परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई एक प्रतिनिधि-पत्र 

मित्बा उबाच

सम्माननीय प्रधानमन्त्रीज्यु, 

आफ्नो उर्वर युवावस्थामा यो देशको सशक्त ट्रेड युनियन आन्दोलनमा सङ्गठित भएर नेतृत्व सम्हाल्दै भरपुर राजनीतिक चेतको साथ नेकपालाई अहिलेको शक्तिमा पुर्याउन दुइ–चार वटा इट्टाको जगराख्ने यो देशको सचेत नागरिकको हैसियतमा आज म यहाँलाई एक प्रतिनिधिमूलक, खुल्ला–चिट्ठी लेख्दै छु। धादिङ्ग जिल्लाको एक दुर्गम गाउँमा जन्मेर पनि देश विदेशबाट उच्च शिक्षा र अनुभव बटुलेपछि आफ्नै देश फर्केको मान्छे म हुँ। त्यस्तै यहाँहरुले बेला–बेला आफुलाई जनताको प्रतिनिधि हुँ भन्दा झसक्क झस्कने तर आफ्नै पौरखले आजसम्म बाँचेको एउटा जनता पनि मैं हुँ।

मलाई लाग्छ, यसरी जनप्रतिनिधिहरु अपमानित हुनु भनेको एउटा सभ्य र लोकतान्त्रिक समाजका लागि ठुलो नोक्सानी हो। अहो, के भएको यस्तो? कत्ति न सेवा आयोग नै पास गरेर राजनीति गरे जस्तो, राजनीति त एकाएक एउटा ब्यबसाय पो बनेजस्तो ! यदि यहाँलाई अहिले नेपालका राजनीतिक नेताहरु प्रतिको प्रष्ट जनधारणा थाहापाउनु छ भने, गाउँगाउँको कुनै एक चोकमा अवस्थित चियापसलमा एकछिन उभिए मात्र पनि काफी हुन्छ । आजकल शहरका टोलगल्लीमा सुनिने लगायत युवापुस्तामा आएको बितृष्णाको कुरो, भेटमा गरौंला।

अब त कमरेड के पी शर्मा ओली नेतृत्वको सरकार स्थीर होला, त्यही सरकारले ढुक्कसंग मेरो देशको समृद्धिमा उल्लेख्य काम पक्कै गर्ला भन्ने कामना गर्दै शिक्षा नै देश विकाशको मूल आधार हो भन्ने विश्वासका साथ यहाँकै सेरेमोनिएल नेतृत्वको शैक्षिक संस्थामा म विगत १६ वर्षदेखि प्राध्यापन गर्दैछु।

राणाशासनलाई उछिन्ला जसरी राजनैतिक नियुक्तिको भागदौडमा झाङ्गिएको जहानिया संस्कृति  तोडिनु पर्छ भनेर यहाँले नै बेला बेला भन्नु भएको मैले पनि धेरै चोटी सुनेको थिएँ। जब हिजो हामीसंगै सडकमा समानताका लागि आवाज उठाउने साथीहरु अहिले देशको प्रमुख पद प्राप्तिका लागि भइरहेको भागबण्डाप्रति कुरो उठाउँदा उल्टै आपत्ति प्रकट गर्दैछन्, खुलामखुला मिडियामा आएर आफ्नो हिस्सा खोज्नु नैसर्गिक अधिकार हो भन्दैछन्, जनता भने जताततैबाट यसको तिब्र बिरोधमा छन्।

त्यसै राजनीति भनेको पदमा बस्नेहरुको सुविधा र सुरक्षाभन्दा फरक हुनुपर्ने कुरो हो।  अझ बामपन्थी राजनीति त नैतिकताले भरपुर भएर जनचाहना अनुरुप चल्नुपर्ने चीज! म मनमनै सोच्छुः हिजो आफैंले सडकबाट उठाएका मागहरु अहिले सरकारमा हुँदा स्वतः सुनुवाई हुन पर्ने हो। हिजो बेरोजगार बस्नभन्दा बरु राजनीतिक कार्यकर्ता बनौँ भनेर समाजसेवाका लागि प्रशिक्षित भएका भिडभित्रका केही टाठाबाठाहरु आज लाखौंको तलबभत्ता लिन र त्यही कुराको तिब्र बिरोध भएपछि फिर्ता गर्न लाज नलाग्ने दिन आएछन्।

आज जनतालाई राज्य संयन्त्रतिर भन्दा पनि आआफ्नै हिसावले आवाज उठाएका व्यक्तिहरुप्रतिको बिश्वास बढ्दो छ, अझ कानुनविद डा. भीमार्जुन आचार्य, प्रा. डा. सुरेन्द्र के. सी., डा. महाबीर पुन, डा. गोविन्द के. सी., रविन्द्र मिश्र, पुकार बम वा ज्ञानेन्द्र शाहीहरुको त झन् कुरै अर्को।

मलाई लाग्छ, यसरी जनप्रतिनिधिहरु अपमानित हुनु भनेको एउटा सभ्य र लोकतान्त्रिक समाजका लागि ठुलो नोक्सानी हो। अहो, के भएको यस्तो? कत्ति न सेवा आयोग नै पास गरेर राजनीति गरे जस्तो, राजनीति त एकाएक एउटा ब्यबसाय पो बनेजस्तो ! यदि यहाँलाई अहिले नेपालका राजनीतिक नेताहरु प्रतिको प्रष्ट जनधारणा थाहापाउनु छ भने, गाउँगाउँको कुनै एक चोकमा अवस्थित चियापसलमा एकछिन उभिए मात्र पनि काफी हुन्छ । आजकल शहरका टोलगल्लीमा सुनिने लगायत युवापुस्तामा आएको बितृष्णाको कुरो, भेटमा गरौंला।

प्रधानमन्त्रीज्यु,

अन्य आकर्षणहरू

सम्झनामा दशैँ 

समसामयिक सेन्’र्यू

समसामयिक सेन्’र्यू

समसामयिक सेनर्यू

सज्जन–सम्धी

अहिले संसार नै कोरोना महामारीले आक्रान्त भएको बेला हाम्रो देश नेपाल पनि शिक्षा, स्वास्थ्य, अर्थ, ब्यबसाय हरेक क्षेत्रमा दिशाहीन बनेको छ। पर्यटन ठप्प छ । विद्यालयहरु बन्द छन् । महामारीको प्रकोप दिनानुदिन बढ्दो छ । आम जनता अन्यौलमा छन् । उपचार प्रणाली र अस्पतालहरु समेत अस्तब्यस्त छन्।

यस बेला देशमा विकाश, शिक्षा र समृद्धि भन्दा पनि हरेक जनताको प्राथमिकतामा गाँस, बास र स्वास्थोपचार परेको छ। माध्यमिक विद्यालय जाने उमेरका धेरै युवक युवतीहरुको चिन्ता लेखापढीतिर भन्दा पनि कसरी घर चलाउने भन्नेमा छ। त्यसैले त, यहाँलाई विश्वास गरेर मत दिने परिवार झोलीकुम्लो बोकेर चाडबाड र महामारीको समेत कुनै प्रवाह नगरी गाउँबाट लर्को लागेर कामको खोजीमा सीमा पार गर्दै गरेका समाचारहरु निरन्तर देखिन्छ र सुनिन्छ। आजकल नेपाली जनता हरेक दिन रेडियो र टिभीमा कतिजनाको पि.सि.आर. भयो, कति जना कोभिड पजिटिभ देखिए र कति जनाको निधन भयो भन्ने  समाचार सुन्न बाध्य छन्।

कहिले सबैलाई कोरोना उपचार निःशुल्क छ भनिन्छ। कहिले असहायलाई मात्र निःशुल्क उपचार गरिन्छ भनिन्छ। कहिले सबल र सचेत जनताले आफ्नो निजी मामिलामा सरकारलाई बोझ पार्दैनन् भन्दै जनतालाई सगरमाथाको चुचुरोमै पुर्याइन्छ। अझ, जटिल कुरो त यता शुरु हुन्छ, जब उपचार नपाएर अस्पताल अगाडिको सडकमै अलपत्र दर्दनाक मृत्युवरण गर्न बाध्य यही देशका सर्वसाधारण करदाताहरुले हेलिकप्टर चार्टर लगायत प्राइभेट हस्पिटलको मिलेमतोमा होटेल सोल्टी र क्राउन इम्पेरिएल जस्ता फाइभस्टार आइसोलेसनको बारेमा पत्तो पाउँछन्। गरीब जनताको गाँसबासमाथि कर थुपारेर टाठाबाठाहरुले गरेका चलखेल निमेशभरमा एककान दुईकान मैदान हुँदैछ। गाउँ घरका पिँडीको डिलबाट बैदेशिक रोजगारीमा गएका आफ्ना सन्तान कहिले घर आइपुग्लान् भन्दै बाटो चिहाइरहेका बा–आमाका आँसु पुछ्न अरेबियन खाडीबाट घर फर्कने समय कुरेर बसेका मजदुरहरुको कुरो झन् जटिल छ।

त्यसैले, यस बेला त बरु ‘होम आइसोलेसन’मा बसेका जनतालाई अचानक सास फेर्न गाह्रो भयो भने कहाँ, कुन हस्पिटलमा कति वटा भेन्टिलेटर र कति वटा आइ.सि.यु. वेड खाली छन्, अस्पतालमा दिइने सुविधाको मापदण्ड के हो, अनि कोरोना उपचार शुल्क कति हो, यसको नियमन र अनुगमन कसले, कसरी गरेको छ भन्ने जस्ता प्रश्नहरुको प्रष्ट जवाफ दिने गरे कति उपयोगी हुन्थ्यो!

सोसल मिडिया विशेष गरी फेसबुक र टुईटर त पक्कै पनि तपाई आफैं हेर्दै हुनुहुन्छ होला । रेडियो, टि.भी. समाचारहरुमा श्रद्धान्जली र शिघ्र स्थाथ्यलाभको कामनाको लर्को निकै बाक्लो छ । यो क्रम दिनानुदिन थपिँदो छ। जति सजग बनेपनि कुन दिन डा. जागेश्वर सर आफैं पनि गन्तिमा पर्ने दुर्भाग्य नआउला भन्न सकिन्न ।

त्यसैले, यस बेला त बरु ‘होम आइसोलेसन’मा बसेका जनतालाई अचानक सास फेर्न गाह्रो भयो भने कहाँ, कुन हस्पिटलमा कति वटा भेन्टिलेटर र कति वटा आइ.सि.यु. वेड खाली छन्, अस्पतालमा दिइने सुविधाको मापदण्ड के हो, अनि कोरोना उपचार शुल्क कति हो, यसको नियमन र अनुगमन कसले, कसरी गरेको छ भन्ने जस्ता प्रश्नहरुको प्रष्ट जवाफ दिने गरे कति उपयोगी हुन्थ्यो!

र अन्तमा, यदि यहाँलाई साच्चिनै यो देश, लोकतन्त्रको साथसाथै स्वयम् आफ्नो आत्मसन्तुष्टी हेतु विगतमा पटकपटक आफैंले बोलेका बोलीको साख जोगाउने विचार छ भने गरीव, निमुखा, र उचित उपचार नपाएर मर्दै गरेका जनताको समस्यालाई नकारेर होइन, यो देशलाई माया गर्ने तिनै निरिह चित्कारप्रति समानुभुति राख्ने कामको शुरुवात गर्नुस् र कुनै पनि निर्णय गर्दा त्यो निर्णय लागु हुने कुराको ग्यारेन्टी गराउनुस् । सल्लाह भन्ने कुरा कसैलाई पनि खोर्र्याइ खोर्र्याइ दिने चीज त होइन तर देश, राजनीति र सभ्य समाजका खातिर पनि यो कुरोको हेक्का राख्नुस्। राज्य संयन्त्रभित्र कुनैपनि प्रमुख नियुक्ति र जिम्मेवारी दिँदा श्रीस्वस्थानीको “प्रसादी” बाँडे जस्तो नगर्नुस्, त्यसबाट आउने परिणामको पनि ख्याल राख्नुस्। लोकतन्त्रमा कोही, कसैले आफ्नो हिस्सा पाउनु र नपाउनु भन्दा पनि आफुले लिएको जिम्मेवारी इमान्दारीपुर्वक पुरा गर्नु महत्वपूर्ण कार्य हो। विदेशबाट नेपाल फर्केर कृषि पेशामा लागेका दुर्गम गाउँका युबालाई समेत फोन गर्दै हौसला दिनेदेखि देश भ्रस्टाचार मुक्त भएको देख्न रुचाउने राजनेता तपाइँ जो हुनुहुन्छ, अब यतातिर पनि बहस चलाउनोस्।

यसैमा सबैको भलो हुनेछ । अहिलेलाई यति नै !

Facebook Comments