परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गैरजिम्मेवार विद्यालयहरूलाई कारवाही गर्न अनेरास्ववियूको माग

काठमाडौँ, चैत ७।

अनेरास्ववियूले नेपाल सरकारको निर्देशन र नीतिको अवज्ञा गर्दै कतिपय निजी तथा संस्थागत विद्यालयहरूले प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको भन्दै त्यस्ता गैरजिम्मेवार गतिविधि गर्ने विद्यालयहरूलाई तत्काल कार्वाही गर्न नेपाल सरकार एवं सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गरेको छ । 

विद्यार्थीहरूको ठूलो सङ्गठन अनेरास्ववियूका संयाेजक ऐन महर र सहसंयोजक रञ्जित तामाङको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा भनिएको छ— ”विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउँदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठुलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपूर्ण हर्कतप्रति हामी घोर निन्दा र आपत्ति प्रकट गर्दछौं । अनेरास्ववियू यस खालका गैरजिम्मेवार गतिविधि गर्ने सवै विद्यालयहरूलाई तत्काल कार्वाही गर्न नेपाल सरकार र अन्य सरोकारयुक्त नियमनकारी निकायहरूसमक्ष जोडदार माग गर्दछ।”

Facebook Comments