परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १४ गते, शनिबार ।

पछिल्लो समयमा न्यायालयको असाधारण क्षेत्राधिकारअन्तर्गत पर्ने रिटको सुनवाइको क्रममा अन्तरिम आदेशबाटै फैसलासरहको आदेश दिइँदा सर्वोच्च अदालतबाटै स्थापित सिद्धान्तले तय गरेको बाटो बिराएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

डोटीका दुर्गम स्थानका स्थानीय तहका वासिन्दा ८० रूपैयाँको विद्युत महसुल तिर्नका लागि दुई हजारभन्दा रूपैयाँ खर्च गरेर यात्रा गर्न बाध्य भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ स्थित सङ्खुमा तामाङ संग्रहालय बनाउन लागिएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा पुस १३ गते निधन भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

गण्डकी प्रदेशले तनहूँको बेलचौतारा गण्डकी विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको समाचार थाहाखबर अनलाइनमा प्रकाशित छ ।

नेपाल वायुसेवा निगमको लापरबाहीले निगमको बोइङ विमान दुई महिनादेखि मलेशियामा थन्किएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Facebook Comments