परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २९ मंगलबार

  • इन्टरनेट सेवा प्रदायकहरूले एक वर्षको अवधिमा उपभोक्ताबाट मर्मतसम्भारको नाममा नियमविपरीत एक अर्ब रूपैयाँ असुल गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • स्थानीय तहले मनपरी किसिमले तलबभत्ता र कर बढाएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • पूर्वमन्त्रीदेखि करोडपतिसम्म गरिबको सूचीमा परेको परेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • दुईसाता यता हरियो तरकारीको मूल्य झण्डै दोब्बर बढेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • बिमा क्षेत्रको नियामक निकायको रूपमा प्रस्ताव गरिएको बिमा प्राधिकरणको सञ्चालक समितिको संरचना नै कमजोर देखिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • नेपाल टेलिकमले इन्टरनेट सेवाको नयाँ संस्करण फोर-जी विस्तारका क्रममा एकै वर्षमा १७ अर्ब रूपैयाँ गुमाउन लागेको छ । चिनिया कम्पनी हुवावेले गरेको टु-जी र थ्री-जीको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई लत्याउँदा यस्तो अवस्था आएको खबर छ ।

 

  • पराल बोकेर हेटौंडा जाने क्रममा रहेका दुईवटा ट्रकमा नवलपरासीको गैंडाकोटमा आगजनीे भएको समाचार छ ।

 

  • सेवाग्राहीको गुनासो सङ्कलन गर्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ ले भाइबरबाट पनि गुनासो/सूचना लिने व्यवस्था मिलाएको छ । अब ९८५११४५०५४ मा मेसेज पठाउन सकिने ‘हेलो सरकार’ ले जनाएको छ ।

 

    • सिंहदरबार परिसरभित्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका सहसचिव ऋषि आचार्य कुटिनुभएको छ । सिफारिस गरिएअनुसार एकजना कर्मचारीको सरुवा नगरिएको भन्दै निजामती कर्मचारी संगठनका जीवराम भण्डारीले उहाँमाथि मुक्का प्रहार गर्नुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • धावनमार्ग मर्मतसम्भार गर्ने प्रयोजनका लागि आउँदो माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक आठ घण्टा बन्द हुने समाचार छ ।

 

  • ताइवानको एक अस्पतालमा आगलागी हुँदा नौजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
Facebook Comments