परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मदन भण्डारी मेमोरियल कलेजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

मंगलबार आयोजित शिविरमा १३८ जना दाँतका, १७९ जना आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा मदन भण्डारी मेमोरियल कलेज, समाजशास्त्र विभागका प्रमुख सुजित मैनालीले जानकारी दिनुभयो । यसैगरी सो स्वास्थ्य शिविरमा करिव चालिस जना दाताले दक्तदान गरेका थिए ।

मैनालीका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी तथा कलेजका विद्याथीहरुले शिविरबाट लाभ लिएका छन्’ उहाँले भन्नुभयो ।

कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ उठाएको मैनालीले बताउनु भयो । समुदायप्रतिको उत्तरकदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको जानकारी कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले बताउनु भयो ।

असार १४ गते बिहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२ औं वार्षिकोत्सवको मुख्य कार्यक्रम सम्पन्न गर्न गइरहेको कुरा पनि कलेजले जानकारी दिएको छ ।

Facebook Comments