परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मेरो स्मृतिमा सर नयपाँल

आजभन्दा ६ वर्ष पहिला बर्खाका यस्तै सिमसिमे दिन थिए, म सर विद्याधर सूरजप्रसाद नयपाँल (भी.एस नयपाँल) को पुस्तक ‘द मिडल प्यासेज’ पढ्दै थिएँ । पुस्तक पढ्दै गर्दा कताकता म स्वयं अनुभूति गरीरहेको थिएँ, मानौँ, मेरो आफ्नो जीवन पनि कुनै साँघुरो चेपबाट गुज्रिँदै छ ।
उनकै पुस्तक, ‘अ बेंड अफ रिभर’ मैले ‘क्यारिबियाइ क्रिकेट म्याच’ हेर्दै पढेको थिएँ । एउटा नजानिँदो अनुभूतिको रहस्यमयी साम्यबाट म त्यसवेला आपुरित हुन पुगेँ । तर ‘एनिग्मा अफ अराइभल’ को जादू मभित्र ‘एनिग्मा अफ डिपार्चर’ बनेर मेरा नसानसामा व्याप्त हुन पुग्यो ।
घुम्तीमा सरितप्रवाह मोडिन्छ, गन्तव्य आधी बाटोमै टुङ्गिन्छन्, र जीवन स्वयं पनि आफ्ना निर्दिष्ट आशयमा आधी अधुरो हुन नपाउँदै थन्किन पुग्छ । ‘हाफ अ लाइफ’, सर विद्याधर सूरजप्रसादलाई यस्तै यस्तै रुपमा समझिन्छु ।
‘हिँड्नु र फर्किनु, फर्केर पुनः हिँड्नु, सधैँ यिनै दुई विन्दुमा अल्झिरहनु,’ नयपाँलको यो उद्गार मेरो मन मस्तिष्कमा सधैँ गुंजरित भइरहयो । त्यसवेला पनि जव म आफ्नो स्वर्णदेश, आफ्नो ‘एल डोराडो’ गुमाउँदै थिएँ । र आज फेरि एकपटक पुनः गुमाउने पूर्वसन्ध्यामा छु, अब त सर नयपाँल पनि रहनु भएन ।
मैले वैश्वीकरणको घनघोर विरोध गर्ने अनेकन संरक्षणवादी एवम् राष्ट्रवादीहरूलाई नयपाँलको सटिक सभ्यता–समीक्षामा मुग्ध बन्ने गरेको पाएको छु ।
र, अब जब नयपाँल संसारबाट विदा भइसक्नुभएको छ, म हेर्दैछु, ‘द अनअपोलोजेटिक अपोलोजिस्ट अफ कलोनियलिज्म’ को लाहाछाप लगाई उहाँको आलोचना गर्नेहरू पनि उहाँको निर्भीक बौद्धिकताप्रति आदर अन्जुली अर्पित गर्दैछन् । विशेषगरी सलमान रुश्दीको ‘ट्रिब्युट’ बडो उलटपुलट छ । एडवर्ड सइद अहिले जिउँदो भएका भए, ‘के भन्थे होलान् !’ एडवर्डसँग जोडिएका मेरा अनेकौं ‘काश !’ मध्ये यो खास नै हो ।
सर नयपाँलको ‘एरोगेंस’ र ‘टेम्पर’ कुख्यात नै थियो । नयपाँलको ‘स्नाँवरी’का अनेकौं दास्तान प्रचलित छन् । उनको ‘डार्क हयुमर’ पनि जग जाहिर नै थियो । तर उनीभित्र जुन ‘मेलंकली’ थियो, जुन ‘सेन्स अफ एग्जाइल एण्ड डिस्प्लेसमेंट’ थियो, जुन ‘रुटलेसनेस’ थियो, त्यसले मलाई उनीप्रति बारम्बार आकर्षित गरिरह्यो । उनको भाषागत सम्मोहन ! हो हजुर ‘स्टेण्डर्ड इंग्लिश’ को ‘सेन्टेस स्ट्रक्चर’ के हो ? यो बुझ्न नयपाँललाई नपढी थाहा हुन्न ।
र हुनसक्छ, यो कुरा तपाईले आजभन्दा पहिला कतै सुन्नु वा पढ्नु भएको छैन, आज नयपाँललाई श्रद्धान्जली अर्पित गरिरहँदा मलाई यो उजागर गर्न मन लाग्यो !
श्याम बेनेगलले आफ्नो फिल्म ‘निशान्त’ मा क्रान्तिको विफलतालाई ‘यथास्थितिको नैरंतर्य’को जुन बिम्बमा रेखाङ्कित गरे, त्यो विमर्श आफ्नो स्वरूप र पूर्वाग्रहमा ‘नायपाँलेस्क’ नै थियो ।
‘पोलिटिकल इन्करेक्टनेस’ का यशस्वी वृत्तांतकार सर नयपाँल !
अलविदा, सर विदिया ! हामीलाई तपाई कटाक्ष चिर स्मरण रहने छन् । जवसम्म ‘द मीडिल प्यासेज’ बीचको बाटो अन्त हुने लक्षण नदेखियोस्, यात्रा अनवरत रहोस !
पुनश्चः – नयपाँलले आफ्नो लेखनले गर्दा कैयन वर्गसँग ठाडै शत्रुता कमाए । म उनको लेखनको यही स्वच्छन्दताको आकण्ठ मुरीद बनें । उनले यो सोचेर कहिल्यै केही लेखेनन् कि म कुनै वर्ग, समाज वा देशलाई खुशी पारौँ । सबाल्टर्नको महिमा मंडनबाट उनी मुक्त थिए । नयपाँलले इस्लामको बारह, तेरह, चौध नै बजाइछाडे । उनलाई जव साहित्यको सर्वोच्च नोवेल पुरस्कार प्रदान गरियो, त्यसबेला भारतका तमाम लेखक भनाउँदाले चुरा टुटाए । बामपन्थी र उदारवादी खेमाका लागि इस्लाम खसम सरह न हो । यी सबै त्यसका गणिका हुन् ।
नयपाँलले भारतलाई विषयवस्तु बनाएर तीनवटा किताव लेखे– १. ‘इंडिया अ वंडेड सिभिलिजेशन,’ २. ‘अ एरिया अफ डार्कनेस,’ ३. ‘इंडियाः अ मिलियन म्यूटिनिज नाउ’ ।

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

सुशोभित भारतीय मासिक पत्रिका ‘अहा जिन्दगी’ का सहायक सम्पादक हुन् ।

Facebook Comments