परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पत्रकार

कविता (भुजङ्गप्रयात छन्द)

यहाँ लेखिएको भयो जो प्रमाण

त्यही बन्छ ठूलो भरोसा र आड

कहाँ लुक्न सक्थ्यो लुकाएर भार

चनाखो छ धेरै यहाँ पत्रकार ।

 

जरा फेद खोजी समाचार लेख्छ

लुकाएर राख्दा झनै प्रष्ट देख्छ

बुझी सत्य सारा नियालेर सार

चनाखो छ धेरै यहाँ पत्रकार ।

 

कहाँ लेक बेसी, कहाँ हो तराई

घुमेकै छ धर्ती अधिकार पाई

अन्य आकर्षणहरू

गजल

स्वदेशमा रमाउँछु

नवराजका पाँच मुक्तक

म चौथो हुँ अङ्गै भनी बारबार

समाचार खोज्दै घुम्यो पत्रकार ।

 

 

सधैं सूचनाले जगायो धरा यो

र गल्ती भएमा सतर्कै गरायो

जसै चुक्छ कोही भुली वारपार

समाचार छाप्दो भयो पत्रकार ।

 

र साँचो र झूठो दुबै देख्नुपर्छ

नराम्रो र राम्रो सबै लेख्नुपर्छ

सबै तथ्य बुझ्दै खिचे आज सार

समाचार छाप्दो भयो पत्रकार ।

Facebook Comments