गजल
बिर्सेर चोट सारा , माया लगाइदिन्छु
खर्चेर भाव सारा ,आशा जगाइदिन्छु
एक्लै बसेर मैले, कल्पेर बाँच्नु पर्दा
माया अनन्त साँची, बाधा भगाइदिन्छु
आमा र बाबु हेर्दै ,कर्तव्य आफ्नु सम्झी
मेला र पर्म हिँड्दै कामै सघाइदिन्छु
प्यारा गएर टाढा ,रोएर बस्छु आज
नानी र बाबु सम्झी ,भोटो मगाइदिन्छु
दुःखै सहेर बस्दा मिल्ला नि धेर सुख
बानी परेछ मेरो , एक्लै अघाइदिन्छु