Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
युवा सरोकार
ओलीमाथि खनिएका बबुराहरू !
नेकपा एमालेको चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले धेरैको मथिङ्गल खलखल्याई दियो । केही ब्यक्तिलाई विक्षिप्त बनायो भने केही ब्यक्ति प्रलापपूर्ण अभिब्यक्ति दिन बाध्य भए । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जाइलाग्नु पर्ने बाध्यताका कारण उनीहरूले एमाले समाप्त भएको घोषणा गर्नसमेत भ्याए । गगन थापा, पुष्पकमल दाहल जस्ता केही नेताहरू एमाले बढार्ने ‘भ्याकुम क्लिनर’ निर्माण गर्ने फ्याक्टरीको खोजीमा भौतारिए । ओली विरोधी केही नेताहरू ‘पोल्टिकल डिप्रेशन’को सिकार भए ।
एमाले विरोधीहरू, केपी शर्मा ओलीलाई सकेदेखि काँचै खान्थे भन्नेहरू, एमालेलाई समाप्त पार्न दिलोज्यानले लागेकाहरू बडो दयावान बनेर ‘एमाले बिग्रने हो कि’ भने जस्तो गरेर अनौठो खालको चिन्ता ब्यक्त गर्दै थिए । एमालेलाई दह्रो र सबल बनाउने काम आफ्नै हो जस्तो गरेर एउटा तत्व एमाले समाप्त पार्न आफ्नो दाह्रा र नङ्ग्रा उध्याउँदै थियो । तर, एमालेका जुझारू नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र नेपाली जनताले चितवन महाधिवेशन भब्य, सभ्य, आकर्षक र ऐतिहासिक रूपमा सफल पारे । नेपाली जनताले आफ्नो उत्साह र उमङ्गको एउटा ठूलो अनुष्ठान निर्विघ्न रुपमा सम्पन्न गरेको सन्तुष्टि लिए । विरोधका लागि विरोध गर्नेहरूले पहरोमा कुइनो ठोकीरहे । एमालेलाई त्यसले ‘लुतो न कन्याई’ भने जस्तो मात्र भयो ।
दशौ महाधिवेशनले नेकपा एमालेलाई एकताबद्ध, सशक्त, जुझारू र शक्तिशाली बनायो । एमालेका विरोधीहरू पुर्पुरोमा हात राखेर महाधिवेशनको उद्घाटनमा आएका जनता गन्दै बस्न बाध्य भए । चितवनको आफू एकमात्र नेता भएको दावा गर्ने एक ब्यक्तिले एमालेको महाधिवेशनमा आएका जनतालाई पैसा र धाकधम्कीका भरमा आएको भन्ने आरोप लगाए । अर्का एक सानो पार्टीका ठूलो नेताले ‘ओलीको एमालेलाई लाल्टिन बालेर खोज्नु पर्छ’ भनिदिए ।
उनीहरूले नेपाली जनता धेरै बुझ्ने भई सकेका छन् र यो २०५२ देखि २०६० सालसम्मको समय पनि होइन भन्ने कुरा विर्सए जस्तो छ । अहिलेका जनताले कुन पार्टीको कार्यकर्ता पङ्ति कस्तो छ, कुन पार्टीको जनधार कति छ, कुन पार्टीका नेताले ब्रम्हलुट गरेको फैसा थुपारेका छन्, नेताहरू मध्ये कुन नेता रवाफिलो, नाटके, भड्किलो र विदेशीले समेत धनाड्य भनेर औंल्याएको ब्यक्ति हुन भन्ने बुझेका छन् । अहिले भयातुर बनेर एमालेका अध्यक्ष ओली र एमालेलाई सराप्नुको कुनै तुक छैन । किन लडिस् मङ्गले आफ्नै ढङ्गले भन्ने उखान सम्झदै आराम गर्दा हुन्छ ।
विभिन्न दलका नेताहरू मात्र होइन आमसञ्चारका माध्यामहरू एमाले र एमाले अध्यक्ष ओली विरुद्ध सङ्गठित रुपमा कन्दनी कसेर लागे । कान्तिपुर, नयाँ पत्रिकालगायतका पत्रपत्रिका, केही एफएम रेडियो र टेलिभिजन, विभिन्न अनलाइन न्यूज पोर्टल, युटुव र सामाजिक सञ्जालले एमाले अध्यक्ष ओली विरुद्ध एकोहोरो शङ्ख फुके । उनीहरूले शङ्ख फुक्न थालेको १७र१८ महिना हुन थाले पनि महाधिवेशन छेको पारेर फुकेको शङ्ख भने विराट राजाको गाई हरण गर्न गएका कौरवहरूले फुकेको शङ्खको आवाज जस्तै थियो । जसरी कौरवले फुकेको शङ्खको आवाज दिगदिगान्तर फैलिएको तर वेकामे स्याल हुइँया सावित भयो यिनीहरूको पनि ठिक त्यस्तै भयो । जब जनता वौरिएर चितवनमा अर्जुनको पाञ्चजन्य फुक्न थाले तब मात्र स्याल हुइँया गर्नेहरूको अपवित्र आत्मा पीडाले छटपटायो । उनीहरू भित्रैदेखि रोए, तडपिए, छटपटाए, मुरमुरिए र आखिर झोक्राउँदै ओलीको एमाले समाप्त हुने कल्पना गर्दै विलाउनेका फेदतिर ओरालो लागे ।
कतिपय पत्रकारले कुहिगन्धे पीतपत्रकारिता नगर्न र पत्रकारिताको सामान्य धर्म पालना गर्न अनुरोध गर्दै सम्पादकहरूलाई पत्र समेत लेखे । तर, निमकको सोझो गर्नुपर्ने वाध्यताको घनले कुच्याएको मन–मस्तिष्क बोकेका सम्पादकहरूले त्यो सल्लाह मानेनन् । बरु झन उत्साहित बनेर सम्पादकीय, लेख र समाचार मार्फत एमालेको छेउमा उभिएर विष वमन गरिरहे । मालिकले लगाएको काम जस्तोसुकै होस् फत्ते गर्नु कामदारको कर्तब्य हुन जान्छ अहिले पनि उनीहरू त्यो काम तल्लीन भएर पुरा गर्दै छन् ।
नेकपा एमालेको दशौँ महाधिवेशन नयाँ इतिहास रच्दै सम्पन्न भयो । महाधिवेशन भब्य, सभ्य, सफलरुपमा सम्पन्न भएपछि विरोधी दलका केही नेता र एमाले अध्यक्ष ओलीको विरोध गर्न खटाइएकाहरूको आत्मा पीडाले रोयो । जब सौराहामा एमालेका केही पद बाहेक अन्य पदमा निर्वाचन हुने भयो तब ती कुण्ठाग्रस्त अभिसप्तहरूले ‘हार्दा को हार्छ’ भन्ने अडकलवाजी सुरु गरे । उनीहरूले माओवादी फुटाएर आएकाहरू उठेका पदमा मात्र चुनाव हुनु नै माओवादीबाट आएका नेताहरूलाई हराएर पाखा लगाउने ‘भित्री ओली योजना’ हो भनेर प्रचार गरे । भोलिपल्ट माओवादीबाट आएकाहरूले चुनाव जितेको उनीहरूले थाहा पाए । तब फेरि लेखे ‘हेर हेर आफ्ना त्यस्ता पुराना र योग्य नेताहरूलाई हराएर माओवादीबाट आएका चैतेहरूलाई जिताएको ! यस्तो पनि पार्टी हुन्छ’ भन्ने समाचार बनाएर बग्रेल्ती छरे । जे गरे पनि खोट देखाउने काममा खटेका ज्यालादारीहरूले सबै काममा खोट नै लगाए । यसलाई एमालेजनले कसरी लिए त्यो भने भविष्यले नै बताउला ।
विधान अधिवेशन भई सकेको हुनाले त्यहाँ विधान बारे छलफल गर्नु थिएन । त्यहाँ नारायणी किनारमा उर्लिएको जनलहर, देश–विदेशबाट आएका अथिति पाउना र नेता–कार्यकर्तालाई स्वागत गर्नु थियो । जे गर्नु थियो त्यो एमालेजनले सफलतापूर्वक सम्पन्न गरे । तर, त्यही सफलतामा अन्य पार्टीका कतिपय नेताले आफू समाप्त भएको दृष्य देखे । नेकपाकालमा जब १९ पेजको छोडपत्र ओली समक्ष प्रस्तुत गरियो तब एउटा झुण्डले एमाले आफ्नो कब्जामा भएको गलत धारणा बनायो । त्यसै बेला आफूहरूले गम्भीर गल्ती गर्दै ओलीलाई तीन पटकसम्म साधारण सदस्य समेत नरहने गरी नकालेको कुरा उनीहरू अहिले पनि सम्झन चाहदैनन् । त्यसैगरी उनीहरू कपटपूर्ण खेलोफड्को गर्दै परमादेशबाट सत्ता प्राप्त गरेको पनि जनतालाई भन्दैनन् । ओलीलाई असफल बनाउने एक मात्र निर्विकल्प योजनाको भुत्ते हतियार बोकेर अहिले पनि भड्खालामा परेको बिर्सिएर अग्रगामी छलाङ मारेको रुखो कल्पनामा मस्त छन् ।
नेकपाका ऋषि कट्टेलले मुद्दा जित्दा ओलीले ‘सेटिङ’ गरेको देख्नेहरूले ‘नेपाली काङग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य श्री शेरबहादुर देउवालाई भोलि दिनको ५ बजे भित्र प्रधानमन्त्री पदमा सपथग्रहण गराउनु’ भनेर परमादेश गराउँदाको ‘सेटिङ’ लाई विरालाले गुहु लुकाएझैं लुकाउन कोशिस गरे । तर भेद खुलिहाल्यो । न्ययालयका न्यायाधीशलाईसमेत सत्ताको भागबन्डा गर्नेहरूलाई जनताले राम्रोसँग चिनेका छन् भन्ने नर्विसिए हुन्छ। कसले सेटिङ गरेको थियो र कसले थिएन भन्ने पनि जनको अदालतले निर्कियोल गर्छ । अब आत्तिनुको कुनै अर्थ छैन । प्रतिगमन सच्चिएको ‘नेता बकबास’ को लल्लौरी विल्लौरी पनि जनताले रुचिकर मानेनन् । अब एमाले विरोधी तत्वसँग चुनावमा ओलीको विरोध गर्ने नारा बाहेक अरु कुनै नारा छैन ।
निकट भविष्यमा चुनाव हुँदैछ । सबै नेताहरू जनताको घरदैलोमा पुग्नैपर्छ । अहिले सत्ता पक्षको एउटा टोली ‘देशी–विदेशी शक्ति लागेर’ आफूहरूको गठबन्धन भत्काउदै छन् भनेर रोइलो गर्दैछ भने अर्को टोली ‘चुनावसम्म हाम्रो गठबन्धन कायम रहन्छ’ भनेर कार्यकर्तालाई ढाडस दिदैछ । गठबन्धन दलबाट सत्ताको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसका नेता भने अहिलेसम्म खुलेका छैनन् । केही समय अघि नेपाली काङग्रेसका चितवन सभापतिले प्रचण्डका बाउ छोरीलाई डाडो कटाउने र काङग्रेसका कार्यकर्ताले आफ्नै चुनाव चिन्ह रुखमा भोट हाल्ने भाषण गर्नुभयो । त्यसपछि भक्तपुर पुगेर गगन थापाले नेपाली काङग्रेसले कसैसँग चुनावी तालमेल नगर्ने घोषणा गर्नुभयो ।
काङ्ग्रेससँग मिलेर सत्ताको भरमार उपयोग गरिरहेका ‘वामहरू’ चुनावमा काङ्ग्रेसको टेको नपाए पार्लाकपुर्लुक लड्ने अवस्थामा छन् । उनीहरूसँग जरोकिलो, थातथलो, साथसहयोग काङ्ग्रेस बाहेक अन्य केही छैन । जब जनतासम्म जाने पहुँच हुँदैन तब चुनावमा जानुको कुनै अर्थ रहँदैन र त्यस्तो बेला कतै त्यान्द्रो फेला परिहाल्छ कि भन्ने सोच्नु अस्वभाविक पनि होइन। अहिले ती वामहरू ‘आफू जित्न सकिदैन एमालेलाई जसरी पनि हराउनु पर्छ’ भनेर सात गाउँ डुवानउने सल्लाह गर्दै छन् । यता नेपाली काङ्ग्रेस भने आफूसँग लिसो बनेर लेपासिएका वामहरूसँग खुशी छैन । काङ्ग्रेसका नेताहरूको बेला बेला आउने भनाइहरूले यसको पुष्टि गरेको छ । गठबन्धनका केही नेताले प्रतिनिधिसभा चुनावसम्म यो गठबन्धन कायम रहने निर्णय भई सकेको छ भने पनि त्यस्तो हावा कुरा नपत्याउन काङ्ग्रेस नेताले आफ्ना कार्यकर्तालाई भन्न थालेका छन् । यसले प्रतिगमन सच्याएर उच्च छलाङ मार्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई ‘अग्रगामी सत्ता’ बुझाउन पुगेका वामहरू विलखबन्धमा परेका छन् ।
राष्ट्र र जनताका लागि आर्थिक, सामाजिक र राजनीतिक विकासका योजनाहरू निर्माण गर्नु दलहरूको कर्तब्य हो । जुन नेताले जनता सुखी हुने, देशमा विकास गर्न सकिने योजना प्रस्तुत गर्छ जनताले त्यही नेतालाई विश्वास गर्छन् । अहिले कतिपय ओली विरोधी ‘वाम’ हरूले आफ्नो योजना नै ओलीको विरोध गर्नुलाई बनाएका छन् । उनीहरूले ओलीको विरोध गर्नु नै जनता सुखी हुनु र देश सम्पन्न हुनु हो भन्ने विषयमा विद्यावारिधि गर्दै छन् । र, त्यही विद्यावारिधिको कागज देखाएर भोट माग्न जनता सामु जाने निर्णय गरेका छन् ।
यस लेखोटलाई कतिपयले ओली भक्तिको नमुना ठान्लान । कतिपयले अन्य ‘वाम’ प्रतिको नकारात्मक टिप्पणी मान्लान । तर, मित्र छातीमा हात राखेर भन्नुहोस् अन्य ‘वाम’का ती नेताहरूले जनता र राष्ट्रहितका कुन योजना ल्याए, कुन विचार र पद्धतिको वकालत गरे ? र, आजसम्म ओलीलाई गाली नगरी कुन भाषण पुरा गरे ? यस्तो लाग्छ, उनीहरुका पार्टीको दूरदृष्टि भनेकै ओलीलाई देखाइदिने हो । ब्यक्तिगत रिस र अहङ्कारले बनेको पार्टी र जनाधार नभएको नेता कति दिन टिक्ला ? निकट भविष्यले आफ्नो फैसला सुनाउने नै छ । त्यो फैसला पक्कै पनि परमादेशमा नभएर जनादेशमा आधारित हुनेछ ।