परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सपना डायरी

फरक नजर

हामी आफ्नोे जीवनको एक तिहाई भाग सुतेर बिताउँछौँ । त्यसैले जीवनको यो अनुभवका बारेमा सबैलाई उत्सुकता हुने नै भयो । सुत्नुको महत्वपूर्ण भाग सपना देख्नु हो । त्यसैले आफूले देखेको सपना सम्झनाले तपाईलाई आफ्नो अर्धचेतन मानसिक अवस्था बुझ्न सघाउँछ । साथै, सपना स्मरण तपाई हामीलाई कठिन निर्णयहरू गर्ने, तनावमुक्त हुने, रमाइलो अनुभव गर्ने वा प्रेरणा लिने स्रोत पनि बन्न सक्छ ।

मस्त निन्द्रा, राम्रो सपना
सपना राम्रो सम्झनका लागि निन्द्राा राम्रो पनै आवश्यक छ । सुतेको पहिलो ४ देखि ६ घण्टाबीच देखिने धेरैजसो सपनाहरू धमिलो स्मरणयोग्य हुन्छन् । तर गहिरो निन्द्रामा देखिने सपना रोचक, प्रष्ट र सम्झन लायक हुन्छन् ।

तपाई आफ्नो सपनाको गुणस्तर बढाउन पनि सक्नुहुन्छ । त्यसका लागि कम्तीमा ८ घण्टा आरामपूर्ण र अँध्यारो शान्त वातावरण बनाउनु पर्छ ।

सपना डायरी
निन्द्राको अन्तिम क्षण मस्त निन्द्राको छोटो अवस्थाको समयमा देखिने सपना मानिस विर्सन सक्छन् । यस्तो बेला व्यूझिएपछि भर्खर देखेको सपनामा ध्यान केन्द्रित गरेर कागजमा विस्तृत उतार्न सके पछि सम्झन सघाउँछ । यदि लेख्न नसक्ने अवस्थामा हुनुहुन्छ भने सपना वर्णन गर्दै रेकर्ड गर्दा पनि हुन्छ । विहान उठेर त्यसलाई विस्तृत वर्णन गरे पनि हुन्छ । यसरी सपना डायरी व्यवस्थित गर्न सके आफ्नै बारे अर्को दुनिया तयार पार्न सकिन्छ । तर, यसका लागि सुत्ने बेला नै सिरानी नजिक कापी र कलम राख्न चाहिँ नभुल्नु होला । नत्र भने, लेख्न बस्ने बेलासम्म सपनाका कुरा भुलिसकिएको हुनसक्छ ।

सम्झनाका लागि सम्झना
केही मानिसका लागि आफ्नो सपना सम्झाउन कसैले या आफैँले आफूलाई सम्झाउनुपर्ने पनि हुनसक्छ । त्यसका लागि हामी एउटा सादा कागजमा ‘म आफ्नो सपना सम्झन सक्छु’ लेखेर भितामा टाँस्न सक्छाँै । यसो गर्दा सधैँ सपना विर्सनेका लागि सम्झन सघाएका प्रमाण छन् ।

तपाई–हामीमध्ये कतिपय व्यक्ति सपना सम्झिन मन पराउँदैनौँ । अझ नराम्रा र डरलाग्दा सपना त सम्झन त के, देख्न पनि नपाए हुन्थ्यो भन्ने चाहन्छौँ । आ…, सपनाका कुरा सम्झने कसलाई फुर्सद् भन्ने पनि तपाई–हामीलाई लाग्न सक्छ । यदि तपाईलाई सपना सम्झन मन लाग्दैन भने वा त्यसलाई बिर्सन चाहनुहुन्छ भने त माथि भनिएका झण्झटपूर्ण उपाय गर्नै पर्दैन । हाम्रो आफ्नो जीवन शैली छनौट गर्न हामी सबै स्वतन्त्र छौँ ।

सहयोगी वस्तु
कसै कसैलाई सपना सम्झन त्यससित सम्वन्धित सम्पर्क वस्तु चाहिन्छ । एकोहोरो कोठाभित्र बिछ्यौनाबाट आफूमाथिको सिलिङमा हेरेर टोलाउनुभन्दा नजरलाई चारैतिर डुलाउँदा कोठामा भएका विभिन्न सामग्रीले तपाईलाई आफ्नो कुनै सपनाको नजिक पुर्याउन सक्छन् र सपना स्मरण गर्न सजिलो पार्छ । आफूले देखेको सपना सम्झने यो पनि एउटा तरिका हो ।

झ्यालबाहिर हेर्नुस्
निन्द्राबाट ब्यूँझिएपछि सुतेको कोठाको झ्यालबाहिर हेरेर दृश्य अवलोकन गर्दा पनि सपना सम्झन सजिलो हुन्छ । त्यहाँबाट देखिने दृश्यहरूमध्ये कुनै न कुनै दृश्यले तपाईलाई सपना स्मरणमा सहयोगीको काम गर्न सक्छ । त्यसरी झ्यालबाहिर देखिने बाहिरी वातावरण, वोटविरुवा, चराचुरुङ्गी, हावापानी सबै हाम्रो सपनाको सम्पर्क सूत्र बन्न सक्छन् । यिनले हामीलाई सपना डायरी लेख्न मद्दत पुरयाउँछन् ।

सपना र निन्द्रा
माथि पनि भनियो, मस्त निन्द्राले सुन्दर सपना देखाउँछ । मस्त निन्द्राको सम्वन्ध हाम्रो खानपानसित छ । ब्यूँझेपछि हामीले गर्ने फरक र अनौठा गतिविधिहरूले पनि हाम्रो सपनालाई असर पार्छ । जीवनको भोगाइ, जीवन अवस्था, डर, चिन्ता, माया सबै सपनाका पात्रहरू हुन् ।

यी सबका बावजुद, भोजन र निन्द्रा, सपनाका मुख्य स्रोत हुन् । मेलाटोनी तत्त्व पाइने खानेकुरा खाएमा यसले हामीलाई राम्रो निन्द्रा पर्न सघाउँछ । जस्तो कि, चेरी, ओखर, बदाम, केरा लगायतका फलफूल यसमा पछनर्् । केरामा पाइने भिटामिन ‘बी सिक्स’ निन्द्रा पर्न सहयोगी हुने भएकोले हाम्रो सपनालाई निकै असर गर्छ । सन् २००५ मा गरिएको एक अनुसन्धानले यो भिटामिनयुक्त खानेकुरा खाँदा सपनालाई बिविध वनाउन र पुनर्ताजगी गराउन मद्दत मिलेको पाइयो । तर, यो भिटामिनको अत्यधिक प्रयोगले मानिसमा डरलाग्दो विर्सने रोग ‘इन्सोमेनिया’ सम्म लाग्ने भेटिएको छ ।

‘सालिया जासेतेचिची’ एउटा मेक्सिकोमा फल्ने विरुवा हो । यसलाई सपना देखाउने ओेखती भनिन्छ । मेक्सिकोका चोन्थल आदिवासीहरू यसका पात, जरा, र फूलको चिया बनाएर सपना ओखतीका रूपमा प्रयोग गर्छन् । त्यसैगरी रक्सी र अन्य लागु पदार्थले पनि निन्द्राासितै सपनालाई पनि असर पार्छ, तर त्यो बेला देखिने सपना सम्झन निकै गाह्रो हुन्छ । तपाई हरेक दिन देख्ने सपनालाई सम्झन चाहनुहुन्छ भने, रक्सी, लागुपदार्थका साथै कफी र चिया सुत्ने बेलामा नखानु वेस होला ।

तर अन्त्यमा, तपाई–हामीमध्ये कतिपय व्यक्ति सपना सम्झिन मन पराउँदैनौँ । अझ नराम्रा र डरलाग्दा सपना त सम्झन त के, देख्न पनि नपाए हुन्थ्यो भन्ने चाहन्छौँ । आ…, सपनाका कुरा सम्झने कसलाई फुर्सद् भन्ने पनि तपाई–हामीलाई लाग्न सक्छ । यदि तपाईलाई सपना सम्झन मन लाग्दैन भने वा त्यसलाई बिर्सन चाहनुहुन्छ भने त माथि भनिएका झण्झटपूर्ण उपाय गर्नै पर्दैन । हाम्रो आफ्नो जीवन शैली छनौट गर्न हामी सबै स्वतन्त्र छौँ ।

प्रस्तुतिः प्रतीक भण्डारी

Facebook Comments