परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देउवा दाइ उघ्राउँदै छन्!

हाम्रो नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवा बोल्नु भन्दा बढी काम गरेर देखाउछन् । अस्तिनै बुटवलमा आफैंले “कुरा भन्दा बढी काम गर्ने” भनेर फ्याट्टै घोषना गरे । हाम्रो दाइको कत्रो दुस्साहस । सुन्ने नेता कार्जेकर्ता त ट्वाल्ल परेर दाइको अनुहारतिर हेर्याहेरै । मलाई  त फोनबाटै “जोय नेपाल दाइ” भन्न मुन लागेर कस्तो जोडले घाँटी खसखस गरेको । धन्य आफूले आफैला “हेर भिरघरे ठूलाबडालाई फ्याट्ट फुन गर्नु राम्रो होइन” भनेर सम्झाएँ । फेरि यस्तो बेलाँ ती झापातिरका महामन्त्री भने “दाइले अब प्रधानमन्त्री बन्दिन भनेर घोषना गर्नुपर्छ” भनेर परक्क बटारिन्छन् । ए बाबा हो ! देउवा दाइ नभए काङ्ग्रेसमा अर्को को छ र प्रधानमन्त्री बन्ने ! नबुझी किन बोल्छन् मनुवाहरू !

अहो भिरघरे लु बसेर कुरा गरौ भतिज । धेरै दिन भयो यता आउदा पनि आइनस् । देशमा विकासको लहर कसरी चल्छ भनेर त हाम्रो सरखार हेरेर थाहा पाइस होला नि ! हामी माउवादी र काङ्ग्रेस मिलेर गर्ने विकास भनेको यही हो । अहिले हाम्रो नेताहर्को अवस्था उक्सिदै छ । अलिपछि कार्जेकर्ताको उस्किन थाल्छ । चारैतिर उद्योग धन्दा खुल्दैछन् । विकास निर्माणका कामहरू धमाधम हुदैछन् । एक प्रकारले बेरोजगारी हट्यो भन्दा पनि हुन्छ । हाम्रो काम्रेस प्रचन्नले नै भनी सके “अर्थतन्त्र सुधारोन्मुख छ” भनेर । कमफर्टेवल सरखार भन्थे पत्याएकै थिइन तर हो र छ । होइन हाउ “जस्तो साँचो उस्तै इँटा” भन्थे हो रछ । हाम्रो प्रधानमन्त्री प्रचन्नलाई भ्याइनभ्याई छ । अस्ति टिकट काटेर उड्न ठिक्क परेका ३१ जना यात्रु छाडेर आफू भुर्र उडे । हतारोले गर्दा ।

हो नि विध्वंसे काका ! फेरि त्यसैबेला नातिनीको विहेको चटारो परेको थियोे । अब अहिले हाम्रो प्रधानमन्त्री काम्रेसलाई अलि फुर्सद मिलेको थियोे बालकुमारीमा दुई जना त पुर्लुक्क पुर्लुक । चिरिप्पझ्याप । हाम्रो काङ्ग्रेसको साथ पाएपछि त तिम्रो प्रचन्न काम्रेसले विकासको थुप्रो लगाई सके । हाम्रो देउवा दाइलाई प्रचन्नले उघ्राउने गरि पोसिलो कुरा खुवाए भने “लौ तिमी हाम्रो नेपाली काङ्ग्रेसको पनि सभापति भएर ल्याउ” भनेर प्रचन्नलाई दिन बेर छैन । देउवा र प्रचन्नले अब आम्ने चुनावमा पनि आन्द्रा जोडिए जस्तो भएर उठ्नुपर्छ भनी सके । एक्ला एक्लै उठ्यो भने त्यो एमाले भन्नेले हान्ने रैछ घुँयत्रो । झुलाघाटदेखि चिवा भञ्ज्याङसम्म भनेर जनतालाई दुख दिएर फेरि …!

हेर भिरघरे ! त्यो ओली भन्ने मान्छे ज्याद्रा रान । यसरी चारैतिरबाट घेराबन्दी गर्दा पनि अगाडि बढेको छ छ । झुलाघाट भन कि गैरी फाँट भन, चिवा भञ्ज्याङ भन कि डाँडा घ्याङ भन मान्छे उर्लेर उसैको पछिपछि हिडेको छ । हाम्रा स्वाँठ नेता सात पुस्तालाई पुग्ने कमाएपछि लामो सास फेरेर बसेका छन् । हैन राम्रो कुरा त ओलीबाट पनि सिक्नु नि ! अझ “चिल्लो गाडीमा सलललल्ल कुदेर झुलाघाटदेखि चिवा भञ्ज्याङसम्म पुग्नु कुन ठूलो कुरा हो” भनेर हाम्रो माओवादी काम्रेसहरू चिच्याउदै छन् । मैले त हाम्रो काम्रेसहर्लाई “एकपटक ओली हिडेको मध्य पहाडी लोकमार्ग छिचोलेर त देखाउ” भन्दी सके ।

तिमी पनि अलिलि गर्दै ओलीको फेन हुन पुग्यो विध्वांसे काका ! हुन त ओली ज्याद्रो रान यो चाहिँ मैले पनि माने । हाम्रो नेपाली काङ्ग्रेसको सभापति देउवा दाइ बूढो भएर पो । सानो हुदा ताका खुब दौडिन्थे अरे । “कहिले रुवा खोला, कहिले जे होला होला” भनेर दौडिन्थे भनेर अहिले पनि डडेलधुराका बुढापाका सुनाउँछन् । देउवा दाइ कर्ममा पटक्कै विश्वास गर्दैनन् । भाग्यमा चाहिँ खुब विश्वास गर्छन् । प्रधानपञ्च हुने कर्म नगरे पनि भाग्येको डोजरले तानेर पाँच पाँच पटक प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गरायो । नेपाली काङ्ग्रेस पार्टीको गतिविधि ठप्पै छ । तर, देउवा दाइ मोटाएका छन् । ढुस्स उघ्राउँदै दाइ बसेपछि काग मराम्दै छ, पिना सुक्दै छ हुने नै भयो । ६ महिनामा विभाग गठन गरिसक्नुपर्ने प्राबधान भए पनि हाम्रो दाइले दुई कार्यकाल गरेर १२ वर्षमा पनि गर्ने भएनन् । एकातिर भाग्य अर्कोतिर ज्याद्रोपन दाइसँग बराबर छ ।

ठिकै भनिस् भिरघरे ! पार्टीको कुरा गर्दा हाम्रो प्रचन्न काम्रेसले पनि देउवा दाइबाट धेरै सिकिसके छन् । आफू नछाड्ने, अर्कोलाई अघि बढन नदिने अनि कसरी  हुन्छ पार्टी विस्तार ! यही पारा हो भने २०८४ को चुनाउमा देख्ने छन् कमफर्टेवल मार्ग । सप्पै तिमारू मिलेर एमालेलाई एक्लो बनाइकन  चुनाउमा जानू भनेर हाम्रो मित्र  विस्तारवादी भारतले भनेर मात्र के गर्नु । जनताले नपत्याए पछि । “अघि देउवा जानेन, पछि प्रचन्न मानेन, ओली देखि डराउने, आफ्नासँग कराउने” गरेर त कहाँट हुन्छ भिरघरे !

त्यही त भनेको काका ! बिचरा ! ती माधव काम्रेस पनि लुरुलुरु पछ्याउँदै छन् । अलिलि गर्दै उनका कार्जेकर्ता र नेता एमालेतिर फर्कदै छन् । कहिले भीम रावलतिर हेरेर खुई…या गर्छन, कहिले योगेशतिर हेरेर बर्बराउछन् । पार्टी चलाउन पनि गाह्रो छ हौ । हाम्रो प्रधानमन्त्री राष्ट्रमा विकास भयो, भ्रष्टाचार रोकियो, सुशासन कायम भयो, विदेशीहर्ले पत्याउन थाले भन्छन् । जनता ढाँट्न भनेका हुनन । अबका जनता पहिलाका जस्ता छैनन् । डाटा हेर्छन्, सामाजिक सञ्जाल उधिन्छन् । प्रत्यक्ष अनुभव गर्न र उपयोग गर्न नपाए अहिलेका जनताले पत्याउदैनन् । हुन त अब पनि हाम्रो काङ्ग्रेस र एमाले नै ठूलो पार्टी बन्लान । अहिलेसम्मको अवस्थाले त्यही देखाउँछ ।

वाइयात कुरा गर्छस् भिरघरे ! हाम्रो माउवादी पार्टी नै ठूलो पार्टी हुन्छ । ठिक्कको मात्रै भए पनि तिमारूका नेताको दिमाख भुटेर हाम्राे प्रचन्न नै प्रधानमन्त्री बन्छन् । अहिले नै हेर्न हाम्रो प्रचन्नले नत्थी लगाएर घुमाएको देखिस् होला नि । दिमाख चाहिन्छ दिमाख । पार्टी सानो भएर के नाप्छ । जोसँग ढुकुटी चिरिपझ्याप पार्ने खुवी छ उसैले हसुर्छ । अहिले हाम्रो माउवादी सानो पार्टी  हुदाहुदै पनि  सरखार प्रचन्नको हातमा कर्याप्प झ्याप भयो । यही शक्ति भनेको । सरखार छाड्ने कुरै आम्दैन । फासिष्ट सोचले हुन्छ कि लिसो विचारधाराले हुन्छ कुनै हालतमा हाम्रो प्रचन्न काम्रेसले सरखार छाड्दैनन् ।

लौ काका ! तिम्रो मति सप्रोस । म लागे उभिण्डेतिर । जोय नेपाल !

Facebook Comments