परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देउवा दाइको प्रशिक्षण

देउवा दाजु, जै नेपाल !

नेपाली काँग्रेसको इतिहास पाको छ अर्थात् पुरानो छ । यो पार्टी लरतरो इतिहास बोकेको पार्टी होइन । अहिले हाम्रो यही इतिहास सिध्याउन खोज्दै छन् । हेर्नुहोस् त हाम्रो आफ्नै आफताब आलमलाई । १२ वर्षपछि । हैन के खोजेको कम्युनिष्टे हर्ले ?

तपाईले पहिला प्रशिक्षण कार्यक्रममा आलमलाई पक्रन पाइँदैन भनेर ठीक बोल्नु भाथ्यो । त्यस बेला आरुबोटे कान्छा र मैले दाइलाई जै नेपाल भनेका थियौं । पछि सच्चाइ हाल्नु भो । नसच्याउनु पर्ने क्या । आरु बोटे कान्छा खिस्रिक्क परेर ‘दाइले पनि कार्यकर्ताको संरक्षण गर्नु हुन्न कि क्या हो’ भनेर उपशंका गर्दै थियो । मैले त्यसो होइन, हाम्रो सुदुर पश्चिमको नेता हो । डेउडा गा’र हुर्केको मान्छे भनेर सम्झाएँ ।

दाइले जे बोल्नु हुन्छ सुरुमा ठीक बोल्नु हुन्छ । मनको कुरा नलुकाई प्वाक्क भन्नुहुन्छ । मलाई औधी मुन पर्छ । पछि सच्याउँदा चै मुन मरेर आउँछ । कटक्क भित्रैदेखि दुखेर हिरिक्क बनाउँछ । आरु बोटे कान्छा र म भएर अस्ति कम्युनिष्टे हर्लाई सराप्नु सराप्यौं । हेर्नु त दाइ अहिले उनार्को राज छ । प्राडो पजेरो पनि हाम्रो थोत्रे भयो । चुनापमा पनि सिनित्त पारेर बढारे । उल्टो वाइड बडी र एनसेल भनेर हामीलाई धम्क्याउँछन् । रिस उठ्छ, एक बोतल ब्लु लेवल चटनी विनै सिनित्त पारेर नाकको डाँडी कुच्चिने गरी हान्न मुन लागेर आउँछ । तर, के गर्नु १२ वर्षपछि त हाम्रो आलमलाई झ्यानाकुटी झ्याँइ पारेर मामा घर लगेर मेजमान खुवाए ! त्यो सम्झेर पछि हट्नु परेको छ ।

आरुबोटे भन्दै थ्यो– कम्युनिष्टे हर्ले आफ्नै महरालाई त छोडेन, हाम्रो आलमलाई के छोड्ला भनेर’ तर दाइ हुनुहुन्छ भनेर मैले भनी दिएँ । आरुबोटे पनि कम बाठो छैन । इतिहास सम्झिन्छ र तरक्क आँसु झार्छ । कुरो गर्दैथ्यो – दाइले जीवनबहादुर शााहीलाई पर्यटन मन्त्रीबाट खाने पानी मन्त्रीतर्फ हुत्याई दिनुभयो । अनि जितेन्द्र देवसँग मिलेर……त्यो मुद्दा पनि उठाउनन् कि भनेर छोटो शंका ग¥यो ।

मलाई चै हाम्रो सरखार नभएकोमा विरक्त लागेर आउँछ । आफू अनुसारको काम हामीले पनि गरेकै हो । आलमले जत्तिको नगरे पनि सानोतिर्ने गरी भ्याकै हो । कतै उधिनेर ह्वार्लङ्गै देखाउने हुन कि भन्ने डर पो भयो । दाइ के हो के हो ! इनार्को के विश्वास । अबको चुनापमा इनार्लाई जसरी पनि हराउनु पर्छ । आमसभा गर्दा त हाम्रो पनि विशाल भाथ्यो । भोट त खातखुत उता हालेछ । जनता हर्को पनि विश्वास रहेन । काँग्रेस सानो होइन भोट निदएका हुन् । जाग्नु पर्छ दाइ अब जाग्नु पर्छ । जनता लठ्ठै पर्ने भासन गरेर भए पनि आफ्नो बनाउनु पर्छ ।

दाइ अबको चुनाव पनि इनार्ले जितो भने ……! हट् …….कल्पना पनि गर्न सक्तिन । तसर्थ कार्यकर्ताको संरक्षण दाइले गर्नु पर्छ । अनि हाम्रो के जाति छ नि ……ए नेविसंघ त्यसको प्रमुख हाम्रो केटोलाई बनाइ दिनु । पढ्नु चै पढेको छैन । तपाईलाई थाहा छदै छ । सात क्लासमा आठ पटक गुल्टेको । यता मेरी डोल्मा पनि भन्दै थिई अब महिला संघको सभापति बन्नुपर्छ भनेर म आफैं युवा संघ समालौंला । अब चुनापमा हेलिनु पर्छ । बसेर हुँदैन । उर्लेर अगाडि बढ्ने हो । बेला बेला आलाम खालको वक्तव्य दिनु नभुल्नु होला । दाइ जिल्ला आउदा भेटौंला ।

जै नेपाल ।

Facebook Comments