सूर्यत्राटक : अब पूर्ण प्राकृत जीवन – २
पूरै पृथ्वी मान्छेको कब्जामा छ । प्रकृतिको ‘ईकोसिष्टम’ भताभुंग पारिएको छ । मान्छेले अन्य जीवहरुलाई मनलाग्दी आफ्नो भोजन बनाएको छ । मान्छे मान्छे रहेन । मान्छे म्लेच्छ वा ‘काफिर’ वा ‘एभिल फोर्स्’मा परिणत भएको छ । पृथ्वी ग्रह बिष्फोटको अन्तिम क्षणमा छ । यहाँ फटाफट ज्वालामुखिहरु फुट्न थालेका छन् । भुमिकम्पहरु हुन थालेका छन् । भै नै रहेका छन् । पहिराहरु जान थालेका छन् । शहरहरु बाढीले बगाउँन थालेका छन । अनेक भाइरसहरुको संक्रमण बढ्दो छ । तर पनि मान्छेहरु खग्रास छन् । खण्डग्रास छन् । खण्ड खण्डग्रास छन् । मान्छेहरु पूर्णतः ‘ईक्लिप्स्ड’ छन् ।
एउटा आफ्नै करेसाको उदाहरणले प्रकृतिमाथिको दोहन प्रष्ट्याउन चाहन्छु । केही वर्षअघि यहाँ नदी उल्टिईन् । तर पनि मान्छेले प्रकृतिको चेतावनी स्विकार गरेन । नदीलाई स्वतन्त्र त्यस नयाँ स्थानमा बगिरहन दिइएन । पुनः पुरानै स्थानमा बल र हठपूर्वक फर्काइएको थियो । भविष्यमा सप्तकोशी नदी डाक्टरले निको पारेको रोग बल्झे झैं भ्ल्याट्टै अर्कातिर उच्छिट्टिने हुन् कि ?
यहाँ एउटा प्रख्यात अंग्रेजी कथाको स्मरण हुन्छ । ग्यूलीभर भन्ने पात्र एकदिन कुनै बिरानीमा हराउँछ । त्यो यस्तो दुनियाँ हुन्छ कि त्यहाँ ‘लिलीपुट’हरुको साम्राज्य हुन्छ । मान्छेको कमिजको एउटा खल्तीमा आँट्न सक्ने मान्छे झैं देखिने ससाना जीवहरुले ग्यूलिभरलाई पक्रिएर कैदमा राख्न खोजेको दृष्य निकै घतलाग्दो छ । यस कथामा आधारित केही अंग्रेजी र हिन्दी सिनेमा समेत बनेका छन् ।
नदी फर्काउने इन्जिनियर र मजदूरहरुको समूहले त्यतिबेला कोशी नदीमा काम गरिरहेको ‘एरियल भ्यू’को कल्पना गर्नुहोस, ग्यूलिभरको कथा त धेरै सानो नजर आउँछ । मान्छेको भोल्यूम पुरै ब्रह्माण्डका अघिल्तिर कति हो ?
पश्चिम त गरिबहरुलाई क्रमशः मारेरै सक्न चाहन्छ । शक्तिराष्ट्रका गुप्त मिशनहरुमा मान्छेहरु मारेर मल बनाउँने योजनाहरु हुन्छन् । यसलाई यिनीहरु ‘ह्यूमन कम्पोष्टाईजेशन’भन्दछन् । हजारौं, लाखौं, करोडौं मानिस घडीको घण्टे सुइरो घुमेको गतिमा मार्नु यिनको मिशन रहन्छ । ताकि प्रत्यक्षतः कसैलाई त्यस्तो ‘ग्राजुअल होलोकाष्ट’को छनकै नहोस् । ‘कन्स्पिरेसी थ्योरी’का जानकारहरु यसैलाई ‘ए साईलेण्ट प्राक्टिस अफ थर्ड वल्र्ड वार’ पनि भन्न रुचाउँछन् । अनि के अहिले कोरोना भाइरस पनि यसै सिद्धान्त अनुसार विकसित गरिएको हो ? यदि होइन भने पनि अहिले यसको महामारी फैलिएपछि यसलाई नै हतियार बनाएर आफ्नो पुरानो मिशनलाई शिघ्र रफ्तारमा अघि बढाइएको आभास पनि भइरहेको छ । उपचारको नाउँमा अनेक प्रयोगहरु चलिरहेका छन् । जो कदाचित मानव हितमा छैनन् ।
यो प्रकृतिलाई उसैको हिशाबमा चल्न दिनु मुनाशिव हुन्छ । प्रकृतिले मान्छे अनुसार होइन, मान्छेले चाहिँ प्रकृतिका हिशाबमा चल्नुपर्ने हो । तर यहाँ त सब गडबढ हुनपुगेको छ । छैन त ? यहाँ पहाडमा सुरुंग खन्नु, समुन्द्रका छालहरु नियन्त्रण गर्नु, पशुवधका लागि नयाँनयाँ यन्त्रहरु बनाउनु, अत्याधुनिक हातहतियारहरु निर्माण गर्नु आदि कार्यलाई बिकास भन्ने गरिएको छ । तर यो सोह्रैआना विज्ञानको दुरुपयोग हो ।
प्रकृतिलाई आत्मसात, स्विकार र प्रेम गरेर अब जीवन सहज बनाउँनुको बिकल्प छैन । मानवले प्रकृतिलाई जित्न सक्दैन । कथंकदाचित, जित्न खोजे दक्षिण बग्ने नदीमा उत्तर बाँकटे हान्नु जस्तै हो । तेजधार नदी पर्यो भने मृत्यु निश्चित छ । तसर्थ उसले अब प्रकृतिमैत्री भएर जीवनको नयाँ उपक्रम शुरु गर्नै पर्ने बेला आएको छ ।
मान्छे एउटा निश्चित भूमि कब्जा गरेर त्यहाँको राजा हुन सक्छ । तर ऊ प्रकृतिको राजा हुन सक्दैन । मान्छे यहीँ निर चुकेको छ । उसले प्रकृतिलाई लाशमा तव्दिल हुन्जेल बलात्कार गरेको छ । गरिरहेको छ । आज पश्चिमा मुलुकहरु जसरी आफ्नो बिलासी दुनियाँका ‘आउटडेटेड भर्सन’हरु गरिब र बिकासोन्मुख मुलुकहरुलाई बेचिरहेका छन्, त्यो आफूभन्दा कमजोरहरुलाई मारिसिद्याउँने कुत्सित चाला हो । आज दुनियाँको सारा बैभव ‘एभिल फोर्स’हरुको कब्जामा छ । र यिनले जे चाह्यो त्यही हुन्छ । यिनले ट्रम्प, पुटिन, सि जीन अनि मोदीहरु योजनाबद्ध ढंगले जन्माउँछन् । हामीले टेलिभिजनमा हेर्ने शक्तिशाली राष्ट्रका शासकहरु सदियौंदेखि बैंक खोलेर संसारको अर्थतन्त्र कब्जामा लिन सफल त्यस्ता ब्यापारी ‘राथशिल्ड’ घरानाका प्यूसा मात्रै हुन । दोस्रो विश्व युद्धमा हिटलरलाई जन्माउँनेहरु पनि ‘राथशिल्ड’ घराना नै थियो । सिध्याउने पनि उनीहरु नै ।
(पढ्नुहोसः बुल्गेरियन लेखक निकोलास एम निकोलोभको पुस्तक ‘वल्र्ड कन्स्पीरेसी’ । यस पुस्तकले कसरी संसारका सबैभन्दा धनी घरानाहरु विश्व सरकार बनाउँन चाहन्छन् र सो को लागि उनीहरु युद्ध लगायत अनेक हतकण्डा अपनाएर लाखौंकरोडौ मानिसहरुलाई सदियौंदेखि बेमौत मारिरहेका छन् लगायत अरु कैयन गुप्त विश्व षड्यन्त्रहरुको भण्डाफोर गरेको छ । ‘मल्टिनेशनल कम्पनी’ मार्फत पूजिँपतिहरुले दुनियाँभरको बजार कब्जा गरेका छन र सोको केन्द्रिय लगानी राथशिल्ड लगायतका केही रहस्यमय घरानाहरुले भूमिगत विश्व सरकार बनाएर कसरी संसारलाई क्रमशः नियन्त्रणमा लिईरहेका छन् भन्ने कुरालाई यस किताबमा बडो रोचक ढंगले वर्णन गरिएको छ । कैयन पश्चिमा षड्यन्त्रहरुलाई पर्दाफास गरेपछि उक्त पुस्तकमाथि कतिपय मुलुकमा प्रतिबन्ध पनि लगाइएको थियो ।)
अब सूर्यसँग संबन्ध नबढाइ पुर्नताजगी प्राप्त गर्न मुश्किल छ । कुनै काल्पनिक इश्वरको अकल्पनिय प्रार्थनाभन्दा एक घण्टा घाममा बस्दा बढी आशिर्वाद र उर्जा मिल्दछ । किनभने सूर्य नै हाम्रो केन्द्रिय उर्जास्रोत हो । अनि हामी आएका पनि त्यहीँबाट हौँ । सूर्य हाम्रो शक्तिकेन्द्र हो । गर्मी होस् या ठण्डी मौसम ज्यादा समय सूर्यको किरणमा बिताउँनु अति नै जरुरी छ । यसले हामीलाई स्वस्थ रहन मद्दत गर्छ । रिसर्चहरुमा बताइए अनुसार खुल्ला स्थानमा घामसँग तादात्म्यता राखेर बसेकाहरुको दाँजोमा ठूला शहरका बन्दबाकसमा बस्नेहरुमा ‘भिटामीन डि’ को अत्याधिक कमि हुने गर्दछ ।
आज हामीले खेतमा हाल्ने मल आदिमा विष छ । बोतल वा प्लास्टिकबन्द खाध्यपदार्थमा विष छ । एलोपेथिक औषधिका नाममा सिधै मृत्यु बेचिन्छ । अमेरीका, क्यानाडा र यूरोपका उध्योगहरुले दुनियाँमा सबैभन्दा बढी प्रदुषण गर्छन् । एकातिर यी जहर उत्पादन गरेर गरिव र विकासोन्मुख मुलुकहरुमा पठाउँछन् अर्कातिर तिनलाई बनाउँन ग्रह र मानवतामाथि अत्याचार गर्छन् । मिशाईल, क्षेप्यास्त्र लगायत आणविक हतियारहरुको त कुरै बेग्लै ।
यो ग्रह यति ठूलो छ कि एक्कै चोटि महसूस हुन कठिन छ, यहाँ यसलाई कसले कति दोहन गरिहेको छ । समग्रमा पृथ्वी आज ल्यावमा चिरिदाँचिरिदाँ समाप्त भएको ‘गिन्नी पिग’ समान भएको छ । दोहोर्याउन मन लाग्छ, मान्छेले पृथ्वीलाई लगातार बलात्कार गरेर ज्यूँदो लाशमा परिणत गरिदिएको छ । र,यो बलात्कार अझै जारी छ ।
पश्चिम त गरिबहरुलाई क्रमशः मारेरै सक्न चाहन्छ । शक्तिराष्ट्रका गुप्त मिशनहरुमा मान्छेहरु मारेर मल बनाउँने योजनाहरु हुन्छन् । यसलाई यिनीहरु ‘ह्यूमन कम्पोष्टाईजेशन’भन्दछन् । हजारौं, लाखौं, करोडौं मानिस घडीको घण्टे सुइरो घुमेको गतिमा मार्नु यिनको मिशन रहन्छ । ताकि प्रत्यक्षतः कसैलाई त्यस्तो ‘ग्राजुअल होलोकाष्ट’को छनकै नहोस् । ‘कन्स्पिरेसी थ्योरी’का जानकारहरु यसैलाई ‘ए साईलेण्ट प्राक्टिस अफ थर्ड वल्र्ड वार’ पनि भन्न रुचाउँछन् । अनि के अहिले कोरोना भाइरस पनि यसै सिद्धान्त अनुसार विकसित गरिएको हो ? यदि होइन भने पनि अहिले यसको महामारी फैलिएपछि यसलाई नै हतियार बनाएर आफ्नो पुरानो मिशनलाई शिघ्र रफ्तारमा अघि बढाइएको आभास पनि भइरहेको छ । उपचारको नाउँमा अनेक प्रयोगहरु चलिरहेका छन् । जो कदाचित मानव हितमा छैनन् ।
अर्कातर्फ मान्छेका अप्राकृतिक कुकृत्यहरुका कारणले जान्छन् ज्वालामुखि, भूमिकम्पन, बाढी, पहिरो, सुनामी आदि । अनि मान्छे प्रकृतिलाई नै पो दोष दिन थाल्छ । मान्छेले भविष्यमा प्रकृतिलाई अदालतमा मुद्दा हाल्न बेर छैन । मान्छेले आफूलाई बुद्धिमान परिभाषित गर्छ भने, उसलाई बनाउँने प्रकृति ऊ भन्दा अरबौं, खरबौं ‘मेगा मेट्रिक टन’ गुणा बढी बुद्धिमान छ । यस कुराको तत्व मीमांसा हामी मान्छे नामक मनुवाहरुले गर्नु जरुरी छ । अर्को कुरा, सम्पूर्ण बाह्य फैलावका अगाडि मान्छे कत्रो हो ? पुरै ब्रम्हाण्डका अगाडि हाम्रो तौल र क्षमता कति हो ? हामी भन्दा अगाडि कति मान्छे आए अनि गए र हाम्रो शेष पश्चात यहाँ कति आउँनेछन् जाँनेछन् ? अनि यो महासमयका अगाडि हाम्रो आयु कति हो ? अनि यो असमयताका अगाडि हाम्रो पाइन् कति हो ? यो बिशाल रहस्यमय फैलावका अगाडि हाम्रो सुरक्षाको चाबि कहाँ छ ? यी कुराहरुको सत्यार्थवोध यहाँका सबैलाई अपरिहार्य हो ।
सूर्यत्राटक र समग्र स्वस्थ जीवन
शहरहरुमा अग्लाअग्ला आलिशान महलहरुले सूर्यलाई छेकेका हुन्छन् । मानवलाई प्रत्यक्षरुपमा सूर्यको किरणको अति जरुरत हुन्छ । यसको अभावमा प्रकाशकुपोषण हुन्छ र प्राण जान्छ । भविष्यमा कुनैदिन शहरहरुमा ब्यापारीहरुले सूर्यकिरण डिब्बाबन्द गरेर बेच्न बेर छैन । आज पानी जो बेचिरहेका छन् । पृथ्वी जो बेचिरहेका छन् । आगो जो बेचिरहेका छन् । वायु जो बेचिरहेका छन् ।
यदि कसैलाई यस्तो जानकारी भए मलाई बताउनु होला जहाँ घामको किरण पनि हटियामा बेच्न राखिएको होस् ।
विज्ञानको बहानामा आज धनि र शक्तिशाली राष्ट्रले हामी पूर्वीया र पुरै विश्वलाई कसरी उल्लू बनाएका छन् त्यो हेरौँ । विज्ञान भन्छ, सूर्यमा नांगो आँखाले नहेर । रेटिना सिज हुन्छ । अन्धो भइन्छ । आदि ।
तर पूर्वका शाष्त्रहरुमा सूर्यत्राटक भन्ने एउटा साधना उल्लेख छ । कैयनले यो गरे । कैयन गर्दा पनि हुन् । यो सूर्यमा नांगो आँखा टिकाइ एकटक लगाएर हेर्ने एउटा महासाधना हो ।
प्राचीनकालमा यता साधकहरुले सूर्यत्राटक तेस्रो नेत्र खोल्न हठ्योगमा समावेष गरेको अति नै दुर्लभ साधना पद्धति हो । अंग्रेजको दुनियाँमा पनि यो कुनै तरहले नोटिसमा लिईएको विध्या हो । अपोलोका आँखा सूर्यत्राटक गरेर शक्तिशाली भए । जी.के. चेष्टरटन ‘दि आई अफ अपोलो’मा लेख्छन्, ‘अ म्यान क्यान इन्ड्यूर एनीथिंग इफ हिज माइन्ड इज क्वाइट स्टेडी । इफ अ म्यान वेअर रियल्ली हेल्दी हि कुड स्टेर एट दि सन ।’ अर्थात, एउटा मान्छेले मन स्थिर हुँदा जे पनि सहन गर्न सक्छ । वास्तवमै स्वस्थ मानिसले सूर्यमा त्राटक गर्न सक्छ ।
हुन त जी.के. चेष्टरटनको ‘दि आई अफ अपोलो’ एउटा जासूसी कथा हो । तर यो चानचुने कथा होईन । धेरै जसो अंग्रेज सर्जकहरुको अनुसन्धान धाँसु हुन्छ । यो त्यस्तो बिरलै एउटा दृष्टान्त हो । ग्रीक र रोमन सभ्यतामा सबैभन्दा बढी पुजिएका अपोलोको हवाला दिँदै चेष्टरटन एउटा अनौठो समिकरण पेश गर्छन्, स्वस्थ मान्छेले मात्रै सूर्यमा टक लगाउन सक्छ । र, सूर्यमा टक लगाउने मान्छे स्वस्थ हुन्छ ।
सूर्यत्राटक गर्ने अपोलो कवि, चिकित्सक, भविष्यबेत्ता, धनुर्धारी, संगीतकार, नर्तक, एथलेटिक्स जस्ता अनेक आयाममा निपूण थिए । सूर्यका उपाशक उनलाई प्रकाशका देवता पनि भनिन्छ ।
विज्ञानलाई मेरो चुनौति छ, २४ वर्ष सूर्यत्राटक गर्दा पनि मेरो रेटिना उडेको छैन । म अन्धो भएको छैन । बरु यसले मलाई अकल्पनिय नतिजाहरु दिएको छ । तर सूर्यमा हेर्दा केही सावधानी पनि अपनाउनु पर्ने हुन्छ । एक्कासी सूर्यमा नहेर्नुहोला । मैले एक्कासी थालेको होईन । शुरुमा मैले मैनबत्तीको शिखामा महिनौं त्राटक गरें । यसको एक वर्षपछि मैले पानीमा टल्केको घाम हेरें । त्यसबीच उदाउँदो घामको तल माथि र दायाँ बायाँ पनि झल्याक झुलुक हेर्न थालिसकेको थिएँ । अनि पानीमा सूर्यलाई परावर्तन गरेर केही समय हेरेपछि ऐनामा परावर्तन गरेर हेर्न थालियो । यसको केही महिनापछि बल्ल साक्षात सूर्यमा ।
पूर्विय सभ्यतामा सूर्य त्राटकको वर्णन अत्याधिक छ । खास गरी हठयोगमा यो उल्लेख छ । कैयन ऋषिमुनि र योगीहरु सूर्यत्राटक गर्थे । विभिन्न धर्महरुमा सूर्यका बिशेष किशिमले पूजा, दर्शन र प्रार्थना हुन्छन् । सूर्यसँग मानव सभ्यताको संबन्ध त श्रृष्टिसँगै हो । तर कालान्तरमा आज शहरहरुमा ठूलाठूला अट्टालिकाहरुले सूर्यलाई छेकेर मान्छेहरु जीवन बिताउँछन् । हामी मान्छेहरु सिमेन्टका अग्ला होचा बाकसहरुभित्र गुम्सिएका छौं । हामीलाई ‘भिटामिन डि’को कमि छ । थाहै नपाई थाइरोइड, डिप्रेशन लगायत अरु कैयन समस्याहरुले हामीलाई गाँजेको छ । बिहान कतिखेर सूर्य उदायो र बेलुका कतिखेर अस्तायो हामीलाई पत्तै हुँदैन ।
सायद हामी कहालिलाग्दा चिहानहरुबाट हमेशाका लागि मुक्ति चाहन्छौं । हामी सिमेन्ट,फलाम, ईंट्टा, ढुंगाका काप र चट्टानी कोपहरुबाट सदाका लागि निस्किन चाहन्छौँ ।
अब सूर्यसँग संबन्ध नबढाइ पुर्नताजगी प्राप्त गर्न मुश्किल छ । कुनै काल्पनिक इश्वरको अकल्पनिय प्रार्थनाभन्दा एक घण्टा घाममा बस्दा बढी आशिर्वाद र उर्जा मिल्दछ । किनभने सूर्य नै हाम्रो केन्द्रिय उर्जास्रोत हो । अनि हामी आएका पनि त्यहीँबाट हौँ । सूर्य हाम्रो शक्तिकेन्द्र हो । गर्मी होस् या ठण्डी मौसम ज्यादा समय सूर्यको किरणमा बिताउँनु अति नै जरुरी छ । यसले हामीलाई स्वस्थ रहन मद्दत गर्छ । रिसर्चहरुमा बताइए अनुसार खुल्ला स्थानमा घामसँग तादात्म्यता राखेर बसेकाहरुको दाँजोमा ठूला शहरका बन्दबाकसमा बस्नेहरुमा ‘भिटामीन डि’ को अत्याधिक कमि हुने गर्दछ ।
म सन् १९९६ देखि सूर्यत्राटक गर्दछु । विपश्यना ध्यान थालेपछि मैले यो साधनालाई अझै तेज गरेँ । त्यसो त विपश्यनामा यो सिकाईंदैन । ध्यान गरेपछि कुनै प्रालब्धसँग एकाकार भएर मेरो सूर्यउपाशनामा बढोत्तरी आउन पुग्यो । फलस्वरुप मैले घण्टौं सूर्यमा नांगा आँखाले हेरेको छु । अझै जरुरत महसूस हुँदा म सूर्यत्राटक गर्ने गर्छु ।
विज्ञानलाई मेरो चुनौति छ, २४ वर्ष सूर्यत्राटक गर्दा पनि मेरो रेटिना उडेको छैन । म अन्धो भएको छैन । बरु यसले मलाई अकल्पनिय नतिजाहरु दिएको छ । तर सूर्यमा हेर्दा केही सावधानी पनि अपनाउनु पर्ने हुन्छ । एक्कासी सूर्यमा नहेर्नुहोला । मैले एक्कासी थालेको होईन । शुरुमा मैले मैनबत्तीको शिखामा महिनौं त्राटक गरें । यसको एक वर्षपछि मैले पानीमा टल्केको घाम हेरें । त्यसबीच उदाउँदो घामको तल माथि र दायाँ बायाँ पनि झल्याक झुलुक हेर्न थालिसकेको थिएँ । अनि पानीमा सूर्यलाई परावर्तन गरेर केही समय हेरेपछि ऐनामा परावर्तन गरेर हेर्न थालियो । यसको केही महिनापछि बल्ल साक्षात सूर्यमा ।
र, यो सूर्यत्राटक मैले कुनै किर्तिमान कायम राख्न वा प्रतिस्पर्धा जित्नका लागि गरेको होईन । यो मेरो प्रालब्ध हो । जो ध्यान गर्दा अचानक बेगल भयो र सूर्यत्राटक मेरो आदत हुँदै गयो । अनि कुराहरु बुझ्दै गएपछि जरुरत पनि ।
अनेक तरहले सूर्य हामीलाई शाश्वत, प्राकृतिक र ईश्वरिय जीवन दिइरहेको छ । के हामीले यसलाई लिइरहेका छौं ?या तिरस्कार गरिरहेका छौं? ईश्वरको अनुकम्पा त चराचर छ । तर के हामीले त्यसलाई स्विकार गरिरहेका छौँ ?
कतै एउटा महान भनाई सुनेको थिएँ, बिराटको दर्शनले प्रायः तुच्छको समाधान हुन्छ ।
हेक्का रहोस्, आगो तुच्छ हो जब कि हामीसँग साक्षात सूर्य छ ।
सूर्यदर्शन र सूर्यस्नानले हामीलाई आफ्नो बास्तविक स्वरुपको झलक पनि दिन्छ । हामी सूर्यबाट नै आयौं र सूर्यतर्फ नै जादैछौँ ।
आगो तुच्छ हो जब कि हामीसँग साक्षात सूर्य छ ।
तसर्थ हामीले अब हर तरहले प्राकृत जीवनतर्फ नफर्किए हाम्रो विनाश निश्चित छ । र, त्यो दिन लगभग टप्किसकेको छ ।
जागौँ र जगाऔँ ।