परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल नर्सिङ संघको आगामी कार्यदिशा

स्वास्थ्य वहस

नेपाल नर्सिङ संघ आम नेपाली नर्स पेशाकर्मीहरुको एक मात्र छाता सङ्ठन हो । यो संघ बि.स.२०१८ साल माघ १५ गते वैधानिक रुपमा शुरुवात भएको हो ।

 

स्वास्थ्य मानव जगतको अपरिहार्य विषयवस्तुलाई यथार्थमा ब्यवहारिक, सुलभ र सरल बनाउन सहजकर्ताको अहम भूमिका निभाउने एक मात्र अब्बल पेशाकर्मी नर्सहरु भएकाले नै आउँदा दिनहरुमा नर्सको भूमिका र नर्सिङ सङ्घको दृष्ट्रीकोण बारे केही कुरा राख्न जमर्को गरेको छु । जसका लागि अलिकति पृष्ठभूमी तर्फ ध्यान केन्द्रित गरौं ।

 

नर्सिङ सङ्घ प्रत्येक देशमा आफ्नो–आफ्नो राज्यको विधि विधान अनुसार गठन गरिएको हुन्छ । आज भन्दा १२० वर्ष अगिको (इस्बि सम्बत १८९९) कुरो हो अन्तर्र्रािष्ट्रय नर्सिङ परिषद् गठन भएको । यो संघ अन्तर्र्रािष्ट्रय स्तरमा स्वास्थ्य सम्बन्धी एउटा एतिहासिक र ठूलो संथा हो । यसकै अन्तरगत प्रत्येक देशमा राष्ट्रिय नर्सिङ सङ्घ गठन हुने गर्दछ ।
सर्वप्रथम आम नर्सिङ समूदायमा नर्सिङ सङ्घ के हो र यसका कार्य दायरा के के छन् भनी स्पष्ट पार्न आवस्यक छ । किनकी कतिले नर्सिङ परिषद्संग दाँजेर हेर्ने गरेका छन् र यो पनि भन्ने गरेका छन् कि नर्सिङ परिषद्मा ८९ हजार दर्ता तर नर्सिङ सङ्घमा मात्र किन १२ हजार । त्यस्तै नर्सिङ परिषद्को निर्वाचनमा किन नर्सिङ सङ्घको सदस्य हुनु पर्ने आदि आदि ।
नर्सिङ सङ्घ देशहरुको नर्सिंङ संरचना, कार्य र विधिविधान तोक्न र लागु गराउन अग्रणी भुमिकामा रहँदै आएको छ । यसले जहिले पनि दिन रात नभनी पेशागत विकासका लागि, पेशाकर्मीको समाजिक, आर्थिक, मानसिक, अध्यात्मिक तथा शारिरीक चौतर्फी क्षेत्रमा अग्रणी नेतृत्वकर्ताको रुपमा भुमिका निभाउने गर्दछ । जुन कार्य नेपाल नर्सिङ सङ्घले पनि गर्दै आएको छ । जस्तो नेपालमा पनि नर्सिङ शिक्षा र कार्यस्थलमा अभ्यासको गुणस्तरीयता कायम गरी लागू गराउन छुट्टै सरकारी निकाय चाहिने हुनाले २०५२ सालतिर नर्सिङ परिषद् गठन गरियो । यसको गठनमा नेपाल नर्सिङ सङ्घको ठूलो भुमिका रहेको छ ।

 

तर हाल नर्सहरुमाझ नर्सिङ सङ्घले केही गरेन, झोले भए, पार्टीको मुख ताक्ने भए आदि आक्षेप भोग्दै आएको छ । त्यसैले आगामी दिनमा नर्सिङ सङ्घले गर्नुपर्ने कामहरुको खाका कोर्नु अत्यावश्यक भएको छ ।

 

सर्वप्रथम आम नर्सिङ समूदायमा नर्सिङ सङ्घ के हो र यसका कार्य दायरा के के छन् भनी स्पष्ट पार्न आवस्यक छ । किनकी कतिले नर्सिङ परिषद्संग दाँजेर हेर्ने गरेका छन् र यो पनि भन्ने गरेका छन् कि नर्सिङ परिषद्मा ८९ हजार दर्ता तर नर्सिङ सङ्घमा मात्र किन १२ हजार । त्यस्तै नर्सिङ परिषद्को निर्वाचनमा किन नर्सिङ सङ्घको सदस्य हुनु पर्ने आदि आदि ।

 

नर्सिङ परिषद् सरकारी निकाय हो जसले नर्सिङ शिक्षा, नर्सिङ कार्यको अभ्यास आदिको गुणस्तर कायम राख्ने कार्य गर्दछ । जबकी नर्सिङ सङ्घले यस्ता संथा स्थापना गराउन र जुन कार्य तोकिएको छ त्यसलाई अक्षरस पालना गर्न र गराउन वातावरण बनाइदिने कार्य गर्दछ । अर्थात नर्सहरुलाई उत्प्रेरणा प्रदान गरिदिने कार्य गर्दछ साथै केही भवितब्य परिआएमा त्यसको पनि सही समाधान खोजी गरेर सहयोग गर्ने काम गर्दछ । त्यसैले नर्सिङ सङ्घ र परिषद् भिन्नाभिन्नै संस्था हुन, यिनीहरुलाई दाज्न मिल्दैन ।

 

नर्सिङ परिषद्को कार्यकरणी समितीमा तीन जना निर्वाचन मार्फत चुनिएर नर्सिङ सङ्घको प्रतिनिधिका रुपमा जाने हुनाले नर्सिङ सङ्घको नै आजिवन सदस्य हुन आवस्यक छ साथै नर्सिङ सङ्घमा दर्ता भएकाहरुले मात्र मत दिन पाउनेछ । यो कुरो आम नर्सिङ माझ पुर्याउन किन आवस्यक छ भने हिजो आज पनि नर्सिङ परिषद्मा सदस्यका लागि निर्वाचनमा उम्मेद्वारी दिनेहरुले समेत परिषद्मा मात्र दर्ता भएकाहरुले मत दिन पाउनु पर्दछ भनी हल्ला फैलाउँने गरेका छन् । त्यसैले यो कुरालाई वलियो गरी खण्डन गर्न सम्पूर्ण नर्सहरु माझ यो सन्देश लैजानु आवस्यक छ । नर्सिङ सङ्घ र परिषद् भिन्नै हुन भन्ने कुरा सम्पूर्ण नर्सहरुलाई थाहा हुन आवस्यक छ ।
कुनै पनि संथालाई त्यो देशको वातावरणभन्दा भिन्नै राखेर हेर्न मिल्दैन र हेरिनु पनि हुदैन । देश महा भूकम्पमा परी शिथिल भएको अवस्थामा यस नर्सिङ सङ्घले दिन रात नभनी सम्पूर्ण स्रोत र साधन लगाएर खट्यो र अरुलाई पनि खट्न अभिप्रेरित र्गयो । त्यती मात्र नभई अन्तरराष्ट्रिय जगतका सम्पूर्ण नर्सिङ निकायलाई यथासक्दो सहयोगका लागि आह्वान समेत ग¥यो । त्यस्तै नेपालको नयाँ संविधान लेखानमा नर्सिङ पेशाको पहिचान प्रत्याभूत गर्न नेपालभरका नर्सहरुलाई सजगतापूर्वक सहभागी हुन अभिप्रेरित ग¥यो । नर्स माथि हुने चरम शोषण र दमन बिरुद्द राज्यब्यापी आन्दोलन गरियो र केही मूल्य र मान्यता स्थापित गर्न सफल पनि भयो ।
जब नर्सिङ सङ्घको प्रतिनिधी परिषद्को कार्यकरणी समितीमा हुन्छ भने किन छुट्टै निर्वाचन गराउने भन्ने आम नर्सहरुमा जिज्ञासा मनमा आएको हुनुसक्छ । त्यो स्वभाविक पनि हो । त्यसैले नर्सिङ सङ्घको चुनावसंगै परिषद्का प्रतिनिधीको चयन गर्न सके अति उत्तम हुनेछ र यो बिगतका सिनियर नेतृत्वको कदर गरिएको पनि ठहरिने छ । यस कार्यले नर्सिङ सँस्कृतीलाई निरन्तरता दिनेछ भन्ने पनि मलाई लाग्दछ । त्यसैले यो निर्वाचनलाई चार÷पाँच महिना भित्र हुने नर्सिङ सङ्घसंगै निर्वाचन गराए धेरै बेस हुनेछ । यो कुरा अहिले उठाउँनु किन पनि सान्दर्भिक छ भने चार÷पाँच महिना भित्र नर्सिङ संघको चनाव हुँदैछ । साथै समयमै नर्सिङ सङ्घले निर्वाचन किन गराएन भन्ने सवाल पनि वेलावेला उठ्ने गरेको छ । समयमा नै चुनाव नभएको ठीक हो तर यसको कारण पनि हेर्नु जरुरी छ ।

 

कुनै पनि संथालाई त्यो देशको वातावरणभन्दा भिन्नै राखेर हेर्न मिल्दैन र हेरिनु पनि हुदैन । देश महा भूकम्पमा परी शिथिल भएको अवस्थामा यस नर्सिङ सङ्घले दिन रात नभनी सम्पूर्ण स्रोत र साधन लगाएर खट्यो र अरुलाई पनि खट्न अभिप्रेरित र्गयो । त्यती मात्र नभई अन्तरराष्ट्रिय जगतका सम्पूर्ण नर्सिङ निकायलाई यथासक्दो सहयोगका लागि आह्वान समेत ग¥यो । त्यस्तै नेपालको नयाँ संविधान लेखानमा नर्सिङ पेशाको पहिचान प्रत्याभूत गर्न नेपालभरका नर्सहरुलाई सजगतापूर्वक सहभागी हुन अभिप्रेरित ग¥यो । नर्स माथि हुने चरम शोषण र दमन बिरुद्द राज्यब्यापी आन्दोलन गरियो र केही मूल्य र मान्यता स्थापित गर्न सफल पनि भयो । यसैलाई निरन्तरता दिन र नेपालको संविधान अनुरुप संघीय परिवेशमा नर्सिङ सङ्घलाई स्थापित गर्नका लागि नर्सिङ सङ्घको नयाँ विधान लेख्ने कार्य पनि सम्पन्न भएको छ । यस्तो अवस्थामा काम फत्ते नगरी बीचैमा निर्वाचन गराउने अवस्था नै थिएन । त्यसैले केही अवधी लम्बिएको हो । नियतवश नै ढिलो गरिएको भने होइन ।

 

आगामी दिनमा नर्सिङ संघले गर्नु पर्ने थुप्रै कार्यहरु छन । नर्सिङ सङ्घका भावी कार्य योजनाहरु यहाँ प्रस्तुत गरेको छु ः
१. नेपाल नर्सिङ सङ्घ सम्पूर्ण नर्सहरुको छाता सङ्ठन भएकाले आगामी अध्यक्ष दुरदृष्टि भएको, नर्सिङ कार्यमा दक्षता भएको हुनु पर्नेछ । उपत्यका भित्र भएको, महिला नै हुनु पर्ने र पार्टीको सिफारिस हुनुपर्ने जस्ता विगतका सोचाइ अन्त्य गरिनु पर्छ ।
२. नर्सिङ सङ्घले नेपाल सरकारका अग्रज नर्सहरुसंग समन्वय गरी नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्टार चयन गर्ने प्रथाको थालनी गर्नु जरुरी छ । पार्टी र नेताको आशिर्वादमा चयन गरिने प्रक्रिया बन्द गरिनुपर्छ । पार्टी र ब्यक्तीगत कुरालाई लिएर नर्स माझ हुने विबाद अन्त्य गरी पेशागत संस्कारको  बिकास गर्नु आवश्यक छ ।
३. अग्रज नर्सहरुसङ्ग समन्वय गरी स्वास्थ्य सम्बन्धी सीप र चेतनामुलक कार्यका परियोजना तयार पार्ने र नर्सहरुका सहभागितामा सम्पन्न गर्ने थिति बसाल्नु पर्छ ।
४. निजी तथा सरकारी अस्पताल, निजी तथा सरकारी क्लिनिक, नर्सिङ तथा सरकारी कलेज आदि जहाँ–जहाँ स्वास्थ्य सेवा प्रदान हुन्छ त्यहाँ नर्सहरुको जरुरत हुन्छ । उनीहरुको सेवा सुविधा र कार्य विवरणको अभिलेख राख्ने ब्यवस्था विकास गर्ने प्रवन्ध मिलाउनु पर्छ ।
५. संघीय अवधारणामा काम गर्ने र गर्न लगाउने प्रचलन बसाल्नु पर्छ । केन्द्रीय बैठकहरु काठमाडौंमा मात्र नगराई पोखरा, दाङ्ग, जनकपुर, बिराटनगर, सुर्खेत र धनगडी लगायतका स्थानहरुमा समेत गर्ने प्रचलन बसाल्नु पर्छ । साथै प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नु पर्छ ।
६. प्रत्येक जिल्लामा जिल्ला नर्सिङ सङ्घ खोल्न पहल गर्नु आवश्यक छ । त्यस्तै एक सय शैयाको ब्यवस्था भएका प्रत्येक मेडिकल कलेजहरु र तिनले सञ्चालन गरेका अस्पतालहरु, सरकारी अस्पताल, निजी अस्पतालहरुमा स्थानीय नर्सिङ सङ्घको एकाई खडा गर्ने व्यवस्था मिलाउनु पर्छ ।
७. प्रत्येक अस्पताल कलेज र क्लिनिकमा दिएको स्वास्थ्य सेवा स्तरीय छ भन्ने एकीन गर्न त्यस क्षेत्रकै स्थानीय, क्षेत्रीय र केन्द्रीय सरोकारवालाहरुसंग समन्वय गरी काम गर्ने र अभिलेख राख्ने गर्नुपर्छ ।
८. स्वास्थ्य सेवाग्राहीहरुमा सतप्रतिशत सुरक्षाको प्रत्याभुती  गारउनु आवश्यक छ र नभएका ठाउँमा गर्न लगाउनु पर्छ ।
९. नर्स पेशाकर्मीहरु बीच आर्थिक, समाजिक र वौद्धिक विकास गराउन अनुसन्धानलाई नियमित बनाउनु पर्छ ।
१०. वैकल्पिक उपचारको विकास गर्ने कार्यमा नर्सहरु समेत सहभागी हुनुपर्छ । जस्तै स्वदेशी जडिबुटी, योगा, साधना, टच थेरापी, कायरो थेरापी, डान्स थेरापी आदिमा नर्सहरुलाई अग्रणी भुमिकामा सहभागी गराउनु पर्छ ।
११. नेपालमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय स्तरका सभागोष्ठीहरु नर्सहरुको सहभागितामा आयोजना गर्नुपर्छ ।
१२. नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरगत नर्सिङ महाशाखा पुनः स्थापना गर्न लगाउनु पर्छ जसमा सचिव स्तरको सिनियर नर्सको पदास्थपना गर्ने व्यवस्था मिलाउनुपर्छ ।
१३. नर्सिङ शिक्षा, कार्य अभ्यासको ब्यवस्थापन र अनुसन्धान, समुदायिक नर्सिङ र अस्पताल नर्सिङ हेर्न महाशाखामा एघारौं तहका तीन जना सिनियर नर्सको पद सिर्जना गर्न लगाउनु पर्छ ।
१४. नर्सिङ र अन्य चिकित्सा सेवाबीचको असमानता सदाका लागि अन्त्य गर्नु पर्छ । स्वास्थ्य सेवा बहुआयमिक क्षेत्रलाई समेटेर सामुहिक प्रयत्नमा मात्र सम्भव हुने भएकोले अहिलेजस्तो  चिकित्सक मात्र हावी हुने प्रथा अन्त्य गर्न पहल गर्नुपर्छ ।
१५. नर्सिङ शिक्षामा भएको व्यापक अनियमितता हटाउन सिटिइभिटी लगायत अन्य सरोकारवालाहरुसंग समन्वय गरी सदाको लागि अन्त्य गर्नुपर्छ । साथै स्तर कायम गर्न नसकेका  कलेजहरु पहिचान गरी सम्बन्धित सरोकारवालाहरुलाई जानकारी दिने र त्यसको सुनुवाई नभएमा आम नागरिकलाई जानकारी दिनुपर्छ । उच्च शिक्षाको पाठ्यक्रममा एकरुपता कायम गर्दै अन्तर्र्रािष्ट्रय स्तरको बनाउनु पर्छ ।
१६. नर्सिङ सेवा आदर्श मानावीय सेवा भएकोले नर्सिङ पेशाकर्मीहरुलाई राज्यबाट नै लिइने करहरुको दायरामा छुटको व्यवस्थाका लागि पहल गर्नुपर्छ ।
१७. नेपाल सरकारमा दसौं वर्षसम्म सोही पदमा काम गरिरहनु पर्ने अवस्था अन्त्य गरी पद मिलानका लागि पहल गर्नुपर्छ ।
१८. नर्सिङ विधाको उच्च शिक्षामा छात्रवृत्तिको ब्यवस्थाका लागि आवाज उठाउनु पर्छ । अन्तर्र्रािष्ट्रय स्तरको शिक्षा नेपालमा पनि ब्यवस्था गरिनुपर्छ । यसका लागि सिनियर नर्स, विश्वविद्यालय, शिक्षा मन्त्रालय आदिसंग समन्वय गर्नुपर्छ ।
१९. नर्स पेशाकर्मीप्रति हुने कुनै पनि किसिमको शोषण, दमन, हिन्सालाई अन्त्य गरिनुपर्छ ।
२०. सुत्केरी विदा कम्तिमा ९० दिन कायम गरिनुपर्छ । सरकारी वा गैरसरकारी वा निजी किन नहोस्, साना ठूला किन नहुन जुनसुकै स्वास्थ्य संस्थामा यो व्यवस्था लागु गरिनुपर्छ । बालबच्चाको स्तनपानको मौलिक अधिकार सुरक्षित गर्दै सुरक्षित मातृ सेवाका सबै सेवा सुविधा सबै नर्सहरुमा उपलब्ध गराउनु पर्छ । यी सेवा सुविधाहरु प्रदान नगर्ने स्वास्थ्य संस्थाहरुलाई श्रम मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत सम्पूर्ण सरोकारवालाहरुसंग समन्वय गरी आवश्यक दण्ड दिने ब्यवस्था मिलाउनु पर्छ ।
२१. आजको विश्व स्मार्ट टेक्नोलोजीको विश्व भएको हुनाले हरेक नर्सिङ सेवाहरु कम्युटरमा रेकर्ड गरिने ब्यवस्था गर्न पहल गर्नुपर्छ । कसैले स्तरियता परिक्षण गर्न चाहेमा उपलब्ध गराउने वातावरण तयार बनाउनु पर्छ ।
२२. नर्सिङ पेशाकर्मीको कार्यरत संस्थाले नर्स र उनको आश्रीत परिवारको स्वास्थ्य बिमा गरिने ब्यवस्था मिलाउनु पर्छ ।
२३. स्तरीय स्वास्थ्य सेवाका लागि प्रमाणमा आधारित बैज्ञानिक प्रविधीको विकास गरिनुपर्छ र यसका लागि अन्य दातृ संस्थाहरुको समेत सहयोग लिइनुपर्छ ।
२४. औद्योगिक नर्सहरु प्रत्येक उद्योग कलकारखानामा ब्यवस्था गर्ने प्रवन्ध मिलाउनु पर्छ ।
२५. हरेक स्वास्थ्य प्रतिष्ठान, अस्पताल र ठूला मेडिकल कलेजको कार्यकारणी समितीमा नर्सहरुलाई पनि समावेस गर्ने ब्यवस्था मिलाउनु पर्छ ।

 

यी कार्यहरु कतिजनालाई असम्भब झैं लाग्न सक्छन तर यी आनिवार्य कार्य बनिसकेका छन् । यसलाई हासिल गर्न “म” को सट्टा ”हामी,” “मेरो” को सट्टा “हाम्रो” भन्ने र टिम अवधारणामा विश्वास गरी कार्य योजनासहित अघि बढेमा असम्भव भन्ने कुरै छैन । हामीले अरुको खोट खोज्ने र दोषारोपण गर्न जति समय र वुद्धि खर्च गर्ने गरेका छौ त्यो संस्कारलाई रोकी एक आपसमा वसेर छलफल गरी सुझबुझको साथ अगाडी बढ्ने हो भने हामी छलाङ नै मार्न सक्छौं ।

 

हाल विश्व नै एक सानो गाउँमा परिणत भइसकेको अवस्थामा हाम्रो देशमा असम्भब हुँदैन । सहयोगी हातहरु धेरै छन् तर हामीले सोच बदल्नु पर्नेछ र पुरानो ढाँचामा अब नर्सिङ् चल्ने छैन । किनकि स्वास्थ्य सबैका लागि अपरिहार्य सम्पति हो । यसमा नर्सिङको अहम भुमिका छ । यहाँ यो पेशा महिलाको मात्र हो भनेर आम मानिसहरुलाई बार्र्गेिनङ गर्ने संस्कार बन्द गरौं । पुरुषहरुको सहभागितालाई जोड गरौ र यो भेदभावलाई सदाका लागि अन्त्य गरौं ।
Facebook Comments