परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बैरागी काइँलालाई जगदम्बा-श्री र योगेश राजलाई मदन पुरस्कार

काठमाडौँ । मदन पुरस्कार गुठीले यो वर्षको जगदम्बा-श्री पुरस्कार वरिष्ठ साहित्यकार बैरागी काइँलालाई र मदन पुरस्कार रणहर पुस्तकका लागि योगेश राजलाई अर्पण गर्ने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस बर्षको जगदम्बा-श्री र मदन पुरस्कारको टुङ्गो लगाएको हो।

तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक कवि वैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई “लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन-अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय’ योगदान गरेेेेेेेबापत् पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ।

गुठीका तर्फबाट वरिष्ठ पत्रकार तथा गुठीका अध्यक्ष कुन्द दीक्षितले प्रेस विज्ञप्ति मार्फत् यो जानकारी सार्वजनिक गर्नुभएको हो ।

यस वर्षदेखि यी दुबै पुरस्कारको राशी चार-चार लाख रुपैयाँ हुने भएको छ । यी दुबै पुरस्कार घटस्थापनाका दिन अर्पण गर्ने परम्परा छ ।

Facebook Comments