परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माउवादी र नेकपा एसलाई काङग्रेसले चिलिम फर्काउछ कि क्या हो!

फुटानी

विचित्रै बयान दिए प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराले । कुनै जमानामा परमादेशबाट यो सरखार उनैले गठन गरेका थिए । हाम्रो प्रचन्न काम्रेस र माधौ काम्रेसको भनाइमा लागेर उल्किदै फैसला लेखेका थिए । फैसलामा राष्ट्रपतिलाई अादेश दिने पाँचजना मध्य यिनै मुख्य थिए । संसारको कुनै मुलुकमा परमादेश जस्तो फैसलामा यस्तो लेखिएको थिएन होला । `भोलि ५ बजे भित्रमा नेपाली काङग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवालाई सफथग्रहण गराउनु´ भनीकन लेखाउनेमा यिनै अगुवा थिए । त्यसबेला देउवा, प्रचन्न र माधौहर्ले यिनका पाउ परेर   `ओलीले ठाडै खाने भए हामीकन बचाइ दि स्योस´ भनी बिन्ती गर्दा `तथास्तु´ भनेर वर्दान दिए । जब परमादेशबाट उनारू बलवान् बने तब कृतघ्न बन्दै वर्दान दिने यिनैलाई झम्टिएर निचोरे । त्यसताका धेरैजना बिच थुप्रै कुरामा मिलेमतो भए पनि त्यसको केही दिन पछिनै हाम्रो गठबन्धनका नेताहर्ले राणालाई महाभियोग लगाएर `नरहे बाँस, नबजे बाँसुरी´ बनाए । राणाको चेत अहिले खुले छ ।

अब देउवा दाइ, प्रचन्न, माधौहर्ले राणासँग गरेको गोप्य वार्ताको अडियो भिडियो जेजे छ त्यो पनि बाहिरिन्छ होला । तर, ढुक्कको कुरा गठबन्धनका हाम्रा नेताहर्लाई अपराध गरे पनि, राष्ट्रघात गरे पनि, संविधान, ऐन, कानुन मिचे पनि केही फरक पर्दैन । हाम्रो नेताहर्लाई पहिला अदालतले दह्रो बनायो अहिले अम्रिका, युरोपियन युनियन र प्यारो भारतले हर्लिक्स पिलायो । वास्तवमा यी चोलेन्द्र श्रीमान  अहिले अाएर डर र लोभबाट मुक्त भएछन् । नत्र महाभियोग लगाउनेहर्लाई नै यसरी ललकार्ने थिएनन । अाफूलाई नाङ्गेझार बनाम्ने हाम्रा नेताहर्लाई उनले पनि नाङ्गेझार पार्न खोजेका होलान हाम्रा बाठा नेताहर्ले बस्त्र लगाको भा पो नाङ्गेझार पार्नु ! जब कम्निष्ट नेताहरू लर्को लागेर हाम्रो नेपाली काङग्रेसका सभापति तथा महान समाजवादी नेता शेर दाइलाई भोट दिएर प्रधानमन्त्री बनाम्न लाइनमा उभिए त्यस बेला नै उनारू नाङ्गो भर उभिएका थिए । अर्थात जिब्रो नचपाइ भन्ने हो भने चोलेन्द्र श्रीमान र हाम्रा महान नेता प्रचन्न, माधौ, शेर्दाइ सँगसँगै नाङ्गिएका हुन । यही कुरो चोलेन्द्र सरले लड्डु कोचाकोच हुनु भन्दा अघि नै बोल्नु पर्थ्यो ।

अहिले चुनाउको मुखमाअाएर हाम्रा नेताहर्ले गरेको अपराधको बिस्कुन सुकाइदै छ । त्यस्ता अपराध उधिन्ने हो भने त कति छ कति ! छोप्नु पो राम्रो, उधिन्नु त राम्रो होइन । त्यसै त एमसिसी, एसपिपी र नागरिक विधेयकले यही चुनाउमा धर्नासो खुस्किने गरी हान्ला जस्तो छ त्यस माथि राणाको नुन चुक खोर्सानी । अति भयो । यता नेपाली काङग्रेसले अन्तिममा अाएर `मित्रवत प्रतिस्पर्धा गर्ने´ भनेर हाम्रो माउवादी र माधौ काम्रेसको पार्टीलई चिलिम च्वाँट बानउला भन्ने डर उता यसै बेला चोलेन्द्र श्रीमानको प्रमाणसहितको अारोप ! म जस्तो जिल्ला नेतालाई त अाफ्नै खप्पराँ चिर्पटले हानेर इहलीला समाप्त पारौ जस्तो लाग्छ भने माधौ काम्रेस र प्रचन्न काम्रेसको हालत के होला ! उफ …! म त कल्पना गर्न पनि शक्तिन । त्यस बेला चोलेन्द्र श्रीमान हाइ हाइ थिए । किन भने हामीले जे भन्यो त्यही फैसला गरी दिन्थे । यिन्लाई नेताहर्ले गरेको अपराध धेरै थाहा छ । यिनै अपराधको पोल खोल्छन भनेर महाभियोग लगाको हो । तर, `अाफू ताक्छ मूढो बन्चरो ताक्छ घुँडो´ भयो । माननीयहर्ले सोधेको प्रश्नको उत्तर दिन छाडेर `तिमार्को प्रश्न सोध्ने अधिकारै छैन, के सोध्छौ लठबुङ हो´ ! भनौला जस्तो पो गर्छन् । बारका उकिलहर्ले बनाइ देको प्रश्न पनि सोध्न नपाम्ने ! यो त हदै भो ।

लु अरु त भयो भयो ओलीको किन प्रसंसा गर्नु ! अरुलाई नाङ्गेझार पार्ने अोलीको प्रसंसा गर्ने ? यो मलाई सैय भएन । उनै माधौ काम्रेस जस्ले चोलेन्द्रका कारणले लड्डु खायो उनैलाई माधौ नेपालले महाभियोग लगाए भनेर म चाहिँ ज्यान गए पत्याउदिन । अनि ती मिनेन्द्र रिजाल के भाका हँ ! माधौलाई जोगाउन गठबन्धन गरेकोर चोलेन्द्रलाई महाभियोग लगाको भनेर यस्तो संगिन बेलामा किन भन्नु !  समय हेर्नुपर्छ, विचार पुराउनु पर्छ र कुरो लुकाउनु पर्छ । नेता भर  जतासुकै बोल्नु हुदैन भन्ने किन नबुझेका ? त्यसो हो भने हाम्रो `महान जनयुद्धमा´ काङग्रेस र एमाले भन्नेलाई त घर भित्र पस्तै काट्दै गरियो । के त्यो पनि भन्दै हिड्नु ! मिनेन्द्र पनि कुरो लुकाउन नजान्ने रान । सत्य कुरो प्याच्च बोल्ने बानी रछ ।

अा … मैले सोचेर के गर्नु । हाम्रा नेताहरू पनि बेलाँ बुद्धि पुराउदैनन् ।  उता काठमाडौंमा सिट बाँडफाँडको गठबन्धने बैठकले के गर्दै छ कुन्नि !

हौ विध्वंसे काका नमस्कार है ! धेरै भो तिम्रोमा नअाको अनि अाज चाहिँ काका काकीलाई पनि भेट्नु परो, भोट पनि माग्नु परो भनेर अाको नि !

ठिक गरिस् भिरघरे भतिज ! अनि ह्वाँ सिट बाँडफाँड भाकै छैन तँ भने के अाधारमा भोट माग्न अाको भन्दै हिड्छस् हँ ! कि टिकस् पाइस् ?

लु नमस्कार है झुम्री काकी ! होइन चिया पनि ल्याइ हालिछौ । अब काकी पनि बस् खाँदै गफ गरौं । म हाम्रो जिल्ला सदरमुखाँ गाको थिए । मलाई हाम्रो काङग्रेसले प्रतिनिधिसभाको टिकस दियो । काका त माउवादीको नेता हुन यसपालि चार तारे झण्डा बोकेर `भोट केमा ? रुखमा´ भन्दै जुलुसमा हिड्छन । काकीले पनि  यो पटक चाहिँ सूर्यमा होइन भतिजको लागि रुखमा  भोट हाल्नु परो ।

हेर भिरघरे भतिज यो जिल्लामा एमाले बाहेक अरुले जित्तैन । हाम्रो अाफ्नो पार्टी छोडेर अरुलाई भोट हाल्ने कल्पना पनि कार्यकर्ताले गर्दैनन् । टिकस् पाइस राम्रो भयो तँ उठ्ने भएपछि हाम्रो एमालेलाई झन सजिलो भयो । बरु यो भोटको कुरा छाडेर काठमाडौंमा गठबन्धनेहर्को सिट बाँडफाँडको टुङ्गो लगायो कि नाइ त्यो कुरा गर । अहिले धेरैको चासोको विषय त्यही बनेको छ ।

हेर झुम्री काकी ! हाम्रो नेपाली काङग्रेसलाई `भए दिक्क नभए ठिक्क´ । माउवादी र एस भन्ने पार्टीलाई बोकेर हिड्नु भन्दा त जसपासँग मात्रै चुनावी गठबन्धन गर्दा धेरै फाइदा । एक्ला एक्लै लड्ने हो भने माउवादीले धेरै सिट जिते अाठ ओटा, नेकपा समाजवादीले जिरो । उनारू एमालेलाई हराउने नेपाली काङग्रेसलाई जिताउने बुँख्याँ चा: हुन । `छन पनि छ, हुन पनि होइन´ भने जस्तो ।

मेरो कन्सिरी तात्तिने कुरो नगर भिरघरे ! माउवादीले सप्पैभन्दा ठूलो पार्टी बन्ने योजना बनाइ सकेको छ । यदि देउवाले गठबन्धन तोडे भने हाम्रो काम्रेस प्रचन्नले काङग्रेस समाप्त पार्दिन्छन् ।

लु काका ! तिमी काङग्रेसलाई भोट माग्दै हिड । म लागे उभिण्डे खोलातिर ।

जै नेपाल !

Facebook Comments