परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाली लेखकद्वारा अंग्रेजी भाषामा लिखित पुस्तक विश्व बजारमा

डा. काशिराज पाण्डे द्वारा अंग्रेजी भाषामा लिखित पुस्तक ‘रुपान्तरणमुखी सिकाइको सिद्धान्त (Theorizing Transformative Learning) नेदरल्याण्डबाट प्रकाशित भएर विश्व-पाठक मञ्चमा आएको छ।

सिद्धान्तकार डा. पाण्डेका अनुसार यस सिद्धान्तले विद्यार्थीहरु माझ आ-आफ्नो गतिबिधिलाई सुनेर अथवा बोलेर मात्र नभई नजिकैबाट नियालेर, सजग भएर, आफू वरिपरिका वातावरणसँग भिडाएर, पढेर, लेखेर, आफ्नो जीवनमा उतारेर देखाउन प्रेरणा दिन्छ। रुपान्तरणमुखी शिक्षाले हरेक व्यक्तिको व्यक्तिगत, पारिवारिक, सामाजिक, नैतिक चेतमा सचेतना थपेर राष्ट्रिय, अन्तराष्ट्रिय समन्वयमा समेत सकारात्मक गति दिन्छ।

धादिङको उत्तरी भेगमा अवस्थित नेत्रावती गाउँपालिका, निमार्चोक-आरुखर्कको सामान्य किसान परिवारमा जन्मिनु भएका डा. पाण्डेले प्रतिष्ठित अस्ट्रेलिया अवार्ड नामक छात्रवृत्ति लिएर अस्ट्रेलियाकै मर्डख विश्व-विद्यालयबाट यसै विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ। पीएचडी अध्ययन पछि स्वदेश फर्केर पाठ्यक्रम विकास केन्द्रले तयार गरिरहेको कक्षा ९, १०, ११, र १२ को लागि मानव मूल्य शिक्षा विषयको पाठ्यक्रम निर्माणमा समेत सक्रिय रुपले संलग्न रहनु भएका डा. पाण्डे फुर्सदको समयमा आफूलाई सामाजिक काम र साहित्यिक सृजनामा व्यस्त राख्न मन पराउनुहुन्छ।

डा. पाण्डेले विगत १७ वर्ष देखि काठमाडौँ विश्व-विद्यालयमा अंग्रेजी भाषा, साहित्य, अनुसन्धान र व्यवसायिक संबाद जस्ता विषयहरु प्राध्यापन गर्दै आउनु भएको छ।

Facebook Comments