परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गर्त

भन्थे साथीहरु
यो कोरोको काम घटाउँनु पर्छ
३ दिनमै सबै क्रिया कर्म अटाउँनु पर्छ
देख्नु भो !
१४ दिन त बस्नै पर्ने रहेछ
बन्दोबस्त बार कस्नैपर्ने रहेछ ।

इतिहासले हामीलाई अप्रत्यक्ष निर्देश छाँटिरहन्छ
वर्तमान चैं इतिहासलाई ढाँटिरहन्छ
बा भन्नुहुन्थ्यो
लुगा खोलेर खाना खाउ
लुगा खोलेर पाइखाना जाउ
प्रत्येक पल्ट आचमन गर
अभक्ष भक्षणमा अगाडी नसर ।

अब फेरि हामी भविष्यलाई आदेश गर्ने छौं
त्यो भविष्यले हाम्रो वर्तमानको इतिहासलाई
फेरि लोप्वा खुवाउँने छ
आधुनिकताको नाममा
आफ्नै गर्त खनेर
संसारलाई मसान बनाउँने छ ।

Facebook Comments