परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जेलमा खाँदेपछि यिनार्को होस खुल्छ

हाम्रो कमरेस प्रचन्न प्रधानमन्त्री भएसी छोटो समयमै ऐतिहासिक काम सम्पन्न हुँदै छ । भिरघरे भन्दै थ्यो `यदि प्रचन्नले एक वर्ष प्रधानमन्त्री हुने मौका पाम्ने हो भने ५५ पटकसम्म मन्त्रीपरिषद विस्तार गर्ने रान´ भनेर !

अहिलेसम्म ८/९ पटक त विस्तार गरेका छन् । यो कुन ठूलो कुरा हो र ! त्यो त हाम्रो उत्पात चतुर काम्रेसको बाध्यता हो नि ! दुख पनि हाम्रै अध्यक्ष काम्रेस प्रचन्नलाई अाइलाग्छ । हुन त सर्वहारा वर्गका एक मात्र महान नेतालाई समस्या अाइलाग्नु अस्वभाविक होइन । यही दुखको महान कारणले गर्दा कहिले अोलीसँग ल्याप्प, कहिले देउवासँग ट्याप्प हुनु परेको छ । हाम्रा योद्धा काम्रेसहर्ले विश्वका एकमात्र महान सर्वअाहारा नेताको उन्नति र वर्ग उत्थानको अग्रगामी छलाङ देखेर चित्त बुझाउनु पर्छ । भिरघरेले बुझेकै छैन ! हाम्रो अध्यक्ष प्रचन्न काम्रेस प्रधानमन्त्री नबन्ने हो भने यो नेपाल भन्ने राष्ट्र एक दिन पनि रहन्न । हाम्रो प्रचन्नको गाथगाधी ताक्नेहर्ले यो कुरा बुझेका छैनन् । अब हामीले नेपाली प्रजालाई बुझाउनु पर्छ । छिमेकी मित्र राष्ट्र भारतले पो बिलखबन्दमा पार्यो । अहिलेसम्म भारत भ्रमणको निम्तो पठाम्दैन । हाम्रो प्रचन्न काम्रेसले भारतको लागि कमफर्टेवल सरखार बनाम्दा पनि नपत्याउनु चाहिँ अनौठो भैराछ । यता फेरि रवि भन्ने नयाँ लाहुरे हाम्रो अध्यक्ष काम्रेसले भन्दा बढी गफ दिन थालेछन् ।

हेर ठाइँला ! यसखाले टपर्टुयाँ गफ नदे । हेर्दाहेर्दै अार्थिक रुपले राष्ट्र टाट पल्टाउने प्रमुख व्यक्ति माउवादीका नेताहरू हुन । अहिले पनि नेपालको मात्र होइन दक्षिण एसियाकै धनी, अार्थिक रुपले सम्पन्न नेता प्रचन्न नै हुन । दोस्रोमा हाम्रो देउवा दाइ होलान । धनार्जन, शक्ति,दुवै पुन, महरा र छोरा खाल त तेस्रोदेखि दशौंसम्म पर्छन् । देउवा र अोली मिलेर माउवादीको अस्तित्व समाप्त पार्नु पर्थ्यो तर, उनार्ले नै खराब व्यक्तिलाई पालैपालो बोकेर सिंहसानमा विराजमान गराए । रविले जति ललकार्न पनि सकेनन् । रविले भ्रष्टाचारको पुराना फायल पनि खोल्ने विचार राख्दा प्रचन्न काम्रेस सर्लक्क पछाडि हटे । तर, ८/१० वर्ष लाग्ला माउवादीका प्राय सबै नेता ज्यानमारा, डाका, भ्रष्टाचार , चोरी, लुटपाट र किर्तेमा जाकिने छन् । कि कसो झुम्री काकी । ठिक भनिस् केटा ! माउवादीहरू बोक्रेधाक लगार हिडेका छन् । इण्डियाले यिनार्लाई नेपाल सक्नका लागि बनाएर पठाएको हो । पछि अाएर अम्रिकालाई समेत रिझाउन एमसिसिसमेत पास गरे । यिनार्ले जब जब सत्ता समाले तब तब नेपालको अर्थतन्त्र खस्किएको छ । विकासको कुनै काम यिनार्को पालामा भएको छैन । भत्काउने, मार्ने, काट्ने, लुट्ने, बिगार्ने र सक्ने काम माउवादीले प्रसस्त गरेको छ । हेर ठाँइला ! तेरो पार्टीका जति पनि मन्त्री भए एका दुई छाडेर अरु सप्पैले अरब भन्दा बढी सम्पत्ति जोडे । धनार्जन हेर कि नारन काजी, शक्ति हेर कि पुन । भस्मे पनि उस्तै डढे पनि उस्तै । अनि यस्ताले जनपक्षीय काम गर्छन् भनेर पत्याउनु पर्ने ! धेरै समय लाग्दैन, जनताले यिनार्लाई पाता फर्काउने छन् । र, यिनार्ले लुटेको सम्पति राष्ट्रियकरण गर्नेछन् । नाप्पियो ! तिमी पनि बढी कुरा गर्छेउ काकी ! हाम्रो नेताहर्लाई छोएर हेरोस् त । तिनार्को ठाउँको ठाउँ चिर्पटले हानेर धर्नासो नखुस्काए त ! अहिले धेरै मान्छे कानुनी राज्य, सुशासन, समृद्ध नेपाल र सुखी नेपाली भन्दै हिडेका छन् । त्यो त काम गर्न नजान्नेले दोबाटोमा बसेर गर्ने गफ हो । खै मलाई कानुन पनि चाहिएको छैन सुशासनको पनि मतलब छै । अाफै टिपर किनेको छु, ढुङ्गा, गिटी, बालुवा यही खोलाबाट निकालेर बेच्न पाएकै छु । केही रकम हाम्रो हाब्रे काम्रेडलाई लु है चाय खर्च भनेर दिदा भएकै छ । डबल लोड हालेर टिपर कुदाकै छु । मेरो टिपर देखेपछि हाकिमहरू टिपरलाई नै नमस्कार गर्छन् । २०/३० जनालाई काम दिएकै छु ।

होइन अनि ठाँइला अहिलेसम्म राज्यलाई कर तिरेको छैनस् ?

छैन । राज्यले अहिलेसम्म मलाई केही दिएको पनि छैन र राज्यबाट मैले केही लिएको पनि छैन अनि किन तिर्ने मैले कर ! सुन्यौं झुम्री काकी यसको कुरो ! अनि राष्ट्र टाट नपल्टिए माउवादी टाट पल्टिन्छ त ! तर, माउवादीलगायत नेताहर्को घरमा, श्रीमानहर्को घरको बुइगलमा र अतिरिक्त अाम्दानीमा निरलिप्त कर्मचारी सरहर्को घरमा बोरामा खाँदेर राखेको हजार र पाँच सयको नोट निकाल्नै पर्छ । अब उहाँहर्लाई सम्पति छानवीनको दायरामा ल्याउनै पर्छ । त्यो काम नेताहर्ले गर्दैनन् । जनताले गर्नुपर्छ ।

जहिले पनि प्रदेशका मुख्य मन्त्री र मन्त्री फेर्ने, जहिले पनि केन्द्रको मन्त्रीपरिषद बिस्तार गर्ने । राष्ट्रका समस्या जिउँकातिउँ राख्ने । अर्थतन्त्र समाप्त पार्ने , बजेट बनाम्दा बाहिरिया ब्यापारीको मान्छेलाई बनाम्न दिने । सिसि टिभी फुटेज गाएब पार्ने । जनस्वास्थ्यमा गम्भीर असर गर्ने तरकारीमा विषादी चेक जाँच गर्न नदिने । विकासको काम गर्दै नगर्ने राष्ट्रघातीहर्लाई सरकारको तालाचावी दिनु हुदैन।

कुरो मनासिब हो । सुन्दै छु गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री प्रचन्नले भ्रष्टाचारीलाई कारवाही गर्ने बुंदा राख्न नमाने पछि रविहरू सरखारमा नजाने भएका रे । डरले थर्थर कामेका छन् । वर्तमान प्रधानमन्त्री प्रचन्न, पूर्व प्रमहरू देउवा, माधव, झलनाथ र बाबुराम अहिले सरखार चलाइ रहेका छन् । पूर्वहरू एक शब्द बोल्दैनन् । हाम्रो माधव काम्रेस सरखार ढल्छ कि भनेर अात्तिएका छन् । सरखार ढल्यो भने ललिता निबास फुत्त निस्किएर डस्छ भन्ने डर छ ।

हेर भिरघरे ! यदि यो सरखार ढलेर माउवादी, कांग्रेस र नेकपा एस बाहेकको सरखार बन्यो भने पहिलो र अन्तिम झापड माउवादीका नेताले भेट्छन् । उनार्को घरमा थुपारेर राखेको अरबौको नगद सरकारीकरण गरेर बैंकमा राख्नासाथ यिनारू अाधा मर्छन । माउवादीका नेता फाइव स्टारमा बाहेक अन्त खाना नखाने भै सकेका छन् । जेलमा खाँदेपछि यिनार्को होस् खुल्छ । हो नि काकी ! अहिले यिनारू `यो व्यवस्था हामीले ल्याइदिएकोले तिमारू बोल्न पाका छौ´ भन्दैछन् । म त भन्छु – यो घाँडो, खर्चालु, राष्ट्रले थाम्न नसक्ने संघीयता किन ल्याको ? जातीय राज्य हुनुपर्छ भनेर जनतालाई बिभाजित किन गरेको ? १७ हजारको ज्यान लिदै राष्ट्रको खरबौको सम्पति नष्ट गरेको यिनै घाँडाहरू भिराउनलाई हो ? होइन भने जनस्तरबाट अहिले व्यापक रुपमा संघीयताको विरोध किन हुँदै छ ? केही समयपछि नै जनताले यसको जवाफ खोज्नेछन् । त्यसपछि तिमारू काँ जान्छौं हामी हेर्ने छौं ।

Facebook Comments