परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ठूलो भएपछि के गर्छौ बाबु?

चट्याङ-प्रहार

बाबा, म त ठूलो भई देश नयाँ बनाउँछु
देश विकास गर्छु र सबलाई धनी बनाउँछु
साथीहरू मिली सप्पै स्कूल बन्द गराउँछु
मोटे दाइलाई बोलाएर मास्टर पिट्न लगाउँछु

 

चकलेट बेच्ने अङ्कललाई मोसो दली घुमाउँछु
खाजा दिने आन्टीको पसल आगो लगाउँछु
नेपाल बन्द गराउँछु र पुलिसलाई बोलाउँछु
ढुङ्गा हानी पुलिस दाइको टाउको पनि फुटाउँछु
बाबा म त ठूलोे भई देश नयाँ बनाउँछु ।

 

मलाई पिट्ने मास्टरलाई पहिलो सहिद बनाउँछु
उनको लाश बोकी फेरि पूरै सहर घुमाउँछु
क्षतिपूर्ति दस लाख म उसलाई दिन मगाउँछु
आधा–आधा गरी फेरि पाँच लाख घर लेराउँछु
बाबा म त ठूलो भई देश नयाँ बनाउँछु ।

 

टुँडीखेलमा मेरा साथी जत्ति सप्पै बोलाउँछु
सप्पैलाई सित्तैमा मनोरञ्जन दिलाउँछु
ठट्टा गर्छु टुँडिखेलमा साथीहरू हसाउँछु
बाबा म त ठूलो भई देश नयाँ बनाउँछु ।
अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

                          ***
आहा! सुरबीर छोरो रै’छ यसले देश बनाउँछ
जनताको सेवा गर्दै सबलाई सुखी बनाउँछ
सत्ता यसलाई दिनुपर्छ, यसले कमाल देखाउँछ
स्वर्ग जस्तो बनाई देश, सबलाई स्वर्गे बनाउँछ !
Facebook Comments