परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुद्धिमानी जीवजन्तुहरु

फरक नजर

जीवजन्तुमा हुने बुद्धिको क्षमतालाई फरक फरक ढंगले बर्गीकरण गर्नुपर्ने हुन्छ । मानव भाषा बुझ्नु, आफूलाई चिन्न सक्नु, समझदारिता, संवेदना, समस्या समाधान गर्न सक्नु र गणितीय ज्ञानका आधारमा जीवजन्तुको चनाखोपन मुल्याकंन गर्ने गरिन्छ । यो परिक्षणका आधारमा निम्न जीवजन्तुहरु बुद्धिमान ठहरिएका छन् ।

काग
काग ज्यादै चतुर भनेरै हाम्रो समाजमा स्थापित नै छ । उ सँधै मानव बसोवास नजिक पाइने गर्छ । कागमा मान्छेका अनुहार समेत चिन्न सक्ने क्षमता हुन्छ । तपाई हाम्रो घर वरिपरि आइरहने कागले हामीलाई चिनिरहको हुन्छ । उनीहरु एक आपसमा अप्ठयारा सूचनाहरु पनि आदानप्रदान गर्न सक्छन् । यसरी कागले भविष्यमा आउन सक्ने खतराको संकेत दिन सक्छन । विज्ञहरु कागलाई एउटा सात बर्षे मानव वच्चा सरह बुद्धिमान हुने बताउँछन् ।

चिम्पाञ्जी
आनीबानीको कुरा गर्दा चिम्पान्जी मान्छेसित निकट प्राणी मानिन्छ । यिनीहरु मान्छेले जस्तै विभिन्न हाउभाउ देखाउन सक्छन् । यिनीहरु चश्मा लगायत लुगाफाँटा लगाउँदा पनि रमाउँछ । एैनामा आफ्नो अनुहार चिन्न सक्छन् । चिम्पान्जीले सांकेतिक भाषा सिकेर मानिससित सूचना आदानप्रदान गर्नुका साथै संचार गर्न सक्छ ।

हात्ती
जमीनमा पाइने प्राणी मध्ये हात्तीको मगजको आकार सबैभन्दा ठूलो छ । यसको मगजका तहहरु पनि मानिसको सरह नै छ । हात्तीको स्मरण शक्ती अदभूत छ । उनीहरुमा सहयोगी भावना र जागरुक मानसिकता पाइएको छ । अन्य प्राणी झै यिनीहरु पनि एकआपसमा विभिन्न तरिकाले मनोरन्जन गर्छन् ।

गोरिल्ला
गोरिल्ला सांकेतिक भाषा बुझ्न र संचार गर्न खप्पिस हुन्छन् । त्यसैले यसलाई मानिसहरुले धेरै पहिलादेखि पालुवा जन्तुका रुपमा राख्न थालेका हुन । गोरिल्ला आफ्नै साङ्केतिक भाषा बनाएर पनि मानिससित संचार गर्न सक्ने क्षमता राख्छन् ।

डल्फिन
चरा र बाँदर प्रजाती जस्तै पानीमा बस्ने ह्वेल र डल्फिन पनि बाठा हुन्छन् । डल्फिनको आफ्नो शरीरको आकार भन्दा पनि ठूलो मगजको आकार हुन्छ । समुन्द्रमा पाइने प्राणीमा डल्फिनले मात्रै एैनामा हेरेर आफूलाई चिन्न सक्ने परीक्षा पार गर्न सकेको छ ।

सुंगुर
संगुरमा संवेदना बुझ्ने र देखाउन सक्ने क्षमता हुन्छ । यिनीहरु सांकेतिक भाषा बुझ्न सक्छन् । जन्मेको थोरै समयमा नै मान्छे भन्दा छिटो, उ एैनामा हेरेर, देखिने खानेकुरा कहाँ राखिएको ्छ भनेर पता लगाउन सक्छ । जबकि मानिसका बच्चालाई समेत यो थाह पाउन निकै महिना लाग्छ । उ कुनै पनि बस्तुको आकारलाई चिनेर प्रयोगमा लगाउन सक्छ । यसैगरी संगुर भिडियो गेम पनि खेल्न सक्छ ।

अक्टोपस
घर्सेर हिडने प्राणीमा अक्टोपसको सबैभन्दा ठूलो गिदी हुन्छ । यसको गिदीका तीन–चौथाइ भाग पाखुरामा हुन्छ । अक्वेरियममा राखिएको अट्टो नामको अक्टोपस ढुगां र पानीको फोहरा फ्याँकेर सन्देश प्रवाह गर्ने गथ्र्यो ।

सुगा
सुगाहरु मानिसका बालबच्चा झैं ठाटा हुने मानिन्छ । सुगाले पजल समाधा गर्न, कारण र असरको सिद्धान्त बझ्न सक्छ । अफ्रिकन ग्रे नामको सुगालाई सुगाहरुको आइन्सटाइन भनेर चिनिन्छ । यसमा अदभूत स्मरणशक्ती र गणना गर्न सक्ने क्षमता छ । अफ्रिकन ग्रेले मानिसको भाषालाई पढ्न र संचार गर्न सक्छ ।

कुकुर
जर्मन सेफार्ड सबैभन्दा छिटो नयाँ आदेशहरु सिक्न सक्ने कुुकुरको जाती हो । मानिसको असल साथी यिनीहरु आफनो चनाखोपनलाई मानिससित गाँस्छन । समान्यतय कुकूरले १६५ वटा मानव शब्द सजिलै बुझ्न सक्छन् । कतिपय अवस्थामा यिनीहरु यो भन्दाबढी पनि पहिचान गर्न सक्छन् । बोर्डर कुल्ली जातको चेजर नामको कुकूरले १ हजार २२ शब्द चिन्न सकेको विश्व रेकर्ड छ ।

अन्य
हाम्रो घर नजिक हुने परेवा, मुसा, लोखर्के, विरालो अनि कुखुरा, हाँसहरुमा पनि फरक फरक खाले चनाखोपन हुन्छ । आकाशमा चिलदेखे पछि पोथी कुखुराले प्रकटक गर्ने हाउभाउ, लेखर्के र मुसाको बुद्धि, परेवाको चहलपहलको छुट्टै संसार छ ।

कमिला, किराफटयांग्रा, माहुरी सबैले आ–आफ्नो बुद्धि फरक ठाउँमा फरक ढंगले प्रकट गर्ने गरेको पाइन्छ । माहुरी र कमिलाको संगठन, विरालो–मुसाको हारजित बठयाई यी सबैले प्राणीमा हुने बुद्धीमत्ता झल्काइरहेको हुन्छ ।
Source: ThoughtCo.

Facebook Comments