परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौली बनाउने घातक रोग

बुढ्यौली साहित्य

लाग्ला रोग अनेक वृद्ध वयमा थाहा नपाई कति
आफ्नो तागत घट्न जान्छ अनि पो गर्ला खुवै ज्यादती
बेलामा नगरेर ध्यान कतिले पीडा अनेकौँ लिई
काट्तैछन् दिन रात रोदन गरी लेखन्त नै सम्झिई ।।१

सर्छन् रोग विभिन्न गुप्तसँगले वंशाणुका कारण
त्यस्तै हो मधुमेह जन्म नहुँदै सर्नेछ त्यो तत्क्षण
सार्‍है घातक हुन्छ जन्मभरि नै छोड्दै नछोड्ने अनि
बच्चादेखि युवा र वृद्ध सबमा बस्ला अनौठो बनी ।।२

ज्यादा भो मधुमेहको गति भने चक्लेट बोक्नू सधैँ
आपत्मा परिहाल्छ चुस्नु नभए ढाल्ने छ है निश्चितै
मिर्गौला अनि नेत्र घायल गरी आघात पार्ला जब
बाँचेको रति छैन सार सकियो भो जिन्दगी झन्झट ।।३

एक्लै हिँड्नु हुँदैन साथ नलिई यस्तो समस्या बनी
थाहा होस् सब रोगको विषयमा अन्यत्रलाई पनि
होला मद्दत प्रष्ट भो यदि भने आपत् हुँदामा छिटो
गर्दा ख्याल अझै हुनेछ रसिलो यो जिन्दगी झन् मिठो ।।४

अन्य आकर्षणहरू

आमाको महत्त्व

बार्नुपर्छ अनेक खाद्य तनमा हानी हुने छन् कुरा
बाँच्ने आस गरेर धैर्य नगरे गल्छन् छिटै पाखुरा
लाग्दा चोट बिसेक हुन्न सजिलै पाक्ने छ झन् गाडिँदै
होला क्यान्सरसम्म घातक ठुलो बच्ने गरौँ साँच्चिकै ।।५

च्वाट्टै हुन्न निको गढेर रहने यो रोगको काम हो
पारी निष्क्रिय बाँच्नुपर्छ सहजै मानेर सङ्कीर्ण यो
खानामा गुलियो बढी हुन गए यो रोग फैलाउँछ
जर्रो हो मधुमेह लाग्न नदिऊँ लाग्दा थला पार्दछ ।।६

Facebook Comments