अवकाशपछिको अन्योल
राममणि खडायत अहिले ५८ वर्ष पार गरेर ५९ वर्ष लाग्नुभएको छ । यसै वर्ष उमेरहद्का कारण सरकारी सेवाबाट अवकाश पाउनु भएको छ । देश–विदेशमा हासिल गरेको शिक्षा, लिइएका तालिम, कार्यक्षमता र अनुभवका कारण आफ्नो काममा अब्बल हुनुहुन्थ्यो । सरकारी सेवाको उच्च तहसम्म पुगेर उहाँले अवकाश पाउनुभएको हो । उहाँमा रहेको जोश र जाँगर तीस चालिस वर्षको उमेरमा हुने जत्ति नै अहिले पनि छ । गर्दै आएको कामलाई अझै पन्ध्र–वीस वर्ष निरन्तरता दिन शारीरिक र मानसिक रूपले उहाँ सक्षम पनि हुनुहुन्छ । औषत आयुमा आएको बृद्धिको कारण अहिले ७०/७५ वर्ष उमेरको मान्छे हट्टाकट्टा देखिनु स्वाभाविक भएको छ ।
काम गर्नुको अर्थ अरुको काम, संस्थागत काम, काम गरेवापत आर्थिक लाभ हुनै पर्ने, किन यसरी बुझिन्छ ? काम आफ्नै पनि हुन सक्दछ । सामाजिक सेवा, स्वयंसेवा पनि हुन सक्दछ । लेखन, अध्ययन, अनुसन्धान पनि हुन सक्दछ । आफ्ना अधुरा, छुटेका काम, सोख तथा रुचिका काम पनि हुन सक्दछन् । जुन काम गर्दा आनन्द पनि मिल्दछ । यसरी किन सोचिँदैन?
भर्खरै पाएको अवकाशको करण अहिले उहाँ फुर्सदिलो हुनुहुन्छ । अवकाशपछिका दिन कसरी बिताउने योजनामा हुनुहुन्छ ? भन्ने जिज्ञासा लिएर म उहाँलाई भेट्न पुगेँ । कुराकानी लामै भयो । आगामी दिनका कुराभन्दा बितेका कुरामा धेरै समय बित्यो । गर्दै आएको काममा बिराम लागेपछि आउने दिनभन्दा पनि बितेका दिनको सम्झना बढी आउँदो रहेछ भन्ने कुरा उहाँलाई भेटेपछि मैले थाहा पाएँ । प्रसंग मेरो जिज्ञासातिर मोड्न खोज्दाखोज्दै पनि उहाँको वितेको समयतिरै मोडिइरह्यो ।
राज्यको नीति, योजना तथा कार्यक्रम बनाउने निर्णायक तहमा रहेर लामो समयसम्म सरकारी सेवामा बिताउनुभएका उहाँको अवकाशपछिको आफ्नो योजना के छ? भनेर मैले सिँधै गरेको प्रश्न सुनेर एकछिन् मौन र गम्भीर देखिनुभयो ।
उहाँलाइ मेरो प्रश्नले ठेस पुगेछ कि ? भन्ने ठानेर उहाँको बोली नफर्किँदासम्म म पनि सोचमा परिरहेँ ।
केही समयको मौनतापछि मेरा प्रश्न उपर केन्द्रित भएर खडायतजीले गम्भीर रूपले कुरा सुरु गर्नुभयो ।
‘हेर्नुस ! उमेरको कारण अव मैले सरकारी तथा संघ संस्थामा काम गर्ने अवसर पाउँदिन । राज्यले गर्ने नियुक्तिमा म पर्दिन किनभने त्यसका लागि कि राजनैतिक पहुुँच कि त राजनैतिक भूमिका चाहिन्छ । त्यो मसँग छैन । सधैँ काममा ध्यान दिइयो, राजनीति आप्mनो चासोको विषय कहिल्यै बनेन । अन्य गैर सरकारी तथा निजि कम्पनीमा काम गरुँ भने उनीहरूको प्राथमिकतामा पर्दिन । म अवकाश पाएको ब्यक्ति । त्यस्ता संस्थाहरू नयाँ पुस्ताको खोजीमा रहेका हुन्छन् । जुन स्वाभाविक पनि हो । विज्ञता र दक्षताको मुल्याङ्कन गरी अवसर दिने कमै हुन्छन् । यसकै लागि परामर्श सेवा दिँदै आएकाहरूलाई कामको सधै कमी रहन्छ । उनीहरूको घेराबन्दी बाहिर रहेर अवसर पाउन मुस्किल हुन्छ । अफैँले अन्य काम गरुँ भने लामो समय एउटा क्षेत्रमा काम गर्दा अन्य क्षेत्रको ज्ञान नहँुदो रहेछ । फरक काम गर्न त्यस विषयमा बुभ्mन समय लाग्छ । मानसिक रूपमा आफुलाई तयार पार्न अलि समय लाग्छ । हेरुँ के हुन्छ ?’
उहाँको यति भनाइबाट अवकाशपछिको उहाँको कुनै योजना नरहेको र अव के गर्ने ? दिन कसरी कटाउने ? भन्नेतर्फ ध्यान नपुगेको बुझिन्थ्यो । लाभकारी काम र अरुको वा कार्यालयमा गएर गरिने काममा मात्र उहाँको ध्यान गएको देखिन्छ । ज्ञान, सीप, अनुभवले दक्ष जनशक्ति पनि आफैँमा अन्योल पाएँ । देशको योजना बनाउनेको आप्mनो योजना रहेको पाइएन ।
यति कुरा बुझेपछि मेरो कार्य क्षेत्रमा पर्ने विषयवस्तु र मैले बुझेका तथ्य बताउन लागेँ – सक्रिय रहँदा शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा लाभ पुग्दछ । एक अनुसन्धानका अनुुुसार, अवकाशपछि निस्क्रिय रहने व्यक्तिको अवकाश लिएको करिव ५ वर्षमा जीवनको अन्त्य हुन पुग्दछ । अवकाशपछि जीवनयापनका विषयमा योजना नहुने वा निस्क्रिय रहने ब्यक्तिलाइ चिन्ता, उदासिनता, निन्द्रा नलाग्ने, मानसिक रोग, अल्जाइमर्स जस्ता अन्य रोग छोटै समयमा लाग्ने संभावना बढी हुने तथ्य अनुसन्धानमा देखिएको छ । नेपालीको औषत आयु वि.सं २०८० सालमा ८० वर्ष पुग्ने अनुमान तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । आगामी दिनमा अवकाश भएको अर्को वीस वर्ष औषत रूपमा जीवन विताउनु पर्ने अवस्था आउँदै छ । त्यतिखेर निष्कृय जीवन विताउन सम्भव देखिन्न । ज्येष्ठ नागरिकमा देखिने निष्कृय जीवनयापन एउटा ठूलो समस्या रहको तथ्य र यस्ता थुप्रै विषयवस्तु उहाँसँगको कुराकानीको प्रसंगमा मैले पनि उठाएँ ।
विदावारीको समय आयो । फेरि एक पटक भेट्न उहाँले अनुरोध गर्नुभयो । हामीवीचको पहिलो भेट मेरो अनुरोधमा भएको थियो । बिदा हुने समयमा बढी उत्साहित भई दोस्रो भेट गर्न उहाँले अनुरोध गर्नु भएको छ ।
आर्थिक रूपले सक्षम, ज्ञान, अनुभव, सीप र तालिमले दक्ष जनशक्ति किन उपयोगमा आउन नसकेको ? यस्तो जनशक्ति अरुसंँग कामको आशा किन राख्दछ ? यस किसिमको जनशक्तिले कामको सृजनाा गरी अरुलाई कामको अवसर दिन सक्नु पर्ने थियो ।
काम गर्नुको अर्थ अरुको काम, संस्थागत काम, काम गरेवापत आर्थिक लाभ हुनै पर्ने, किन यसरी बुझिन्छ ? काम आफ्नै पनि हुन सक्दछ । सामाजिक सेवा, स्वयंसेवा पनि हुन सक्दछ । लेखन, अध्ययन, अनुसन्धान पनि हुन सक्दछ । आप्mना अधुरा, छुटेका काम, सोख तथा रुचिका काम पनि हुन सक्दछन् । जुन काम गर्दा आनन्द पनि मिल्दछ । यसरी किन सोचिँदैन ? यस्तै यस्तै प्रश्न मनमा लिएर त्यसको उत्तर खोज्दै म राममणि खडायतज्यूको बाट फर्किएँ ।
लेखमा उल्लिखित पात्रको नाम परिवर्तन गरिएको छ ।