परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना संक्रमण : रोगभन्दा भ्रम घातक छ

कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरू आत्तिएका छन् | समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् | अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ | यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन | यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु |

आज (२०७६।१२।०७ बिहान) सम्म विश्वमा २,४५,८५९ वटा कोभिड- १९ का केसमध्ये  १,४९,९९३ जना अर्थात् ९५% मा सामान्य लक्षण देखिएका छन्,जुन आराम / झोलिलो खाना तथा लाक्षणिक उपचारले ठीक हुन्छन् भने ७,३७८ जना अर्थात् ५% मा मात्र गम्भीर लक्षण देखिएका छन् | ती ५% मा पनि एकदम थोरै (१०,०४७ ) को मृत्यु भएको अवस्ठा छ | त्यो मृत्यु पनि ‘मृत्युको डिलमा पुगेका’ व्यक्तिको मात्र हुन्छ |

  • विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ | यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो | हामी नेपाली निकै भाग्यमानी हौँ | अहिलेसम्म हामीले यो समस्यासँग पीडाजनक युद्ध गर्नुपरेको छैन |
  • सुरुमै कोरोना संक्रमण नेपालमा आएको भए हाम्रो अकल्पनीय क्षति हुने थियो | यो ढिलाइको कारण हामीले प्रशस्त अनुभव गर्न पायौँ, संसारको पीडा बुझ्न पायौं, रोकथामका नयाँ नयाँ उपाय अबलम्बन गर्न पायौँ, यसको घातक प्रभाव थाहा पायौं, मास्क / स्यानिटाइजर तथा खाधान्नको अभाव नेपालमा मात्र हैन बिकसित देशमा पनि हुँदोरहेछ भन्ने तथ्य थाहा पायौँ  | अर्थात मानसिक र भौतिक तयारी गर्ने समय पायौं |
  • सरकारले स्टेप बाई स्टेप कदम चल्न पायो | लक डाउनको लागि मानसिक रूपमा सरकार र जनता तयार भयौं | सरकारको शक्ति र कमजोरी थाहा पायौँ | थाहा पाउनु भनेको समाधानको बाटोमा हिँड्नु पनि हो |
  • कोरोना संक्रमण त्यति घातक रोग हैन | यो छिट्टै फैलिन्छ तर रुघाखोकी जस्तै कम खतरनाक छ |
  • उदाहरणका लागि आज (२०७६।१२।०७ बिहान) सम्म विश्वमा २,४५,८५९ वटा कोभिड- १९ का केसमध्ये  १,४९,९९३ जना अर्थात् ९५% मा सामान्य लक्षण देखिएका छन्,जुन आराम / झोलिलो खाना तथा लाक्षणिक उपचारले ठीक हुन्छन् भने ७,३७८ जना अर्थात् ५% मा मात्र गम्भीर लक्षण देखिएका छन् | ती ५% मा पनि एकदम थोरै (१०,०४७ ) को मृत्यु भएको अवस्ठा छ | त्यो मृत्यु पनि ‘मृत्युको डिलमा पुगेका’ व्यक्तिको मात्र हुन्छ |
  • यो रोग विकसित देशमा धेरै फैलिएकाले लाखौँ अनुसन्धान, औषधी तथा खोपमा प्रगति एवम् आपसी हातेमालो सार्थक भइरहेको छ | औषधी तथा खोपको प्रयोग धनी देशबाट सुरु भएको छ |
  • धेरैलाई भ्रम छ कि उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा छ भन्ने | त्यो अल्प सूचना मात्र हो | जन्मजात मधुमेह भएका, मधुमेहको अन्तिम स्टेजमा पुगेर किड्नी लगायतका अंग खराब भएका तथा उच्च रक्तचाप हुँदै मुटुको असाध्य रोग लागेका व्यक्तिलाई जोखिम छ भनेको हो | सामान्य उच्च रक्तचाप र मधुमेह भएका एवम् औषधीले उच्च रक्तचाप र मधुमेह नियन्त्रण भएका व्यक्तिलाई जोखिम छैन |
  • बालबालिकालाई जोखिम भनिए पनि अहिलेसम्म विश्वको तथ्याङ्क हेर्ने हो भने नगन्य रूपमा यसको घातकता देखिएको छ | सय बर्ष काटेका धेरै बुढाबुढी यो रोगबाट सजिलै निको भएका छन् | तसर्थ जोखिम वर्गलाई सामान्यीकरण गर्नु हुँदैन | त्यसलाई भयो भने मलाई पनि हुन्छ भन्ने छैन | हरेक व्यक्ति फरक फरक हो | यो मौलिकता हामीले बुझ्नुपर्छ |
  • मास्क, स्यानिटाइजर लगायतका सामान हुँदा राम्रो हो तर नहुँदा पनि असुरक्षित महसुस गर्नु पर्दैन | कोभिड – १९ बाट बच्ने अचुक उपाय भनेको घरमै बस्ने, हात धोइरहने तथा आफूलाई शारीरिक एबम मानसिक रूपमा बलियो बनाउने नै हो |
  • महामारी तथा प्राकृतिक बिपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट कुरा तथा अनधिकृत बिषयले धेरैलाई पीडा दिएको हुन्छ | रोग लाग्नुभन्दा पहिले विक्षिप्त हुनु भनेको आफूले आफ्ना लागि खाल्डो खनेर खस्नु जस्तै हो | हाम्रो देशमा कोरोना संक्रमण ब्यापक भयो भने ती व्यक्ति सजिलै बाँच्नेछन् जो मानसिक रूपमा बलिया हुन्छन | शरीर गाडी हो भने मन त्यसको ड्राइभर हो | ड्राइभर विक्षिप्त भयो भने जस्तो सुकै बलियो गाडी भए पनि दुर्घटनामा पर्छ | हामी सबैले मन बलियो बनाऔँ |
  • सरकारले १५ दिन एयरपोर्ट लक , नाकाहरु सिल तथा पकेट एरियालाई लकडाउन गर्यो भने दुरदर्शी निर्णय हुनेछ | खास गरि भारतबाट हामीलाई धेरै खतरा छ | यो ब्यबस्था अपनाउंदा बाहिरबाट कोहि आउन पाउदैन, यहाँ कोरोनाको संक्रमण भएका व्यक्तिहरु भएको भएपनि त्यो १५ दिनमा या त आफै निको हुन्छन् या त अस्पताल भर्ना हुनुपर्ने हुन्छ |
    एकले अर्कोलाई सार्ने क्रम रोकिन्छ |
  • सुरुमै यो ब्यबस्था भएको भए अरु देशमा भयाबह हुने थिएन | हामीले गर्ने रोकथाम हो | उपचार त आफ्नै इम्युनिटीले गर्ने हो |

—डा. पाण्डे जनस्वास्थ्य विज्ञ एवं स्वयंसेवक हुनुहुन्छ । 

Facebook Comments