परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लागु पदार्थ दुव्र्यासन : अपराधिक मानिसका अवाञ्छित लोभले नवयुवाको भविश्य अन्धकारतर्फ

कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला म केही फरक बिषयमा चर्चा गर्न गइरहेको छु। एकातिर कोरोनाको कहरले विश्वमा भयावह स्थितिको सृजना संगसगै यसले मानिसलाई केही बिर्सन नहुने पाठ पनि पढाएको छ। कोरोना भाइरसको चपेटबाट हाम्रो समाज, देश र विश्व, छिटै मुक्तहोस् भन्ने कामना गर्दै बिषयबस्तुमा प्रवेश गरौं।

कहिलेसम्म नशा छुटाउने र रोकथामको नाममा दलालहरूले नशा छोड्न चाहनेहरू र प्रयोग गरिरहेकाको जीवनमाथि खेलबाड गर्न पाउने ? कहिलेसम्म पीडितमाथि यातना, शोषण जारी राख्न दिने ? तिनका परिवारलाई कहिलेसम्म यस्ता केन्द्रहरूले पैसा दोहनको माध्यम बनाइरहने ? नशाको ओसार–पसार र बिक्री–बितरण कहिलेसम्म छाडा छोड्ने ? कहिले नशा छुटाउन सहज, सुलभ र भरपर्दो उपचार विधि सुरु गर्ने ? र, दलालहरूले कसैको जीवनमाथि खेलबाड गर्ने कार्य अन्त्य कहिले हुने ? सरकारले यी प्रश्नको उत्तर दिएर मात्र पुग्दैन समाधान नै अघि सार्नु जरुरी छ। नत्र नेपाली नवयुवाहरूको भविश्य अन्धकार तर्फ धकेलिइरहेको छ। जसले देशको भविश्यलाई प्रत्यक्ष क्षति पु¥याउँछ।

थुप्रै नेपाली युवक–युवतीहरू जीवनमा धेरै अवसरहरूका साथसाथै असंख्य चुनौतीहरू पार गरिरहेका छन्। हिजोहाज नेपाली नवयुवामा चुनौतीको एउटा मूल कारण नशा वा लागु पदार्थ बन्ने गरेको छ। नशा सेवन र तथाकथित पुनस्र्थापना केन्द्रहरूबारे यहाँ केही चर्चा गर्नेछु।

यो समाजले लागुपदार्थको कुलतमा फसाइएका नवयुवाहरूलाई दुव्र्यासनी भनेर चिन्दछ। कोरोना भाइरसले गर्दा लकडाउनमा हामी सबै बस्न बाध्य छौँ। यो समयमा हाम्रो देशमा भइरहेको राजनैतिक उथलपुथल र कोरोनाको कारणले प्रत्यक्ष प्रभावित भएका तथा भइरहेका नेपालीहरूको आँशु र पीडाले हामीसबै नेपालीहरूलाई मर्माहत र भावुक बनाएको छ। यस परिप्रेक्षमा कैद हुँदा कस्तो हुन्छ? एक्लोपना के हो ? मानसिक रोग के हो? मान्छे आत्माहत्या गर्न किन जमार्को गर्छन? भन्ने कुरा बुझन सजिलो हुन्छ।

मानव भएपछि हामीले अरुको भावनाको कदर गर्न सक्नुपर्छ तर कसैलाई पनि सहजै विश्वास गरिहाल्नु हुँदैन। सुखमा मात्तिनु र दुखमा आँतिनु हुँदैन। अप्ठ्यारो र गाह्रो समयमा साथ दिने कोही हुँदैन, भोग्ने आँफैले हो, चोटघाउ लाग्दा आँफैलाई दुख्छ। अरुले त विचरा मात्र भन्ने हो, जीवनको हरेक हारलाई पाठ र सवकका रुपमा लिनुपर्दछ जस्तो लाग्छ।

अब बिषयको गहिराइमा जानु अघि बिषय अर्थात नशा के हो ? भन्ने बारेमा बुझौँ। कुनैपनि कार्यको आदतलाई हामी हाम्रो जीवनबाट छुटाउन निकै गाह्रो हुन्छ र त्यो आदत वा लतले हामीलाई शारीरिक, मानसिक, आर्थिक, आध्यात्मिक र सामाजिक रुपमा असर पु¥याइरहेको पनि हुन्छ। समाजमा यस्ता कुलतहरू थुप्रै छन्, उदाहरणका लागि जुवातास, यौनपीपासा, गाँजा, जाँड–रक्सी, हिरोइन, कोकिन आदि।

बरिष्ठ मनोविद जेक्स लेकनले भनेका छन्– जन्मिएको जो कुनै बच्चा पनि दुव्र्यासनी (एडिक्टेड) हुनसक्छ। तर हाम्रो समाजमा नशा, नशा सेवन गर्ने मानिसप्रति सोच निकै बेग्लै छ। नशा आफैँमा खराब तत्व हो। नशा सेवन गर्नु सेवन गर्ने स्वयं व्यक्ति, परिवार तथा समाजकै लागि हानिकारक हो। तर नशालाई समाजका मान्यता तथा व्यवहार र फिल्म लगायत विभिन्न सञ्चारका माध्यमहरूमा गरिने चित्रण तथा दृश्यहरूले झन खराब बनाएका छन्।

नशा बेग्लाबेग्लै प्रकृतिका हुन्छन्। त्यसैले नशाले यसको प्रकृति अनुसार मानव मस्तिष्कमा असरहरू पनि भिन्नाभिन्नै खालको सिर्जना गर्छ र सेवन गर्ने मानिसको स्वभाव पनि फरकफरक बनाउँछ। नशाले मान्छेलाई असर गर्छ तर कति ? यसले गर्ने असर धेरै वा थोरै वा अत्यधिक धेरै भन्ने कुरा बुझ्न नशाले प्रयोगकर्ताको शारीरिक, मानसिक, आर्थिक, आध्यात्मिक र सामाजिक क्षेत्रमा पु¥याउने असरका बारेमा अध्ययन गरेर मात्र बुझ्न सकिन्छ। नशाले प्रयोगकर्ताको मात्र नभएर प्रयोग गर्ने व्यक्तिसँग सम्बन्धित मानिसलाई पनि असर गर्छ। नशाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाम्रो समाजलाई र देशलाई नै अपूरणीय हानी गर्छ।

हामी नशाको लतबाट मुक्त हुन धेरै प्रकारका प्रयास गर्ने गर्छौं। कोही सफल हुन्छौं, जुन धेरै राम्रो कुरा हो तर कोही असफल हुन्छौँ। असफल हुनेहरूलाई सहयोगको जरुरत हुन्छ र, त्यो सहयोग सबैभन्दा पहिले आफ्नो नजिकका परिवारजनबाट हुनुपर्छ। नशा प्रयोग गरिरहेका र यो लत छोड्न चहानेहरूलाई आफ्नो परिवारको सबैभन्दा बढी आवश्यकता पर्दछ। त्यसपछि नजिकका आफन्त जस्तै साथीभाइ, छरछिमेक अनि औषधी र सामाजिक सहयोगको आवश्यकता पर्दछ।

यस कार्यका लागि आफ्नो पारिवारिक माया, स्नेह र सहयोगको अग्रणी भूमिका रहन्छ। जुन ज्यादै थोरै कुलतमा फसेका पीडितहरूले मात्रै आफ्नो परिवारबाट पाउँछन्। तर हाम्रो समाजमा आफैं नशा छोड्ने चाहना भएका व्यक्ति र नशा छुटाउने चाहना भएका परिवार दुवै यस्तो ठाउँमा पुग्ने र पु¥याउने गरेका छन्, जुन ठाउँको औपचारिक नाम पुनस्र्थापना केन्द्र वा सुधार केन्द्र हो। हाम्रो देशमा थोरै यस्ता उधार केन्द्रलाई गणना नगर्ने हो भने सबै संस्था पैसा कमाउने उद्देश्यले स्थापना भएका छन्। यस्ता संस्थामा नशा छुटाउने नाममा उल्टै यातना, पीडा र अमानवीय व्यवहार हुने गरेका छन्। यसलाई उन्मुलन गर्ने नाममा पीडितलाई थप पीडा, यातना दिने र अभिभावकबाट ठूलो रकम असुल्ने ध्याउन्नमा ती केन्द्रका सञ्चालकहरूको हुने गरेको तितो यथार्थ छ। दुखको कुरा त्यस्ता व्यक्ति तथा संस्थाहरू कुनै निगरानी बिना स्वयच्छाचारी ढंगले हामीकहाँ चलिरहेका छन्।

हामी सबैलाई थाहा छ- समय बलवान हुन्छ। सेकेन्ड, मिनेट, घन्टा, दिन, महिना, बर्ष बित्दै जान्छ, यस सँगसँगै गाउँ, समाज, शहर, देश र समग्र संसारमा नै परिवर्तन हुन्छ र हुनुपर्छ। हामी मानिस पनि परिवर्तनशील छौँ। हामी सँगै हाम्रो भाषा, भेषभुषा, बसोबास, रहनसहन, चाँडपर्व, मुल्य, मान्यता, सोच, शिक्षा, स्वास्थ्य, जनसंख्या, राजनीति, भुगोल यस्ता धेरै कुरामा परिवर्तन आउँछ र आउनु पनि पर्छ।

गुमनाम दुव्यासनीहरू (narcotics anonymous) को भाविश्य माथि खेलबाड गर्ने दलाल र सुधार केन्द्रहरू नशाको अगाडि हामी शक्तिहिन छौ, अर्थात नशा हामीभन्दा बलवान छ र यसका सामु हामी कमजोर र निरिह छौ, त्यसैले नशाबाट मुक्त हुन आफूभन्दा ठूलो शक्ति ईश्वरसँग प्रार्थना गर्नुपर्छ, भन्छन्। तर नशा केही असामाजिक मानिसका अवाञ्छित लोभले गर्दा यति खतरनाक बनेको हो। यस्ता केही व्यक्ति तथा समूहका अवाञ्छित ढङ्गले पैसा कमाउने लोभ र लालसालाई निमिट्यान्न पार्ने हो भने यसको शक्ति कति पनि बाँकी रहँदैन।

तर, लागुपदार्थको लतमा फसेकाहरूलाई उपचारका नाममा पैसा लिएर संस्थागत रुपमा गरिने शोषण र यातना हामी कहाँ पाशविक छन्। लागु पदार्थ सेवनबाट मुक्त गर्नेे विधि लामो समयदेखि नेपालमा परिवर्तन भएका छैनन्। झण्डै पउने एक शताब्दी पुरानो विधि नै नेपालमा अपनाउने गरिएको छ। जमाना कहाँदेखि कहाँ पुगिसक्यो, आजको परिवर्तनलाई हेर्ने हो भने महिना दिन अगाडि बनेको अथवा भएको कुरा आजभोलिका लागि पुरानो हुन्छ। तर आज पनि अधिकांश सुधार केन्द्रका नाममा ठगी जारी छ र, विडम्बना, हाम्रो सरकार मौन छ।

कहिलेसम्म नशा छुटाउने र रोकथामको नाममा दलालहरूले नशा छोड्न चाहनेहरू र प्रयोग गरिरहेकाको जीवनमाथि खेलबाड गर्न पाउने ? कहिलेसम्म पीडितमाथि यातना, शोषण जारी राख्न दिने ? तिनका परिवारलाई कहिलेसम्म यस्ता केन्द्रहरूले पैसा दोहनको माध्यम बनाइरहने ? नशाको ओसार–पसार र बिक्री–बितरण कहिलेसम्म छाडा छोड्ने ? कहिले नशा छुटाउन सहज, सुलभ र भरपर्दो उपचार विधि सुरु गर्ने ? र, दलालहरूले कसैको जीवनमाथि खेलबाड गर्ने कार्य अन्त्य कहिले हुने ? सरकारले यी प्रश्नको उत्तर दिएर मात्र पुग्दैन समाधान नै अघि सार्नु जरुरी छ। नत्र नेपाली नवयुवाहरूको भविश्य अन्धकार तर्फ धकेलिइरहेको छ। जसले देशको भविश्यलाई प्रत्यक्ष क्षति पु¥याउँछ।

गुमनाम दुव्र्यासनीहरू (narcotics anonymous) को भाविश्य माथि खेलबाड गर्ने दलाल र सुधार केन्द्रहरू नशाको अगाडि हामी शक्तिहिन छौ, अर्थात नशा हामीभन्दा बलवान छ र यसका सामु हामी कमजोर र निरिह छौ, त्यसैले नशाबाट मुक्त हुन आफूभन्दा ठूलो शक्ति ईश्वरसँग प्रार्थना गर्नुपर्छ, भन्छन्। तर नशा केही असामाजिक मानिसका अवाञ्छित लोभले गर्दा यति खतरनाक बनेको हो। यस्ता केही व्यक्ति तथा समूहका अवाञ्छित ढङ्गले पैसा कमाउने लोभ र लालसालाई निमिट्यान्न पार्ने हो भने यसको शक्ति कति पनि बाँकी रहँदैन।

कुलतमा फसेका पीडितहरूले आफ्नो भित्री शक्तिलाई पहिचान गरेर, मन तथा मस्तिष्कलाई एकाग्र र बलियो बनाएर आफ्नो मद्दत आफैँ पनि गर्नुपर्छ। त्यस्तै दलालहरूको क्रुर तथा अमावीय कर्म र लोभलाई सरकारले कडा निगरानी गरेर दण्ड दिनुपर्छ। नत्र व्यक्ति र व्यक्तिहरू मात्र दुव्र्यासनी बन्ने होइन, समग्र समाजले अकल्पनीय र अपुरणीय क्षति बेहोर्नु पर्नेछ।

Facebook Comments