परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ सम्मानित

काठमाडौं । कवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ कवि भवानी घिमिरेस्कृति रमा–कृष्ण साहित्य सम्मान– २०७९ बाट सम्मानित हुनुभएको छ । रमा–कृष्ण सृजना प्रतिष्ठन काठमाडौंले २०८० कात्तिक १८ गते प्रतिष्ठानको १३ औं वार्षिकोत्सव तथा श्रष्टा सम्मान समर्पण समारोह प्रज्ञा भवन काठमाडौंमा आयोजना गरेको थियो । सो समारोहमा नगद पन्द्र हजार राशी सहित कवि तथा बरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष महेन्द्र बहादुर गुरुङको अध्यक्षतामा आयोजित समारोहमा वीर झागल गुरुङस्मृति रमा–कृष्ण जनजाती उन्नयन सेवा पुरस्कार– २०७९ बाट पूर्व सांसद तथा नेतृ शान्ता चौधरी दाङलाई सम्मानित गरिएको छ । यो सम्मानको राशी दश हजार नगद रहेको छ । यसैगरी दश हजार राशीकै डा. हर्क गुरुङस्मृति रमा–कृष्ण विज्ञान/प्रविधि युवा पुरस्कार– २०७९ बाट कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुरको सिभिल इन्जिनियरिङ २०७५ व्याचका आदर्श थापासहित चार जना विद्यार्थीहरुको परियोजनालाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै कविवर दुर्गालाल श्रेष्ठ र पूर्व सांसद शान्ता चौधरीले सम्मानित हुन पाएकोमा खुसी व्यक्ति गर्नु भयो।

समारोहमा बोल्दै अध्यक्ष गुरुङले सम्मानित व्यक्तित्वहरुले सम्मान स्वीकार गरिदिनु भएकोमा आभार प्रकट गर्नु भएको थियो ।

Facebook Comments