्ञानहरु संकलित हुन थाले । ज्ञानहरु संकलन प्रारम्भिक चरणदेखि नै योगा ज्ञानको, मानवीय चेतनाको एउटा अभिन्न अंगको रुपमा आयो । र, त्यसको प्रारम्भ, त्यसको सुरुवात हामीले गर्व गर्न सक्छौं धर्तीको यही भागमा भएको थिए, जहाँ हामी बसोवास गर्दछौं । मैले धेरै ठाउँमा भन्ने गरेको छु, वेदका ऋचाहरुको रचना यही भएको थियो । वेदका ऋचाहरुको रचना विभिन्न ऋषिमुनीहरुले गण्डकी किनार, कोशी किनारमा गरेका थिए । त्रेतायुगको वाल्मिकी आश्रम यही छ । व्यासले गण्डकी किनारमा वेदको अध्ययन, रचना, संकलन गरे । ती चिजहरु हाम्रो भूमिमा हुने गर्दथे ।

हामी पनि त्यही गरौं व्यक्तिगत तवरमा जसरी योगलाई हाम्रा ऋनिमुनीहरुले, जान्नेहरुले पहिलेदेखि आफ्नो जीवन पद्धती बनाए । हामीले ऋषिमुनी हे¥यौं भने झरिला, भरिला देखिन्छन् । ती झरिला, भरिला किन छन् ? बेस्सरी मासु भात खाएर झरिला, भरिला भएका होइनन् । यी नियमले झरिला भरिला भएका हुन् । खानेको नियम, बस्नेको नियम, आहारको, बिहारको, आरामको, व्यायमको अथवा खानाको र व्यायमको अत्यन्तै सन्तुलित र अहिलेसम्म पनि तीन ओटै कुराको संयोग एकै ठाउँ भएको चिज हो– योग ।

अहिलेसम्म सबैभन्दा पुराना मन्त्रहरु वेदका मन्त्रहरु हुन् । सबै भन्दा पुरानो लय वेदको लय हो । सबभन्दा पुराना छन्दहरु वेदका छन्दहरु हुन । वेद खाली वेद मात्रै होइन, यसमा छन्दको, लयको पनि सृष्टि भएको हो । र, वेदको सबैभन्दा प्रमुख मानिएको मन्त्र गायत्री मन्त्र,
ॐ भूर्भुवः स्वः
तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात् ।।
कोशी किनारमा बसेर वशिष्ट ऋषीले रचना गरेका थिए ।

अर्थात सबै भन्दा पहिलो मन्त्र यहीँ बन्यो । भाषा यहीँ बन्यो, लिपी यहीँ बन्यो, सबै यहीँ बन्यो । सबै भन्दा दीर्घजीवि र सबै भन्दा सारगर्वित मन्त्र गायत्री मन्त्र यहीँ कोशी किनार, चतराधाममा बन्यो । त्यसै कारण यस भूमिलाई भन्ने गरिन्छ– तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, देवभूमि । किनभने देवताहरु यहीँ बस्थ्ये । यो देव भूमि हो र ज्ञानको सृजना यहीँ भएको थियो, यहीँबाट विस्तार भएको थियो । यसरी हामी गर्व गर्न सक्छौं ।

प्रधानमन्त्री केपी शर्मा ओली

हामी पनि त्यही गरौं व्यक्तिगत तवरमा जसरी योगलाई हाम्रा ऋनिमुनीहरुले, जान्नेहरुले पहिलेदेखि आफ्नो जीवन पद्धती बनाए । हामीले ऋषिमुनी हे¥यौं भने झरिला, भरिला देखिन्छन् । ती झरिला, भरिला किन छन् ? बेस्सरी मासु भात खाएर झरिला, भरिला भएका होइनन् । यी नियमले झरिला भरिला भएका हुन् । खानेको नियम, बस्नेको नियम, आहारको, बिहारको, आरामको, व्यायमको अथवा खानाको र व्यायमको अत्यन्तै सन्तुलित र अहिलेसम्म पनि तीन ओटै कुराको संयोग एकै ठाउँ भएको चिज हो– योग । शारीरिक व्यायम । व्यायम गरेपछि स्वास बढ्छ । अथवा शारीरिक व्यायमको प्रणायामसँग सम्बन्ध हुन्छ भन्ने कुरा जुन व्यायम गर्नुस् स्वास बढ्छ । त्यसले प्रणायम व्यायमसँग सम्बन्धित छ भन्ने देखाउँछ । व्यायमको प्राणसम्बन्धी आयाम, त्यसलाई प्रणायम भन्छौं । त्यो प्राणायम त्यसले सम्पूर्ण रक्तसंचार मात्रै होइन, त्यसले मस्तिष्कमा उपयुक्त ढंगले अक्सिजन पु¥याउँने, मस्तिष्कलाई ताजा राख्ने र स्वास्थ्य राख्ने काम पनि गर्छ । योगामा यो विशेषता पनि छ । अर्को ध्यान । ध्यानमा गएपछि मस्तिष्कलाई जो अतृप्तीबाट, इष्र्याबाट, अंहकारबाट ग्रष्त भएर विकृत हुन्छ अनि डिप्रेसन, डिप्रेसन भन्दा अलि बढ्ता पनि जान सक्छ । इष्र्या गर्दा, गर्दा, गर्दा, गर्दा, गर्दा, गर्दा मान्छे इष्र्या भावले जलिजलिकन आफैंलाई बडो असहज स्थितिमा पु¥याउँछ । तिनीहरुबाट मुक्त गर्ने विषय र मस्तिष्कलाई आत्मनियन्त्रणमा राख्ने विषय । मस्तिष्कलाई नियन्त्रणमा राख्ने भनेको दुईओटा पक्ष हुन्छ, एउटा प्राकृतिक पक्ष अर्को सचेतन पक्ष, वैचारिक पक्ष, सामाजिक पक्ष, बनाएका थिति मुल्य मान्यता विकास गरेका सभ्यताका पक्ष ।

विवेकी मानिस
अब प्राकृतिक पक्ष भनेको पशुपंक्षीहरुले जस्तो व्यवहार गर्छ– त्यो प्राकृतिक पक्ष हो । राम्रो घाँस देखेपछि आफ्नो हो कि होइन, खान मिल्छ कि मिल्दैन त्यसलाई मतलब छैन, खान्छ । राम्रो घाँस देखेपछि गोरुले खान्छ, भैसीले खान्छ, जनाजरले खान्छ ।

तर मिठो खाने कुरा देख्दैमा मान्छेले खाईहाल्दैन । किनभने पसलमा त देख्छ नि उसले, भोक लागिराख्या हुन्छ, मिठो खानेकुरा देख्छ र पनि खाँदैन । किनभने उसको मस्तिष्कले काम गर्छ । उसले विचार गर्छ यो खाने कुरा मेरो हो कि होइन ? मेरो लागि बनेको हो कि होइन ? मसँग त्यो खाने कुराको हक लाग्नेगरीको कुनै अवस्था छ कि छैन ? त्यो बेच्न राखेको हो भने किन्ने पैसा मसँग छ कि छैन ? मलाई उधारो त्यस व्यापारीले पत्याउँछ कि पत्याउँदैन ? सबै हिसाब गर्छ । नत्र भोक लाग्यो भन्दैमा खाँदैन ।

तपाई मेरो घरमा आउनु भयो, मेरो घरमा स्वादिस्ट खाना बनेको छ, तपाईलाई भोक पनि लागेको छ । म तपाईलाई खाना खाउँ भन्छु तपाई भन्नु हुन्छ होइन म घरमै गएर खान्छु । तपाईलाई भोक लागि राखेको छ, खाना तयार छ तर तपाई भन्नुहुन्छ म घरै जान्छु खानलाई, आज यहाँ खान्न । त्यहाँ उसले किन त्यसो भन्यो भनी तपाईं विचार गर्नुस् त उसले सोचेको हुन्छ– यहाँ मैले पहिल्यै खान्छु भनेको थिईन, मेरा लागि यहाँ खाना बनेको छैन, मेरा लागि मेरै घरमा खाना बनेको छ । घरमा खाना बढ्ता भएर उभ्रिन्छ, यहाँ खाना पुग्दैन फेरि पकाउनु पर्छ । त्यस कारण मैले यहाँ खाना खानु हुँदैन । प्राकृतिक पक्ष भनेको त भोक लागेपछि खानु हो । तर तपाई त्यो प्राकृतिक पक्ष “खाउँ खाउँ” लागेको त थियो भन्ने हुन्छ । तर त्यो मनको पक्ष भन्छौँ नि हामी अर्थात मस्तिष्कको पक्ष, सामाजिक अनुशासनको पक्ष त्यसले खाउँ भन्न दिदैन ।

हृदयबाट होइन, मस्तिस्कबाट बोलिन्छ
कसैले भन्छ नि, म मस्तिष्कले होइन मनले काम गर्छु । म हृदयबाट भन्छु, हृदयबाट बोलिँदैन, हृदय चाहिँ मस्तिष्क जस्तो होइन । चेतना हृदयमा होइन मस्तिष्कमा हुन्छ । त्यसको परिपक्क पाटो चाहिँ मस्तिष्कले दिन्छ । त्यो मस्तिष्कलाई हामीले हरदम शान्त, समाजिक, थिति प्रवन्ध, मानवीय सभ्यताको उचाईमा उठेको सभ्य स्थितिमा राख्न सक्नुपर्छ । लोभ, पाप, काम, क्रोधबाट मुक्त भन्न्ने गरिन्छ नि, त्यो भनेको त्यही हो । त्यसबाट मुक्त । खासगरी इष्र्या जस्ता कुराहरुबाट, अतृप्ती जस्ता कुराहरुबाट, अहंकार जस्ता कुराहरुबाट आज दुनियाँ नराम्ररी ग्रस्त छ । युद्ध किन भइराखेको छ ? कसैले आफ्नो अहंकार वा स्वार्थका निम्ति । अरुका हक अधिकारहरु, अरुका स्वभाविक नैशर्गिक अधिकारहरु, बाँच्न पाउने हकहरु, तिनीहरुको कदर गर्ने हो भने अरुको अधिकारको कदर पूर्ण रुपमा गर्ने हो भने समस्या कहीँ पनि आउँदैन । मान्छेले उचित, अनुचित छुट्याएर उचित मात्र कदम चाल्दिने हो भने समस्या आउँदैन । तर, मान्छे उचित होइन, अहंकार पूर्तिका निम्ति कदम चाल्छ, स्वार्थ पूर्तिका निम्ति कदम चाल्छ । त्यसो भएर समस्याहरु आउँछन् । त्यसलाई नियन्त्रण कसरी गर्ने त ? असहिष्णुताबाट कसरी जोगिने त ? त्यसलाई ध्यानले नियन्त्रण गर्छ । यसर्थ ध्यानको महत्व छ ।

नेपालमा योग दिवस २०३६ सालबाट
हाम्रो देशले व्यक्तिगत तवरमा उहिलेदेखि मनाउँदै आएको भएतापनि संस्थागत रुपमा २०३६ साल तिरबाट योग दिवस मनाउन शुरु ग¥यौँ । त्यसपछि ०७२ सालबाट हामीले राष्ट्रिय योग दिवस विधिवत रुपमा मनाउने ग¥यौँ । यो राम्रो कुरा हो । आज हामी अन्तर्राष्ट्रिय योग दिवस मनाईरहेका छौँ । तर यसको अर्थ राष्ट्रिय योग दिवस हुनु हँुदैन भन्ने होइन । योगको उत्पत्ति भएको ठाउँमा राष्ट्रिय योग दिवस हुन्छ नै ।

ध्यान दिवस होइन बुद्ध जयन्ती
साथीहरुले ध्यान दिवसलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्ने कुरा उठाउनु भएको छ । त्यसको अर्थ र महत्वलाई म बुझ्छु । एउटा मात्रै कुरामा अलिकति ख्याल गर्नु पर्छ । बुद्ध जन्मिएको वा बुद्धले ज्ञान प्राप्ति गरेको भनेको अथवा महापरिनिर्वाण प्राप्त गरेको दिनलाई ध्यान दिवस हामीले भन्यौँ भने दुनियाँमा ध्यान दिवस सकिन्छ । बुद्धको जन्म, ज्ञान र मृत्यु त्रियोग दिवस हो, त्यो दिवस जसलाई संयुक्त राष्ट्रसंघले सन् १९९९ मा पारित गरेर सन् २००० देखि नेपाली पात्रो अनुसार वैशाख २ गतेलाई मनाउने गरेको छ ।

अस्ती भर्खर युयान अथवा बुद्ध जयन्ती हामीले भियतनाममा मनायौँ । अर्को वर्ष भरसक हामी नेपालमा मनाउँन खोज्दै छौँ । त्यसका लागि लुम्बिनीमा छिटो काम सम्पन्न गर्नुप¥यो । बुद्ध जसको ध्यान, ध्यानबाट प्राप्त हुने शान्ति संयम । यस पाटामा बुद्धको असाधारण योगदान छ । त्यो कुरा ओझेलमा पर्ने खतरा हुन्छन् । बुद्ध जयन्तीलाई ध्यान दिवस भन्यो भने सबैको ध्यान दिवसमा मात्रै जान्छ ।

अर्को, म के कुरा सचेत गराउन चाहन्छु भने दुनियाँमा विभिन्न धर्महरुका बारेमा पनि रस्साकस्सी चलिराखेको छ । अन्तर्राष्ट्रिय ध्यान दिवस भनेर बुद्ध जयन्तीलाई ओझेलमा पार्ने त्यो पनि कोसिस हुनसक्छ । त्यस कारण ध्यान दिवसलाई छुट्टै दिन पारेर ध्यान दिवस मनाउन जरुरी हुन्छ । बुद्ध मानव जातिका यस्ता सपुत हुन, सन्तान हुन, यस्ता महानायक हुन, यस्ता महामानव हुन जसलाई विश्वले भगवान मानेको छ । जसका विचारहरु, जसका सन्देशहरु यति वर्ष पछि पनि अझ ताजा भएर, अझ धेरै मानिसलाई प्रभावित गरेर आईरहेका छन् । त्यस्तो बुद्ध जुन नेपालमा जन्मिएका हुन, ती बुद्धलाई ओझलमा पर्न दिनु हुँदैन । बुद्धलाई ओझेलमा नपारीकन अरु कामहरु गर्नुपर्छ ।

योगका सबै पक्षहरु नेपालले जति अरुले बुझ्दैनन् । धर्तीको यस भेगले जति अरुले बुझ्दैन । यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिदैन । यहाँको पानीले जति योग बुझ्न अन्यत्रको पानीले साथ दिदैन । यहाँको वातावरणले जति योग अन्यतिरको वातावरणले बुझ्दैन । वातानुकुलित ठाउँ (एसी) मा बस्नु र प्राकृतिक शितल हावामा बस्नु ज्यादै फरक कुरा हो । एसीमा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जुन प्राकृतिक शितल हावामा बसेर हुन्छ । छाना मुनी पनि शितल हुन्छ, बोधी वृक्ष मुनी पनि शितल हुन्छ । किन बुद्ध छाना मुनी नबसेर बोधी वृत्त मुनी बसे ? फरक छ ।

यसका निम्ति हामीले केही कामहरु गर्न बाँकी छ । सबभन्दा पहिलो त एउटा राष्ट्रिय ध्यान केन्द्र बनाउने । हामीले कि विश्व ध्यान केन्द्र बनाउने ? किन ध्यान, विश्व ध्यान केन्द्र बनाउने भन्ने हुनसक्छ । किनभने ध्यानका सर्जक नै हाम्रा पुर्खा हुन । त्यस कारण नेपालमा विश्व ध्यान केन्द्र स्थापना गर्न सकिन्छ ।

आजकल योग, योगा हुन लागिसक्यो । लगभग योगभन्दा योगा परिचित हुन लागिसक्यो । जे सुकै होस् आकार लाउनु र नलाउनुले केही छैन, कुरा एउटै हो ।

योगका सबै पक्ष नेपालले जति अरुले बुझ्दैनन्
योगका सबै पक्षहरु नेपालले जति अरुले बुझ्दैनन् । धर्तीको यस भेगले जति अरुले बुझ्दैन । यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिदैन । यहाँको पानीले जति योग बुझ्न अन्यत्रको पानीले साथ दिदैन । यहाँको वातावरणले जति योग अन्यतिरको वातावरणले बुझ्दैन । वातानुकुलित ठाउँ (एसी) मा बस्नु र प्राकृतिक शितल हावामा बस्नु ज्यादै फरक कुरा हो । एसीमा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जुन प्राकृतिक शितल हावामा बसेर हुन्छ । छाना मुनी पनि शितल हुन्छ, बोधी वृक्ष मुनी पनि शितल हुन्छ । किन बुद्ध छाना मुनी नबसेर बोधी वृत्त मुनी बसे ? फरक छ ।

त्यस कारण यो ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, देवभूमि । यस भूमिलाई त्यसैगरी हामीले अगाडि बढाउनु पर्छ । आग्रह उत्तेजनातर्फ होइन, समृद्धि र सभ्याता तर्फ । आज अलिकति देशलाई आग्रह, उत्तेजना, आवेश र कसैका स्वार्थका लागि त्यत्तापट्टि लैजान खोजिइएको छ । तर देशलाई अब समृद्धितिर, सभ्यतातिर, सुशसंगत परिपाटीतिर लैजानु पर्छ । क्रोधतिर होइन, उत्तेजनातिर होइन, आवेशतिर होइन सुशान्त, प्रशन्न चिन्तन, शान्त चित्त जसले हरेक व्यक्तिलाई मानसिक रुपमा स्वास्थ बनाउँछ त्यसतर्फ लैजानु पर्छ । क्रोधमा परेपछि त माया गरेकी श्रीमतीलाई पनि पड्याङ्ग हिर्काइदिन्छ । त्यो पागलपन भएन र ? रिस उठेका बेला आमाले आफ्नो अत्यन्तै प्यारो छोराछोरीलाई चड्याम्म चड्काउँछिन । त्यसो गरेको भनेको मन थिर नभएर हो । रिसै उठेको भए पनि त्यो बच्चा शत्रु हो र ? त्यसलाई ठ्याम्म हिर्काईदिन्छ । किनभने क्रोध भनेकै त्यही हो । आफ्नैं सन्तानलाई सबभन्दा बढी माया गरेको सन्तानलाई पनि हिर्काइदिन्छ । त्यस कारण क्रोधबाट बच्न योगमा जाऊँ । हाम्रो छिमेकीको एउटा असाध्धै सुधो कुकुर्नी थिइनन् । कसैलाई कहिले नटोक्ने, एक दिन पछाडिबाट आएर मेरो खुट्टा टोक्दिई । किन टोकिछ भनेर हेर्दा त उसले बच्चा पाएको रहेछ । उसलाई डर लाग्यो यसले मेरो बच्चा केही गर्दिने हो कि ? सन्तानप्रतिको माया त्यस्तो हुन्छ । मलाई पनि उसले नचिनेको, नजानेको होइनथ्यो । मप्रति पनि उसलाई विश्वास थियो तर सन्तानको मायाले छेउमा आउँदा बच्चा लगिदिन्छ कि भन्ने उसलाई पीर प¥यो । मलाई पनि मायैँ गर्थी त्यसले, तर उसको सन्तानको अगाडि म अलिकति पराई भएँ खुट्टोमा क्याप्प टोक्दियो । तर कहिले कहिले आमाहरुले त्यति माया गरेको बच्चालाई पनि चड्कन लगाईदिन्छन् । क्रोध त्यस्तो चिज हो ।

कर्मयोगीको देश
अस्वस्थ शरीर, अस्वस्थ मन–वचन, अस्वस्थ मानसिकताबाट बँच्न, आफूलाई अस्वस्थ चिन्तन प्रवृत्ति जस्ता अनेक कुराहरुबाट ग्रसित हुन नदिन योगमा जाऊँ । सबैमा म यही आह्वान गर्न चाहन्छु । योग दिवस आज देशभरी सञ्चालन भइराखेको छ । अनेत्र पनि त्यस्तै योगहरु भइरहेका छन् देशभरी अनि देशव्यापी रुपमा । यो योगीहरुको, कर्म योगीहरुको देश हो । नेपाललाई कर्मयोगीहरुको देश बनाइ राख्नु पर्दछ । योगका विभिन्न पाटाहरु छन् । ती पाटाहरु मध्ये हामी आम जनताको पाटो भनेको कर्मयोग हो । योग पनि गर, कर्म पनि गर । यस अर्थमा योग दिवसको अवसरमा म शिक्षा मन्त्रीज्यू र उहाँको मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । अरु सबै साथीहरु जो यसमा लाग्नु भएको छ, सबैलाई धन्यवाद । यो कार्यक्रम आयोजना गर्न क्रियाशील संघ संस्था र महानुभावहरु सबैलाई धेरै धन्यवाद ।
आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गराउन पहल गर्ने मेरा मित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि धन्यवाद ।
म आजको योग दिवसका दिन हामी सबैलाई मनका योगी बन्न आग्रह गर्दछु । म तपाईहरु कस्ता कस्ता बस्त्र धारण गर्नुस् भन्दिन । मनका योगी हुनुस्, बस्त्र आफ्नो खुसीको कुरा हो । मनको योगी बन्नुस् भन्ने हार्दिक आग्रह सहित आफ्नो भनाई टुङ्गयाउँछु, सबैको भलो होस्, धन्यवाद ।

Facebook Comments