परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना महामारी: खोइ त प्लेटोको फिलोसोफर किंग ? 

एक वैज्ञानिकले भनेका थिए, यहाँ चौथो विश्वयुद्ध कहिल्यै हुने छैन । किनभने, तेस्रो विश्वयुद्धमा नै पृथ्वी सम्पूर्णतः ध्वस्त हुने छ ।जन्म लिने सबै प्राणीको मृत्यु सय प्रतिशतले निश्चित छ । चाहे प्राणी जसरी वा जहाँसुकै मरोस्; एकसाथ वा एकएक गर्दै, यसले के फरक पर्छ ? यहाँ अन्य प्राणीलाई छाडेर केवल मान्छेको कुरा गर्नु उचित हुन्छ । किनभने, ऊ स्वघोषित बुद्धिमान प्राणी हो ।

पशुपंछीहरुले यस्तो कुरा बुझ्दैनन्, बुद्धिमान प्राणीले यस्तै ठान्छ । त्यसैले यो आलेख उक्त बुद्धिमान प्राणीको हितमा लेखिएको हो,यो आशामा कि सायद उसले जीवनको शाश्वत सत्यका बारेमा केही मनन गरेको खण्डमा जीवनलाई थप सहज तुल्याउन सक्नेछ ।

जन्मिएपछि मृत्यु निश्चित छ । तर यहाँ मृत्युलाई कोही पनि स्विकार्न चाँहदैन । जीवन प्रति आशक्तहरु मर्न चाँहदैनन् । अनि अन्त्यतः घिसारिन्छन् ।हरेक समाजमा मृत्युलाई अनेक तरहले ढाकछोप गरेर केवल जिन्दगीको गीत गाइँन्छ वा गाउँन सिकाइन्छ । जीवनका सारा परिभाषाहरु देह केन्द्रित छन् । देह पारको आयाम बारेका शिक्षाहरु बिलुप्त प्रायः छन् ।

आज विवाहप्रति जुन आकर्षण छ त्यसको ठिक बिपरित मृत्युप्रति बिकर्षण छ । जन्मिन र जन्माउँन त यहाँ प्रायः सबै लागिपरेका छन् । तर मृत्यु बारे तिनै मान्छेहरु कुनै पनि कुरा सुन्न तयार छैनन् । मान्छेका हरेक कृयाकलाप र जीवनशैलीहरु मृत्युसँग पलायन मात्रै खोज्छन् । मान्छेले यहाँ कैयन तरहले मृत्युसँग छलिने इजादहरु अपनाएको छ । हर हमेशा मान्छे मृत्युलाई छक्याउन मात्रै खोजिरहेको हुन्छ । अनि अन्त्यमा मान्छे यहाँबाट नचाहँदा नचाहँदै पनि नराम्रोसँग घिसारिन्छ । घिसारिएको छ ।

दार्शनिकहरु दावा गर्छन्, दुःखको प्रथम कारण मृत्युसँग भाग्नु हो । मृत्युसँग बचाव गर्दा मान्छे उल्टो मृत्युतर्फ नै शिघ्र रफ्तारले दगुरिरहेको हुन्छ । यसको विपरित जीवित अवस्थामा मृत्युलाई खोज वा अनुभूत गर्न खोज्दा मान्छे अमर हुन पुग्छ । यो नदीका साथ बग्नु र नदीको उल्टो धारमा पौडिन खोज्नु बीचको भेद जस्तै हो । मृत्युलाई अनुभूत गर्नेहरु तत्क्षण एउटा महाजीवनतर्फ प्रस्थान गर्दछन् ।

आज कोरोना भाइरसको विश्वब्यापी संक्रमणका बेला अकस्मात निर्णय गरिएको लकडाउनमा गौतम बुद्धको ध्यान सिकेकाहरुलाई कुनै गाह्रो छैन । हर गाह्रो परिस्थितीलाई पनि एउटा ध्यानीले सजिलै पचाइदिन्छ । किनभने, उसले हर मुश्किललाई पनि ध्यान गरेर नै झेलिदिन्छ । स्मरण रहोस्, बुद्धको ध्यान गर्ने साधक मृत्युलाई पनि होशमा नै वरण गर्ने अभ्यासमा जुटेको हुन्छ भने,उसका अगाडि अरु तकलिफहरु त सामान्य नै ठहर्दा हुन् ।

जगतमा देहाभिमानीहरु ठूलाठूला शाषक भएका छन् । उनीहरु देहको दायराभन्दा पारी केवल अन्धकार देख्छन् । अनि उनीहरु आफ्नो वरपर झूठो जिन्दगीको तरहतरहले इजाद गर्छन् । उनीहरुको चाललढाल हेर्दा यस्तो लाग्छ उनीहरु यहाँ मृत्युलाई पनि शाषन गर्न ताम्सिएका छन् । तर कहिलेसम्म र कसरी ? जवाफ उनीहरुसँग छैन र उनीहरुका कथित सल्लाहकारहरुसँग पनि छैन ।आजसम्म कस्ताकस्ता भयंकर मान्छेहरु यो ग्रहमा जन्मिए । तर जस्तै भयंकर पनि अन्त्यमा मरे ।

हामीभन्दा अगाडि यस ग्रहमा बस्ने खरबौँ मान्छेहरुको आज अवशेष पनि भेट्न मुश्किल छ । जति नै राख्न खोजे पनि अलिक पछि यहाँ हाम्रो पनि अवशेष हुने छैन । भएर पनि के काम ? देह नै सबथोक हो भन्ने भावले उम्लिएपछि मान्छे दुःखी भएको हो । देहलाई नै सबथोक मानेपछि मान्छे मृत्युबाट भाग्न बाध्य भएको हो । जीवन र जगत अर्थात पदार्थको अन्तिम सत्य मृत्युलाई स्विकार्न नसक्नु केवल उसको अज्ञानता हो । र, भ्रम पनि ।

त्यसैले जगतलाई अब डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र कुनै टोम, डिक वा ह्यारी जस्ता देहाभिमानीहरु होइन प्लेटोले भनेजस्तो ज्ञानी शाषक अर्थात फिलोसोफर किंगको जरुरत छ । जसले देह वार र देह पार जिन्दगीको आयामलाई बुझेको होस् । जनताको आँखामा एक पटक नियाल्नासाथ ऊ त्यहाँ झुठ र सत्यलाई भेद गर्न सक्षम होस् । आत्मा र पदार्थ दुवैको अस्तित्वलाई उत्तिकै बुझेको होस् । सिधै भन्नु पर्दा उसले गौतम बुद्ध र कार्ल माक्सलाई फ्यूजन गर्न जानेको होस् ।

आज कोरोना भाइरसको विश्वब्यापी संक्रमणका बेला अकस्मात निर्णय गरिएको लकडाउनमा गौतम बुद्धको ध्यान सिकेकाहरुलाई कुनै गाह्रो छैन । हर गाह्रो परिस्थितीलाई पनि एउटा ध्यानीले सजिलै पचाइदिन्छ । किनभने, उसले हर मुश्किललाई पनि ध्यान गरेर नै झेलिदिन्छ । स्मरण रहोस्, बुद्धको ध्यान गर्ने साधक मृत्युलाई पनि होशमा नै वरण गर्ने अभ्यासमा जुटेको हुन्छ भने,उसका अगाडि अरु तकलिफहरु त सामान्य नै ठहर्दा हुन् ।

यता समय अझै घर्किसकेको छैन । अझै पनि ध्यान सिकेर देह इतरको आयामलाई अनुभूत गर्न सकिन्छ । बुद्धले त यहाँसम्म भने कि यदि प्यास छ भने मर्नुभन्दा एक घण्टा अगाडि सिकेको वा गरेको ध्यानले पनि मुक्तिको मार्गमा धकेल्न सक्छ । किनभने, जीवन यति मात्रै होइन । जीवन शाश्वत छ । जीवनको त्यही शाश्वततालाई नजान्दा मान्छे आज चौराहमा अल्मलिए झैँ हुन पुगेको छ । र, अलिकति प्रयास गर्दा मात्रै पनि मान्छे जो जहाँ छ त्यहीँ भ्याट्टै जाग्न सक्छ ।तसर्थ आज फेरि यहाँ गौतम बुद्धले आविश्कार गरेको ध्यान विधी शेयर गरेको छु । बिपश्यना गरेकाहरुले मेरो कुरा सहजै बुझ्ने छन् । तर नगरेकाहरुलाई यो कुरा अनौठो, अप्रत्यासित र अपत्यारिलो लागिरहेको होला । उहाँहरुलाई म केवल यत्ति भन्छु : नाकका प्वालहरुमा सारा ध्यान केन्द्रित गर्नुहोस् । सास आइरहेछ, सास गइरहेछ । तटस्थ भावले आतेजाते सासलाई केवल निरिक्षण गर्नुहोस् ।

बुद्धले सिकाए, मृत्यु कला । तर बुद्धलाई बेचेर खान पल्किएकाहरु अझै पनि उनको नाउँमा जीवन ज्यूँने कला सिकाएर हिँडिरहेका छन् ।म यहाँ बुद्ध धर्मको कुरा गरिरहेको छैन । म यहाँ कुरा गरिरहेको छु, बुद्धले सिकाएको साधना, बिपश्यनाको ।आज जीवन जटिल लाग्छ । बोझ लाग्छ । जीवन नै एक आततायी नजर आउँछ । किनभने, मान्छेले जीवनलाई केवल एक पाटोबाट मात्रै भोगेको छ । खासमा जीवनभित्रै मृत्यु पनि लुकेको हुन्छ भन्ने सत्यतालाई अनुभूत नगरेर जीवनको यस अथाह सत्यलाई नकारेका कारण मात्रै मान्छे तकलिफमा छ । मृत्यु नजानी जीवन कसरी जान्न सकिन्छ ? रात नजानी दिनलाई कसरी जान्न सकिन्छ ?

बुद्धको साधनाले दुःख उपर मान्छेको प्रतिरोधात्मक शक्ति बढाउने काम गर्दछ । उनले जनाएका चार आर्य सत्यहरुलाई आत्मसात गर्न नसक्दा मान्छे समस्यामा छ । बुद्धका अनुसार जन्ममा दुःख छ । रोगव्याधमा दुःख छ । बुढेशकालमा दुःख छ । मृत्युमा दुःख छ । तर यी दुःखबाट मुक्ति पनि संभव छ । त्यो हो ध्यान । तर आजका मान्छेहरु चरम भौतिकवादको पराकाष्ठामा जकडिएका छन् र बुद्ध उनीहरुका नजरमा केवल एक भिखारी वा दन्त्य कथाको नायक प्रतित हुन्छन् ।

यता समय अझै घर्किसकेको छैन । अझै पनि ध्यान सिकेर देह इतरको आयामलाई अनुभूत गर्न सकिन्छ । बुद्धले त यहाँसम्म भने कि यदि प्यास छ भने मर्नुभन्दा एक घण्टा अगाडि सिकेको वा गरेको ध्यानले पनि मुक्तिको मार्गमा धकेल्न सक्छ । किनभने, जीवन यति मात्रै होइन । जीवन शाश्वत छ । जीवनको त्यही शाश्वततालाई नजान्दा मान्छे आज चौराहमा अल्मलिए झैँ हुन पुगेको छ । र, अलिकति प्रयास गर्दा मात्रै पनि मान्छे जो जहाँ छ त्यहीँ भ्याट्टै जाग्न सक्छ ।तसर्थ आज फेरि यहाँ गौतम बुद्धले आविश्कार गरेको ध्यान विधी शेयर गरेको छु । बिपश्यना गरेकाहरुले मेरो कुरा सहजै बुझ्ने छन् । तर नगरेकाहरुलाई यो कुरा अनौठो, अप्रत्यासित र अपत्यारिलो लागिरहेको होला । उहाँहरुलाई म केवल यत्ति भन्छु : नाकका प्वालहरुमा सारा ध्यान केन्द्रित गर्नुहोस् । सास आइरहेछ, सास गइरहेछ । तटस्थ भावले आतेजाते सासलाई केवल निरिक्षण गर्नुहोस् ।

अहिले भर्खर तपाईं स्वयंले आफूभित्र एउटा खास् किमिया थाहा पाउनु हुनेछ । किनभने, हाम्रो जिन्दगीका सारा रहस्यहरु सासको आरोह र अवरोहमा छुपेका छन् । जिन्दगी शुरु भयो सासबाट र सकिन्छ पनि सासमा नै । तर खोइ त साक्षी ? अरुलाई बचाऔँ र आफू पनि बाचौँ । जय होस् !

Facebook Comments