परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

काङग्रेसको घरमा वामपन्थी भिखारीको भिड!

फुटानी

नेपाली काङग्रेसले हामीलाई कतिवटा सिट देला ? मलाई बडो खुलदुली लागि रहेको छ । अर्काको अाशमा बस्नु पर्दा र छिटो निर्नय नहुदा हाम्रा कम्निष्ट नेताको मनमा विरक्त लाग्दो गरी कोशी सुसाएको हुनुपर्छ । हृदय पोलेको भित्री कुरा बाहिर भन्न पो नहुने भित्र भित्रै उकुच पल्टिएको छ, हावा हुण्डरी चलेको छ । नेपाल र दाहालको मनमा ऐठन भएर निद्रा न भोक भएको कल्ले देख्ने ? माधौ काम्रेस स्थानीय चुनाउमा अाफ्नो पार्टीले नौं लाख भोट ल्याएको फुइँ हाक्छन । उता सुरक्षा निकायको रिपोर्ट अनुसार एक्ला एक्लै चुनाउमा जाने हो भने नेकपा समाजवादीले एक सिट ल्याम्छ भनेर गृहमन्त्रीले भनिदिए । हाम्रो सर्वकालिक अध्यक्ष काम्रेस प्रचन्नको जाहानीया पार्टीले अाठ सिट मात्र ल्याम्ने भनेर ठोकुवा गरेका छन् । यस्तो अवस्थामा काङग्रेसले हामीलाई चट्टै छाडिदियो भने होली वाइन छर्किएर अाफ्नै शरीर सुद्ध गर्दै इष्टदेवता भैंसी सम्झनु बाहेक अर्को उपाय हामीसँग छैन् ।

त्यत्रो संघर्ष गरेर प्रतिगमन खार्लापखुर्लुप सच्याउदै संविधान सर्लक्क जोगाउने नेता को हो ? जनताले अझै बुझेका छैनन, हाम्रै प्रचन्न काम्रेस र माधौ काम्रेस हुन भनेर । त्यसै देउवा दाइलाई हाम्ले भोट दिएर प्रधानमन्त्री बनाको हो ? अदालत र हामी मिलेर बनाको । अहिले हेर एकै वर्षमा समाजवाद कस्तो मज्जाले हामेर्को घर घरमा फक्रियो । हाम्रो नेताहर्लाई सम्पत्ति भने सम्पत्ति, दम्पती भने दम्पती भको छ । अबको चुनाउ पछि तिमार्को पालो अाम्छ भनेर मतदातालाई काम्रेसहर्ले  सम्झाउनु । माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका नेताहर्का अाफन्त सप्पैलाई पद, पैसा, भौतिक सम्पत्ति, सुख, सयल, घर र गाडीहरू छ्याल्लब्याल्ल भै गो, अब हामीलाई पुग्यो तिमार्को पालो भनेर जनतालाई मज्जाले झुक्याउनु पर्छ । नत्रर मंसिर ४ गते हुने प्रतिगमनमा हामी चिलिम हुन्छौ ।

माधौ काम्रेस र प्रचन्न काम्रेसले नेपाली काङग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दाइसँग बोल्दा अदबका साथ भाँती पुराएर बोल्नु । सिटको बाँडचुँड नभएसम्म `सम्माननीय ज्यू, स्योस्, हजुर, जो अाज्ञा, शिरोधार्य छ, निगाह बकस होस्´ भनेर बोल्नु । अहिले बजारमा हल्ला चल्दै छ अन्तिममा काङग्रेसले – मित्रवत प्रतिस्पर्धा गर्ने भनेर निर्नय ठोक्न सक्छ भनेर । के बेर ! काङग्रेस भित्रै टिकट वितरणमा लफडा होला जस्तो छ । रामचन्द्रलाई  दिदा किसान जिल्लै, मोहनलाई दिदा अग्नी चिल्लै । प्रचन्न र माधौ काम्रेसले यस्तो अवस्थामा हेपिएर होइन लत्रिएर बोल्नु । लुकेर होइन झुकेर बोल्नु । नीति शास्त्रले भन्छ `दुखियाले कोडीको पनि पाउ मोल्नु पर्छ´भनेर । देउवाले मयाँ नगरे काङग्रेसका अरु नेताले हामीलाई चुनाउमा कन्पारो खुस्किने गरी लात्तले हान्न बेर लाम्दैनन् । `तिमारूसँग जनता र कार्जेकर्ता छैन´ भनेर काङग्रेसहर्ले हेप्यो भने अोलीको पार्टीतिर देखाइ दिनु । के गर्नु त ! हाम्रा अलि अलि भएका पनि उत्तै फर्किदै छन् ।

माधौ काम्रेस तमिले नेकपा एमाले फर्लक्क फोरेर ल्याम्छौ भनेर प्रचन्न काम्रेसले सोचेका थिए । तर, तमिले फर्लक्क फोर्न त परै जाअोस् राम्रोसँग चोइट्याउन पनि सकेनौ । तमीकन अहिले माउवादीका लागि `कुच्याउ त किनेर ल्याको भाँडो, नकुच्याउ त हनबेर्नु घाँडो´ भै गएका छौ । चुनाउका मुखमा भन्न नहुनेर मात्रै, ठूला गफ गरेर मत पेटिकामा भोट भरिने भए तम्रा भोट तीन करोड नाघ्ने थिए । जे होस् चुनाउमा एक्ला एक्लै लड्नु परे पनि, खुट्टा लगलग कामे पनि खोक्स चाहिँ  `ए बाबा हो ! सक्छ कि क्या हो´ भने जस्तो गरेर दिनुपर्छ । अाखिर बोल्दैमा केही जाने होइन, कसैले पत्यउने होइन । चुनाउमा तमी जसरी पनि जितेर अाम्नु पर्छ । अरुको त फेरिदैन चोला, गयो खोलै खोला । हाम्रो जहानिया पार्टीको सदाबहार अध्यक्षले जस्तो अति धेरै झुठ पनि नबोल्नु । अम्रिका, इन्डिया र कोरियाको गुनगान सकेसम्म धेरै गर्नु । चुचे नक्शा र नागरिकता विधेयकको कुरो गर्दै नगर्नु ।

किसानले `मल खोइ´ भनेर सोध्लान, विद्यार्थीले `किताब खोइ, गफले च्युरा भिज्छ´ भनेर र्याखर्याख पार्लान । गृहिणीहर्ले `खाने तेल र चिनी बजारमा छैन सप्पै लुड्याएउ´ भन्लान `धनार्जनले गर्दा´ भन्नु । उपभोक्ताले पेट्रोलियम पदार्थको मूल्य किन नघटाको भनेर सोधे भने `हाम्रो गठबन्धन सरखारले चुनाउ खर्च त्यहीबाट निकालेको´ भनेर मुख भरिको जवाफ दिनु । तमीहरू जान्ने छौ तैपनि प्रचन्न काम्रेसको नितृत्वमा साम, दाम दण्डभेद नीति निरन्तर प्रयोग गर्दा तलबितल होला होस् गर्न पर्छन् । अनि छलकपट र धुर्त्याइँसँगै हाम्रो तरिकाको कुछेत नीति अपनाम्नै पर्छ ।  चुनाउमा त्यस नीति अनुसार ढाँट्ने, काट्ने र साट्ने रण नीति जोडतोडले लागू गर्नपर्छ ।

उफ ! कस्तो फसाद । जन्ता हाम्रो पक्षमा छैनन्, मतदाता हामीलाई मन परउन्नन् काङग्रेसले भोट देला र जितिएला भन्ने दुब्लो अाश बोकेर हिरिक्क हिरिक्क हुदै सिटको भिक्षा माग्नु परेको छ । चितवनतिर हेर्यो विरक्त लाग्छ । स्थानीय चुनाउकै मतको कुरा गर्ने हो भने हाम्रो अध्यक्षको क्षेत्रमै उनार्को भन्दा हाम्रो तेब्बरले घटी छ । उता मकवानपुर र कास्की अवस्था झन दयनीय छ । पैसाको खोलो नबगाए काङग्रेस नेता, कार्जेकर्ता र उनार्का भोटर्सले हँसिया -हथौडा र कलममा खोजी खोजी भोट हाल्दैनन । हाम्रो दुईटै पार्टीमा नेता मात्र छन् । कार्जेकर्ता र जनता छैनन् । यी हाम्राहर्ले भने `ओलीलाई हराउने´ भन्दै खोजी खोजी रुखमा भोट हाल्छन् । हाम्राहर्ले अाफू जित्नलाई भोट माग्दैनन । घरदैलो कार्जेक्रममा `एमाले हराम्न भोट दिनुहोस् हजुर´ भन्दै भोट माग्छन् ।

अहिले चुनाउ प्रचारको हाम्रो पहिलो, दोस्रो र तेस्रो नारा भनेको ओलीको सतोसराप गर्नु नै हो । अझ माधौ काम्रेसले त अाफ्ना कार्जेकर्ताले एमालेको सकारात्मक कुरा गरे मात्र पनि कारवाही ठोक्ने भनेका छन् । अब माधौ काम्रेस तमीले `एमालेतिर जानेको हात खुट्टा भाँची दिन्छु´ भन्नु पर्छ । जेपर्ला पर्ला बुङ्गै हुनु भन्दा नाङ्गै हुनु राम्रो । `नेपाली वाम अान्दोनको धृतराष्ट्र र सकुनी भनेको प्रचन्न र माधौ काम्रेस नै हो´भनेर दुनियाँले बुझिसके । अब केको लपनछपन ! मर्नै परेपछि खुट्टै तानेर । अाखिर अस्तित्व समाप्तिको अन्तिम विन्दूमा प्रवेश गरेपछि डर त्रास, अाश भरोसा, निको ननिको, बोल्न हुने नहुने जे गरे पनि ठिकै हुन्छ ।

अब हामीले भाकल गर्नु पर्ने बेला अायो । `हे भैंसी भगवान, हे पवित्र जल होली वाइन ! चुनाउमा सर्लक्कै जिताइ देउ प्रभु ! हे दक्षिणका कुल देवता यो चुनाउमा हामीलाई जिताइ दियौ भने तमिलाई  राष्ट्र, राष्ट्रियता र स्वाधीनता टक्र्याउदै लड्डु कोचाकोच गरौला ख्वामित !´भनेर  भजनको रुपमा बिलौना गाउदै लम्पसार पर्नुपर्छ । जनताले साथ नदिएपछि काङग्रेसको अाश गर्नै पर्यो । काङग्रेसको पनि खासै विश्वास नलागेपछि एमसिसी, एसपिपी, नागरिकता र दक्षिणका कुल देवता सम्झदै भक्कानिएर रुन वाहेक हाम्रो विकल्प के त !  लौ त काम्रेसहरू अाजलाई यत्तिनै ।

लाल जै नेपाल !

Facebook Comments
80%
Awesome
  • Design