परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रा.डा. पुष्प अधिकारीको नयाँ कृति : “इजिष्ट अन्टिल डेमोक्रेसी” बजारमा

काठमाडौं । लोकतन्त्र लागु हुने बेलासम्मको इजिप्ट (Egypt Until Democracy) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुणहरुलाई कसरि भूमण्डलीकरण, विज्ञान–प्रवीधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौति दिन्छ भन्ने कुरालाई प्रष्ट देख्न सकिन्छ । अझ भनौं मुख्य शक्तिराष्ट्र्हरुका स्वार्थलाई चुनौति दिँदा, अन्त्यमा देशले कतिसम्मको पिडा खप्नुपर्ने हुनसक्छ र त्यो पनि भूमण्डलिकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रुपमा कसरि शक्तिराष्ट्र्हरुले फसाउँदै लैजान्छन् भन्ने कुरा लेखकले प्रष्ट पारेका छन् ।

राष्ट्र्पति गमाल अब्देल नासेरले सुएज क्यानल (बाँध) लाई राष्ट्र्यिकरण गरेको बदला कसरि शक्तिराष्ट्रहरुले लिए र प्र्रजातन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्र्को हारमा खसाले? भन्ने कुरा पुस्तकले विस्तृत रुपमा दिएको छ । पश्चिमा राष्ट्र्को लहैलहैमा लाग्दा कसरि राष्ट्र्पति अनवर–अल–सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पुरा हुन छोडेपछि अन्त्यमा उनको हत्या हुन्छ ? यसको चर्चा पुस्तकमा रहेको छ । सादातकै उप–राष्ट्र्पति होस्नी मुबारक राष्ट्र्पति बनेपछि पश्चिमा खासगरि अमेरिकाको आडमा ३० बर्ष शासन सम्हाल्छन् । जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरि लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि बिस्थापित गरियो भन्ने कुरा प्रष्ट रुपमा पुस्तकमा पढ्न पाइन्छ ।

आफ्नो स्वार्थपूर्तिका लागि कसरि अमेरिकाले बर्षौसम्म इजिप्टमा सहायताका नाममा अर्बौ डलर खन्याउँथ्यो, र अन्त्यमा त्यसमै इजिप्टको बानि परेपछि सो सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धरासायी पारिदियो भन्ने बेलिविस्तार पुस्तकमा पाइन्छ । दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्ति राष्ट्र् इजिप्टसँग मितेरी गाँस्न तात्कालिन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर–अल–सादातको दमनकारी शासनको पक्षमानै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ ।

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको Egypt Until Democracy पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागी उपयोगी देखिन्छ । खासगरि लोकतन्त्रको अमेरिकी संसकरणमा डुबुल्कि मार्न खोज्ने दक्षिण एसियाली राष्ट्र्का राजनीतिज्ञ, योजनाबिद्, तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नै पर्छ भन्न सकिन्छ ।

लामो समय पत्रकारिताका बिभिन्न क्षेत्रमा परिचित तथा हाल राजनीतिशास्त्रका प्रध्यापक डा. पुष्प अधिकारीले यो पुस्तक दश बर्षको अथक परिश्रमबाट तयार पारेका छन्, जुन मेहनत पुस्तक पढ्दै गर्दा देखिन्छ पनि ।

लान्सर पब्लिकेसन्स नयाँ दिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक निम्न पोर्टलहरुमा गई किन्न सकिन्छ :

1. Amazon: Egypt Until Democracy

2. Flipkart: Egypt Until Democracy

Facebook Comments