परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्पन्न नेपाल बनाउने मानसिकता खोइ ?

सामान्य रोजीरोटीको जोहो गर्न देखि सुविधा सम्पन्न जीवनशैलीको खोजीमा नेपालबाट विदेश गएका केही नेपालीहरु कोरोना महामारीको दौरानमा स्वदेश फर्किदैछन्।

अहिले धेरै सजिलो समय छ । हामीले सबै कुरा उत्पादन गर्न नसके पनि अरुले नै उत्पादन गरेर हाम्रो घरसम्म पु¥याइदिन्छन् । जस्तो, हामीसँग सागसब्जी लगाउने बारी छ र अन्न फलाउने खेत छ तर भारतबाट आएको तरकारी हरेक दिन हाम्रो भान्सासम्म पुग्छ । हामीले किन खेती गर्ने ? हामीले लगाउने कपडादेखि बिरामी हुँदा खाने औषधिसम्म उनीहरुले बनाइ दिएका छन् । हामी त विदेशमा गएर छोटो समयमा नै धेरै पैसा कमाउने हो ? नेपालमा बसेर के गर्न सकिन्छ ? जाबो एक दुई लाख लगानी गरेर पनि के व्यापार गर्ने ? तर हाम्रो शहर बजारमा भारतीय नागरिकले थोरै पुँजी सामान्य व्यवसायमा लगानी गरी लाखौँ रुपयाँ भारत लगिरहेका छन् । त्यो हामी गर्न खोज्दैनौँ । तर लाखौँ खर्च गरेर विदेश जान तयार हुन्छौँ ।

यो महामारीमा स्वदेश फर्कने नागरिकहरुको जमातले दिएको सबैभन्दा ठूलो सन्देश भनेको आफ्नो घर वा देश जहाँ ऊ भोकभोकै भए पनि परिवार र आफन्तमाझ खुसीसँग बस्न चाहन्छ, जहाँ ऊ तुलनात्मक रुपमा बढी सुरक्षित भएको अनुभव गर्दछ। चरिखान जहाँजम्म पुगे पनि अन्त्यमा आफ्नो बासस्थान आउनै पर्छ। विदेश दिगो होइन केही समयका लागि चरिखाने ठाउँ मात्र हो। काम गर्दै वा बसोबास गर्दै आएको मुलुकमा पनि महामारी पारेको प्रभावबाट पीडा भोग्नुपर्दा बरु अन्तिम स्वास रहुञ्जेल आफ्नो देश जाने चाहना जुन पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा सिर्जना भएको छ त्यसलाई आर्थिक विकास गर्ने मानवीय उर्जाशक्तिमा बदल्नु आवश्यक छ। यो नेपालका लागि सबैभन्दा ठूलो अवसर हो। यो मानसिकतालाई उपयोग गर्न सकेनौँ भने महामारीको अन्त्य भएपछि उनीहरु पहिलेकै देशमा काम गर्न फर्कनेछन् वा रोजगारीको खोजीमा अर्को देशतिर लाग्नेछन्। हामीले ठूलो अवसर गुमाउँनेछौँ।

नेपालीहरु कुनै विदेशी शक्तिको पराधिन भएर बस्नु परेन । बरु केही पुस्ताले आन्तरिक रुपमा अनुदार शासक वर्गको पीडा सहे। दुई चार पटक भारतले नेपाल माथि गरेको आर्थिक नाकाबन्दीको तितो अनुभव चाहिँ भोग्नु प¥यो। भारतीय नाकाबन्दीको बेला धेरै नेपाली जनतामा हामी पनि आर्थिक रुपमा सक्षम बन्नुपर्छ, स्वदेशमा नै विकास गर्नु पर्छ भन्ने सोच देखावटी रुपमा मात्र सिर्जना भयो तर त्यसलाई व्यवहारमा उर्तार्ने सोच भने कहिल्यै पलाएन।

नेपाल भित्र केही गर्न सकिन्छ वा हामीले स्वदेश भित्र नै केही गर्नु पर्छ भन्ने भावना सबै नेपालीहरुमा छैन। मानौँ नेपाली जनताले ब्रिटिस शासक विरुद्ध स्वतन्त्रताका लागि संघर्ष गरेका भए वा चीन र भारतसँग शक्ति संघर्षमा पिल्सिएको भए नेपाली नागरिकहरुमा पनि चीन वा भारतभन्दा विकसित हुने मानसिक सोचको विकास हुने थियो होला। त्यो सोच हाम्रो नेतृत्व वर्गदेखि कर्मचारीतन्त्रसम्म पुग्थ्यो होला।

अहिले धेरै सजिलो समय छ। हामीले सबै कुरा उत्पादन गर्न नसके पनि अरुले नै उत्पादन गरेर हाम्रो घरसम्म पु¥याइदिन्छन्। जस्तो, हामीसँग सागसब्जी लगाउने बारी छ र अन्न फलाउने खेत छ तर भारतबाट  आएको तरकारी हरेक दिन हाम्रो भान्सासम्म पुग्छ। हामीले किन खेती गर्ने? हामीले लगाउने कपडादेखि बिरामी हुँदा खाने औषधिसम्म उनीहरुले बनाइ दिएका छन्। हामी त विदेशमा गएर छोटो समयमा नै धेरै पैसा कमाउने हो? नेपालमा बसेर के गर्न सकिन्छ ? जाबो एक दुई लाख लगानी गरेर पनि के व्यापार गर्ने? तर हाम्रो शहर बजारमा भारतीय नागरिकले थोरै पुँजी सामान्य व्यवसायमा लगानी गरी लाखौँ रुपयाँ भारत लगिरहेका छन्। त्यो हामी गर्न खोज्दैनौँ। तर लाखौँ खर्च गरेर विदेश जान तयार हुन्छौँ।

व्यक्ति सम्पन्न हुने एउटा सफल सुत्र भनेको उसले आफ्नो आयको कति हिस्सा बचत गर्न सक्छ भन्ने हो। कुनै पनि व्यक्तिले आफ्नो आयबाट आधारभूत आवश्यकता पूरा गरी बचतको अनुपातमा वृद्धि गर्न सक्यो भने ऊ सम्पन्न हुँदै जान्छ तर आयस्तर ठूलो छ तर बचतको हिस्सा सानो छ भने त्यो व्यक्ति सम्पन्न हुन सक्दैन। त्यसरकाण आयस्तर सानो या ठूलो जस्तोसुकै भए पनि उसमा बचत गर्ने मानसिकताको विकास हुनुपर्छ। तर कुनै देश वा अर्थतन्त्र सम्पन्न हुनका लागि अर्थतन्त्रमा वस्तु तथा सेवाको माग गर्नेको हिस्सा ज्यादा हुनुपर्छ। अर्थात बजारमा धेरै वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताको बाक्लो उपस्थिति हुनु पर्दछ। किनकी पछिल्लो आर्थिक संरचना अनुसार कुनै पनि व्यक्तिले सबै वस्तु तथा सेवा आफैं उत्पादन गर्न सक्दैनन्। एउटा ठाउँमा ग्राहकको भूमिका निर्वाह गरेको व्यक्ति अर्को ठाउँमा व्यापारीको भूमिका निर्वाह गर्दै हुन्छ। अर्थतन्त्रमा पैसाको प्रवाहमा धक्का लाग्यो भने अर्थतन्त्रको विकासक्रममा पनि धक्का लाग्छ।

धेरै नेपालीको व्यक्तिगत आय न्यून छ। न्यून आय भएका व्यक्तिहरुको बचतको अनुपात कम हुन्छ। तर मध्यम आय भएका नेपालीहरुमा पनि अनुत्पादक कार्यमा खर्च गर्ने बानीले जरो गाडेर बसेको छ। नेपाली समाजमा धेरै संस्कृति, परम्परा मान्नेहरु छन्। उनीहरुले आफ्नो आयको धेरै हिस्सा त्यस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्दछन् जहाँ उनीहरुले आर्थिक लाभ पाउँदैनन तर व्यक्तिगत सन्तुष्टि र सामाजिक प्रतिष्ठा भने ठूलै प्राप्त गर्दछन्। उनीहरुले संस्कृति र परम्पराको नाममा गरेको खर्च अन्य व्यक्तिका लागि आयको स्रोत भए पनि उसका लागि भने ठूलै आर्थिक हानी हो। त्यसकारण हामीले हाम्रा परम्परा र संस्कृतिका नाममा गरिने फजुल खर्चमा कैची लगाउँनु पर्दछ । बचत भएको रकमलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्दछ। जुन दिगो आम्दानीको स्रोत बन्दछ।

धेरै नेपालीहरुमा आयलाई कसरी सही ढङ्गबाट खर्च गर्ने र आर्थिक संटकबाट कसरी बच्ने भन्ने स्पष्ट योजना नै छैन। एउटा उदाहरण हेरौँ। मासिक रु. १५ हजार कमाएर डेरामा बस्ने एउटा व्यक्तिले रहेक दिन १०० रुपयाँको पान गुड्खा खान्छ भने महिनामा रु. ३ हजार रुपयाँ स्वास्थ्यलाई हानी गर्ने पान गुड्खा खानमा खर्च गर्छ। जुन उसको कुल आयको २० प्रतिशत हुन आउँछ। बाँकी ८० प्रतिशत आयबाट उसले खाना, लताकपडा, औषधी उपचार, कोठाभाडा, बिजुली, टेलिफोन, इन्टरनेट र अन्य खर्च सबै धान्नु पर्छ। त्यस्तो अवस्थामा उसले आफ्नो आयबाट बचत नगर्न पनि सक्छ। थोरै आय भए पनि कुन क्षेत्रमा कसरी खर्च गर्ने स्पष्ट योजना बनाउनु आवश्यक छ। जति दुःख गर्दा पनि पैसा बचाउन नसक्नुका पछाडि हाम्रो खर्च गर्ने खराब शैली पनि एक हो।

हामी कुनै पनि काममा दिगो भएर लाग्दैनौं। त्यसको मुल कारण हो, हामी कुन व्यवसाय वा पेशा गर्न सक्षम छौँ त्यसको आँकलन हामी कहिल्यै गर्दैनौं। हाम्रो रुचिभन्दा पनि अर्को व्यक्तिले त्यो कामबाट कति कमाउँदैछ त्यसमा चाहिँ बढी ध्यान दिएर हेर्छौं। छिमेकीले कुनै काम गरेर राम्रोसँग पैसा कमायो भने हामी उसले गरेको पेशा तुरुन्त अपनाउँछौं । तर हामीमा दिगोपन छैन। छिट्टो प्रतिफल खोज्ने हामी नेपालीलाई थोरै तर दिगो रुपमा आय हुने पेशा मन पर्दैन। हामीलाई त आज लगानी गरेर भोलिदेखि नै प्रतिफल दिने काम गर्नु छ। हाम्रो यो सोचमा पनि परिवर्तन गर्नु आवश्यक छ।

हामी सबैले एउटै स्तरको धनसम्पति कहिल्यै पनि प्राप्त गर्न सक्दैनौं। तर हाम्रो व्यवहार परिवर्तन गरी थोरै आयबाट पनि एक सानदार जीवनशैली बाँच्न सक्छौँ। हाम्रो बचत गर्ने शैली, कुन क्षेत्रमा कसरी खर्च गर्ने योजना, कुन क्षेत्रमा लगानी गर्ने, उद्यमशीलता अपनाउने हो भने आर्थिक मितव्ययिता सिर्जना हुन्छ। आर्थिक मितव्ययिता नै आर्थिक सम्पन्नताको मूल कडी हो।

इमेलः naradrijal45@gmail.com  

Facebook Comments