परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धर्म र सत्ता 

कुनैबेला धर्मलाई
अफिम ठान्नेहरू
आजभोलि धर्मझोलमा
अल्झिरहेको देख्छु
कुनैबेला धर्मलाई
आस्था मान्नेहरू
आजभोलि धर्म खोलभित्र
बल्झिरहेको देख्छु

यस्तो कथा, आज मात्रै होइन
उहिले पनि उस्तै हुन्थ्यो
शाश्त्रार्थमा, तर्क सकेपछि
कहिले महाभारतको युद्ध हुन्थ्यो
धर्ममा विवेक गुमेपछि
कहिले कलिङ्गको युद्ध हुन्थ्यो,

राजा नेरो, धर्मकै कारण
रोम जल्दै गर्दा
भ्वाइलिन बजाएर बस्थ्यो
यहुदीहरूलाई
गेंस च्याम्बरमा डढाई मार्दा
हिट्लर सिठ्ठी फुकेरै बस्थ्यो !

युद्ध र लडाईहरूमा
कहिले बुद्धका
गुम्बाहरू भत्काइन्थे
कहिले मुसलमानका
मस्जजिदहरू ढालिन्थे
कहिले कृश्चेनका
चर्चहरू भत्काइन्थे
कहिले हिन्दूका
मन्दिरहरू ढालिन्थे
कथम् कदाचित्
कतै युद्ध र लडाई भएन भने
आफू-आफूबीच पनि
माराकाट गरेर बस्थे, सत्ताका लागि !

विश्वमा, धर्मकै नाममा
इरान-इराक युद्ध भयो
इजिप्ट-इजरायल युद्ध भयो

अन्य आकर्षणहरू

अपशोच! आज पनि
दमस्कस जलिरहेछ
काबुलमा बम बारुद पड्किरहेछ
एकातिर सब-सहरानमा
बोको हराम जागिरहेछ

अर्कोतिर यतै कतै
प्रतिशोधको ज्वाला दन्किरहेछ
कतै धर्मको नाममा
हिंसा र शोषण गुम्सिरहेछ
कतै धर्मकै नाममा
सत्ताको पासो थापिरहेछ

वास्तवमा,
धर्म आस्था हो, जीवन र जगतको
धर्म निष्ठा हो, आचार र ब्यवहारको
त्यसैले,
धर्मले विवेक जगाए
उज्यालो ज्योति बलिरहन्छ
तर, धर्मले सत्ता खोजे
अन्धकारले सधैं पच्छ्याइरहन्छ ।
(फेसबुकबाट साभार)

Facebook Comments