कोरोनाले थलिएको अर्थतन्त्र पुनरुथान कहिले होला ?
विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस नियन्त्रण गर्न केही देशहरु बाहेक सबैले लडकाउन (बन्दाबन्दी) को नीति अपनाए र सहज रुपमा संक्रमितको पहिचान गरी अन्य व्यक्ति वा समुदायमा भाइरस फैलनबाट रोक्ने प्रयास गरे । नेपाल सरकारले पनि कोरोना भाइरस नियन्त्रण गर्नका लागि गत वर्ष चैत्र ११ गतेबाट बन्दाबन्दी जारी ग¥यो । त्यो बन्दाबन्दी एक सय २० दिनसम्म लम्बियो ।
बैंक तथा वित्तीय संस्थाबाट करोडौँको ऋण लिएर व्यवसाय सञ्चालन गरेका यातायात, पर्यटन क्षेत्रका व्यवसायीहरुका लागि बैंकको ब्याज तिर्न समस्या छन् । निजी स्कुल तथा क्याम्पसमा अध्यापन गरेर जिवीकोपार्जन गर्नेहरुको अवस्था पनि नाजुक बन्दै गइरहेको छ । सञ्चालनमा आएका केही व्यवसाय सञ्चालकहरुलाई पनि सामान्य अवस्थामा कहिले पुग्ने भन्ने चिन्ता छ ।
त्यसपछि केन्द्र सरकारले गर्ने लकडाउन हटाइयो तर स्थानीय पालिकालाई बन्दाबन्दी गर्ने अधिकार हस्तान्तरण गरियो । अहिले स्थानीय पालिकाहरुले आफ्नो कार्यक्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था हेरी पुनःबन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने क्रम चलिरहेकोछ । यो बन्दाबन्दीको प्रक्रिया कहिलेसम्म लम्बिने हो थाहा छैन । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा वृद्धि हुन थालेको छ । भारतसँग खुल्ला सिमाना जोडिएको कारण नेपालमा कोरोना संक्रमित सहज रुपमा नेपाल भित्रिए । उनीहरुबाट रोग समुदायमा फैलियो । अर्कोतिर भारतमा तिब्र रुपमा संक्रमण बढीरहेको छ । भारतमा कोरोना संक्रमणको दर ओलारो लागेपछि नेपालमा पनि विस्तारै घट्दै जाने आँकलन गर्न सकिन्छ ।
संक्रामक रोग विशेषज्ञहरुका विभिन्न तर्क छन्– कोरोना भाइरस नयाँ किसिमको भाइरस भएका कारण यसको नियन्त्रण गर्न कि त कोरोनाको प्रभावकारी भ्याक्सिन (खोप) आउनु पर्छ कि त कोरोना विस्तारै कमजोर भएर जानु पर्छ वा सम्पूर्ण व्यक्तिहरुमा कोराना भाइरस प्रतिरोध गर्ने क्षमताको विकास हुनुपर्दछ कि त देश खुल्ला छोड्नु पर्छ अनि कोरोना भाइरसलाई जित्ने जति बाँच्छन् कमजोर मर्छन् । यी सबै कुरा अहिले नै कल्पना गर्न सक्ने अवस्था छैन । विश्वमा केही देशहरुले कोरोनाको भ्याक्सिनको तेस्रो चरणको परिक्षण गरिरहेका छन् । ती खोप परीक्षणको सबै मापदण्ड पुरा गरी कहिले सफलता प्राप्त गर्छन ? यदि सफल्ता प्राप्त गरे पनि हाम्रो जस्तो देशका सबै नागरिकहरुले कहिले प्राप्त गर्छन् टुङ्गो छैन ।
नेपाल सरकारले गरेको एक सय २० दिनको लकडाउन र त्यसपछि स्थानीय निकायहरुले गरेको निषेधाज्ञाको जोडघटाउबारे वहस भइरहेका छन् र आगामी दिनमा पनि हुनेछन् । अर्थतन्त्रभन्दा मानव जीवन पहिलो हो भन्ने मानवीय भावनाको आधारमा सुरुमा नेपाल सरकारले देशव्यापी बन्दाबन्दी गरेको हो । तर लामो समयसम्म अर्थतन्त्र बन्दाबन्दीको अवस्थामा रहँदा हुने आर्थिक असर एउटा व्यक्ति, परिवार, समाज, देश हुँदै अन्तराष्ट्रिय स्तरसम्म परेको छ । लामो समयको बन्दाबन्दीको कारण नेपालमा लाखौँ मानिसहरुले रोजगार गुमाएका छन् । केही सञ्चालनमा आएका व्यवसायहरुले सामान्य नाफा पनि आर्जन गर्न सकेका छैनन् । विश्वव्यापी रुपमा आर्थिक वृद्धिको सूचक घट्दै गइरहेको छ । मानिसहरुका आर्थिक गतिविधि चलायमान नहुँदा समग्र क्षेत्रको आम्दानीको स्तर पनि घटेर गएको छ । नेपालमा पनि शिक्षा, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यवसायीहरुले विगत पाँच महिनामा एक रुपयाँ पनि आम्दानी गर्न सकेका छैनन् ।
नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत विदेशमा काम गर्ने नेपाली श्रमिकबाट प्राप्त हुने रेमिट्यान्स र विदेशबाट आउने पर्यटकले गर्ने खर्च हुन् । नेपालीहरुको रोजगारको प्रमुख गन्तव्य मुलुकहरुमा कोरोना महामारीबाट प्रभावित छन् । रेमिट्यान्टस प्रवाह केही घटेको स्थिति छ । विदेशमा लाखौँको सङ्ख्यामा नेपालीहरुले रोजगारी गुमाएका छन् । उनीहरु कहिलेसम्म स्वदेश फर्कन सक्छन् टुङ्गो छैन । स्वदेशमा नै रोजगारी गुमाउनेको संख्या पनि धेरै छ । त्यस्तो अवस्थामा विदेशबाट फर्केर आउनेलाई व्यवस्थापन गर्ने ठूलो चुनौती छ । कोरोना महामारी पूर्णरुपमा अन्त्य नभई उनीहरु पुनः विदेशिक रोजगारीका लागि जाने अवस्था पनि छैन । कोरोनाले थलिएका गन्तव्य देशहरुले पनि स्वदेशी नागरिकलाई महत्व दिने हुँदा विदेशी कामदारले तत्कालै काम प्राप्त गर्न सक्ने सम्भावना पनि छैन ।
बैंक तथा वित्तीय संस्थाबाट करोडौँको ऋण लिएर व्यवसाय सञ्चालन गरेका यातायात, पर्यटन क्षेत्रका व्यवसायीहरुका लागि बैंकको ब्याज तिर्न समस्या छन् । निजी स्कुल तथा क्याम्पसमा अध्यापन गरेर जिवीकोपार्जन गर्नेहरुको अवस्था पनि नाजुक बन्दै गइरहेको छ । सञ्चालनमा आएका केही व्यवसाय सञ्चालकहरुलाई पनि सामान्य अवस्थामा कहिले पुग्ने भन्ने चिन्ता छ ।
कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । व्यवसायलाई कोरोनाबाट परेको प्रभावमा केही मल्हमपट्टी गर्नका लागि कर छुट दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर घटाएका छन् । तर सस्तो ब्याजदर भए पनि ऋण लिनेहरु पनि घटेका छन् । कोरोना महामारीबाट रोजगारी गुमाएकाहरुले कहिले रोजगार प्राप्त गर्छन् अहिलेको गम्भिर प्रश्न यही नै हो ।
अर्थतन्त्रलाई पूर्ण रुपमा सञ्चालन हुन कोरोनाको संक्रमण दर घटेर जानु पर्दछ । एक सय २० दिनको लकडाउनको अन्त्य गर्दै सरकारले सुरक्षाका उपायहरु अपनाउँदै अर्थतन्त्रलाई सञ्चालन गर्ने त भन्यो तर कोरोनाको प्रभावकारीता नियन्त्रण हुन नसक्दा अहिले स्थानीय निकायहरु पुनः लकडाउन गर्न बाध्य छन् ।
विगत पाँच महिनादेखि थलिएको अर्थतन्त्रलाई पूर्ण रुपमा सञ्चालन गरी पुनरुथान गर्नका लागि कोरोनाको भ्याक्सिन नै रामवाँण हो भन्न सकिन्छ । नेपालमा सरकारले लकडाउन गर्दा संक्रमितको संख्या एक हातमै गन्न सकिने थियो केही निको भइसकेका थिए । तर चार महिना लकडाउन गर्दा पनि कोरोना संक्रमणको दर नियन्त्रण गर्न नसकेका कारण चीन र न्यूजिल्याण्ड जसरी सफलता प्राप्त हुन सक्ने कुरमा प्रश्न गर्न सकिन्छ । नेपाली अर्थतन्त्रको पुनरुथान सुरु हुन नेपाली जनतामा विश्वमा सफल भएको कोरोनाको भ्याक्सिन प्रयोगमा आउनु पर्छ या त कोरोनाको संक्रमण घटेर शुन्यको नजिक आउनु पर्दछ जुन कुरा तत्कालै सम्भव देखिदैन ।
naradrijal45@gmail.com