कथा स्वार्थको
कविता
खाेलाे,
सानाे थ्यो
तर, तिरतिरे पानी बग्थ्यो,
तिर्खाएकाहरुकाे,
प्यास मेट्थ्यो,
बाँसघारी नजिक थ्यो,
उतापट्टि कुलाे बग्थ्यो,
कुलाेमा कहिलेकाँही,
बर्खाकाे माछाे पाैडिँदै आउँथ्यो ।
हामीले साेच्यौँ,
यहि हाे दिन ।
अब, माछा मार्न फेरि नपाइएला ।
माछा भाेज फेरि कहिले हाेला !
पर गएर,
मैले कुलाे फर्काएँ ।
आफ्नाे बरीमा लगाएँ ।
माछालाई अाफनाे खेतमा ठेलेँ ।
तर, हिले माछा रहेछ ।
उल्टै मेराे खेत सखाप पाराे ।