परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना डायरी बन्द !

कोरोना डायरी –१६ 

आजदेखि मसँग लेख्ने सामग्री रित्तिएको घोषणा गर्न मात्र आज लेख्दै छु । होइन, लेख्न अब के नै बाँकी छ र ! नेपाली पत्रकारहरुले लेख्ने नै नेताका भाषण, विचार नमिल्नेको आलोचना, आफ्नो भन्दा अर्काे पार्टीको सरकार छ भने त्यसको दिलोज्यानले विरोध र आफूलाई मन नपर्ने मन्त्रीको तेजोबध गर्ने त थियो । अहिले त्यो क्रम रोकिएको छ ।

लकडाउनले गर्दा भाषणभुषण भई रहेका छैनन् । काम केही नभएपछि भ्रष्टाचारका कुरा लेख्न पनि अलि असान्दर्भिक हुन्छ क्यार ! प्रतिपक्ष, पक्ष, गुट र उपगुटको बारेमा लेखौं भने पनि ‘बेला न कुबेला बजी नियला’ होला भन्ने डर । सरकारको विरोध गर्ने र प्रधानमन्त्रीलाई आरोप लगाउने ठेक्का पनि ठूला मिडिया हाउसले पाएका छन् । कोरोना भाइरस र यसको विस्तार लगायतका खबर पनि अब पुराना हुन थाले । यस्तो बेलामा लेख्ने विषय नै के छ र ! यिनै कारणले गर्दा अब एकदुई दिन विराएर मात्र डायरी लेख्ने निर्णय गरेको हुँ ।

अस्ति मेरा मित्र कोमल भट्टराईले फेसबुकमा एउटा भनाइ पठाई दिनु भए छ । सान्दर्भिक र समय सापेक्ष लाग्यो । हिन्दीमा रहेको उक्त भनाई नेपालीमा बनाउँदा यस्तो हुदो रैछ –

– मानिससँग १ मिटर

– धर्म गुरुहरुसँग १ किलोमिटर

– अन्ध भक्तहरुसँग ५ किलोमिटर

– र न्यूज च्यानल अर्थात् सञ्चार माध्यमसँग २० किलोमिटर दुरी बनाई राख्नु नै लकडाउनको पूर्ण पालना गर्नु हो ।

यो भनाई अथवा लेखाई जसको भए पनि तपाईं हामी सबैले मनन् गर्नु पर्ने यथार्थ हो । मानिसहरु सञ्चार माध्यमसँग त्रसित छन् भन्नु नै पत्रकारहरुसँग जनता तर्सिएका छन् भन्नु हो । शंकाको भरमा समाचार बनाउने, स्रोत खुलाउन नमिल्ने भन्दै मनगढन्ते लेखेर अर्काको हुर्मत लिने, आर्थिक प्रलोभनको प्रभावमा परेर कलम चलाउने र धेरैले पढुन भनेर समाजलाई आतंकित बनाउने समाचार सम्प्रेषण गर्ने काम पत्रकारले गरेपछि सञ्चार माध्यमसँग २० किलोमिटर परै बस्नु पर्छ भन्ने सन्देश फैलिएको हुनसक्छ ।

अन्य आकर्षणहरू

देउवा दाइसंग अनुनय विनय !

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

हा,े यस्तो बेलामा पत्रकारले लेखेर आफ्ना पाठकलाई किन २० किलोमिटर पर धकेल्ने ? पर पन्छाउनु हँुदैन भनेर नै डायरी लेखन कार्यलाई निरन्तरता नदिने निर्णय गरेको हुँ ।

सवाल त अर्को पनि छ नि ! पत्रकारले नलेख्ने हो भने कसले लेख्छ ? यसको उत्तर सहज छैन । मैले डायरी लेखन मात्र रोक्ने भनेको हो । अरु विषयमा कलम चलेकै हुन्छ । तपाईंहरुसँग यही परिसंवाद डट कम मार्फत् सम्पर्कमा यथावत रहने नै छु ।

परिसंवाद डट कमका प्रधानसम्पादक रघु मैनाली र सम्पादक घमराज लुइटेलको आग्रहमा लकडाउनको समयलाई सहज बनाउने मनसायले डायरी लेख्न सुरु भएको हो । सायद मेरो यो निर्णय उहाँहरुलाई मनपर्ने छैन । तर, अन्य विषयमा लेख्ने कुरा उहाँहरुलाई जानकारी गराउँछु । प्रत्येक दिन आफूले भोगेका कुरा र सम्झिएका विषय लेख्ने र डायरीको रुप दिने सल्लाह प्रधानसम्पादक रघु मैनाली र मेरो बिचमा भएको थियो । त्यही सल्लाह बमोजिम आजसम्म म तलारिदै आएको हुँ ।

घर भित्र– आँगनदेखि छतसम्म, भ¥याङदेखि वारर्दलीसम्म, बैठक कोठादेखि भान्सा कोठासम्मको यात्रा अहिले पनि जारी छ । मैले पाठहरुलाई यी सबै चोटा, कोठा, छत, बारदली र अन्यत्र समेत घुमाई सकेको छु । वास्तवमा छोटा, मनोरञ्जनात्मक विषयलाई घालघोल पारेर ब्याङ्ग्यात्मक खोराक पस्किन सकिन्छ कि भन्ने थियो । पाठकले नै भन्नु होस् डायरीले के ग¥यो कुन्नि !

थुप्रै मित्रहरुले शेयर गर्नु भयो । कतिपय मित्रले फोन गरेर आफ्नै मनको कुरा जस्तो लाग्यो भनेर धन्यवाद दिनु भयो । केही मित्रहरुले भने कति गनगन गरेको ! अरु गहकिलो विषयमा लेख्दा राम्रो भन्ने सल्लाह पनि दिनु भयो । सबैलाई धन्यवाद । नमस्कार !

२०७७ वैशाख ४ गते

Facebook Comments