परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वदेशमा रमाउँछु

घुमेर लेक कन्दरा विकासले सजाउँछु
हिमाल-माझ गाउँमा अनन्त प्यार पाउँछु
बुझेर स्नेह सम्झना म प्रेम-गीत गाउँछु
खुलेर हाँस्छ सम्पदा स्वदेशमा तमाउँछु

जहाँ म खेल्छु गर्वले त्यहाँ छ शान्त भूतल
अपार श्रोत छन् यहाँ नदी सफेद निर्मल
बुझेर मर्म देशको म दर्द थेग्न सक्दछु
जहाँ छ हात पौरखी कथा म लेख्न सक्दछु

मिलेर आज उठ्नु है बनेर आत्मनिर्भर
हटेर जान्छ शान त्यो पराइको परे भर
युवा जुटेर लाग हे नजाउ आज दूर भै
विदेशमा गुलाम भै गुमेछ आज नूर नै

अन्य आकर्षणहरू

गजल

पत्रकार

नवराजका पाँच मुक्तक

गरे हुनेछ स्वर्ग यो विदेश-भूमि नर्क हो
समस्त गाउँ रित्तिए गयो विकास तर्क हो
रमेर खेत सिञ्चिए फली गयो मुरी मुरी
विदेशमा व्यथा झनै गएछ खेर पाखुरी

स्वदेश चिन्नु कर्मले सबै यहाँ अटाउँछन्
बढेर राष्ट्र-प्रेमले व्यथा शनै घटाउँछन्
जहान पाल्नु हर्षले बनेर आज उद्यमी
यही छ स्वर्ण-मृत्तिका विकल्पको छ के कमी ।  

Facebook Comments