परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पानदलेको सिट भाँडफाँड न्यायोचित, छैन अनुचित!

फुटानी

थाहा पाउनु भयो होला नि ! नेपाली काङग्रेसले टिकट `न्यायोचित´वितरण गर्यो । अर्थात न्यायोचित भनेपछि न्यायोचित । उचित भन्दा माथिल्लो अोल्लो भन्दा पल्लो न्यायोचित । हाम्रो माउवादी केन्द्रलाई पनि देउवा दाइले मुया गरेर धौ फुकाएर टिकस दिए । देको कुरालाई देको भन्नै पर्छ । उनले हामीलाई गमर्क्यारै दिए। `तिमारू मुलाङहर्लाई ३० सिट भन्दा दिन्न´ भनेको भे पनि हाम्रो प्रचन्न काम्रेसले मान्नै पर्ने अवस्था थियो । नमानेर के गर्नु ! अाफ्नो मात्र भोटले जित्ने ठाउँ कतै छैन । त्यही काङग्रेसको भोटको अाश त होनी ! काङग्रेसकै भोटले जित्ने हो, चुनाउ पछि काङग्रेसलाई नै ठोक्ने हो । हाम्रो नीति त्यही हो । जे होस् देउवा दाइले शेखरहर्लाई भन्दा हामीलाई राम्ररी च्यापेकाछन् । देउवा दाइ साँच्चै मनकारी मान्छे रान । माधव काम्रेसलाई पनि राम्रै देका छन् । १० वटा सिट दिए उनलाई पुग्दो हुन्छ । रै पनि नपुगेर निहुँ खोजेर सिट बढाए । रामरामराम २० सिट पाम्नु भनेको माधौ काम्रेसलाई दशं अाए जस्तो भयो । नढाँटी भन्ने हो भने माधव नेपालको भन्दा उपेन्द्र ज्यादवको राम्रो अवस्था छ । मधेस प्रदेशका जनताले अझै राम्रै पत्याउदै छन् । उपेन्द्रलाई रोकेर राख्न सकिएन भने मधेसमा काङग्रेस र माउवादीलाई ठूलो घाटा हुन्छ ।

घाटा लागेर के गर्नु ! उपेन्द्र र अोली मिलिहाले ! बरु उपेन्द्रलाई २० र माधौलाई १० सिट दिएर मिलाम्नु पर्थ्यो । मधेस प्रदेश नराम्रोसँग लान्छन् जस्तो छ । जे होस् हाम्रो पानदलेले पनि सिट भाँडफाँड टुङग्याए । मलाई त यिर्नाले टुङग्याउछन जस्तो लागेकै थिएन । हाम्रै प्रचन्न काम्रेसले गर्दा ठ्याक्क कुरो मिल्यो । मैले प्रचन्नलाई विश्वकै सर्वहारावादी महान नेता, बाठो र चतुरे अध्यक्ष, नेपालको अावस्यकताको भडखालो पुर्न सक्ने एकमात्र  व्यक्ति भनेर त्यसै प्रशंसा गरेको होइन । भैंसी कसम, हाम्रो देउवा दाइ माउवादीको दाइना हुनजेल प्रचन्न काम्रेसले गति छाडेर काङ्रेसको फुर्को समाम्छन् । जब चुनाउ सकिन्छ तब हाम्रो काम्रेसले देउवा दाइलाई नराम्रोसँग घोक्र्याउछन् ।हाम्रो सदावहार अध्यक्षको बानी नै त्यस्तै छ । जतागयो उतै भत्कायो । यो बाहिर भनेर हिड्दा अाफ्नै अाँङ कन्याएर छारो उडाउनु जस्तै हो । अोलीको एमाले सक्न पाए हुन्थ्यो भनेको झन बलियो हुन्छ जस्तो छ । हुन त काङग्रेसले भोट ओइराइ दिययो भने पहिला भन्दा १५ सिट बढी जितिन्छ । बिचरा ! शेखर कोइरालाहर्लाई हाम्रो प्रचन्न काम्रेसले थाङ्नामा सुताइ दिए । देउवा दाइ हाम्रो सदावहार अध्यक्षले जे भन्यो त्यही मान्ने भएपछि काङग्रेस भित्र अागो नसल्किए के पानी सल्किन्छ त !

अा… त्यताको कुरा जेसुकै होस् है । अब यताको कुरा गरौ । हाम्रो प्रचन्न काम्रेसले बोल्न चाहिँ मिलारै बोल्न जानेका छन । उता पूर्व कता इटहरीतिरको पहिलाको मेहेर द्वारिक चौधरी भन्ने एमालेको थोत्रे कार्जेकर्तो माउवादीमा प्रवेस गर्दा `राष्ट्रिय अर्थ राख्यो´ भनी दिए । अाफ्नो बाँङबुङ भत्कार एमालेले लगी सक्यो। एमालेको साधारण कार्जेकर्तो द्वारिक अार के गर्नु ? न उ नेता न उसँग कार्जेकर्ता ! हाम्रो भने उ यही छिमेकी जिल्ला हुम्लाको स्वतन्त्र उठ्दा नि सांसद जित्ने, दह्रो जनाधार भाको, पार्टीको केन्द्रीय सदस्य छक्कबहादुर लामा थाहै नपाइ एमालेमा गए । उता चितवनमा हाम्रै प्रचन्न काम्रेसको चुनावी कमाण्डरहरू लर्को लागेर एमाले प्रवेश गरे । ती पनि  केन्द्रीय सदस्य । अझै कति जादैछन् । उनार्को राष्ट्रिय अर्थ राख्दैन हाम्रो भने राष्ट्रिय अर्थ राखिहाल्छ ।  भन्नु उसो होइन हाम्रो त अनौठै छनि ! तर, बाठो त बाठै हुन हाम्रा अध्यक्ष अहिले चितवनबाट झोलीतुम्बा बोकेर लुसुक्क गोरखातिर लागेछन् । अब त्यहाँबाट जितेपछि हान्ने राँगो जस्तो भएर काठमाडौं पुगेर `खै छोडछोड´  भन्दै देउवा दाइको कठालो समाम्छन् ।

हौ विध्वांसे काका ! नमस्कार है । लु अब चाहिँ टिकट सिकट भाँडफाँड सकियो । हाम्रो देउवा दाइ भएसी नमिल्ने कुरो पनि चिरिच्याट्ट भर मिल्छ । प्रचन्न र माधवको पार्टीका धेरै जसो ओलीतिरै फर्कीहाले । अब यो उभिण्डे गाममा माउवादीमा करमबोटे माइलो र  माधौको पार्टीमा टारीको  कान्छो त बाँकी रहे । चितवनमा प्रचन्नलाई हराउन अोलीले यम परियारलगायत माउवादीका नेता सोरपटार पारेर एमालेमा लागेपछि प्रचन्न अरल्लिएका थिए उनी टाप ठोकेर गोर्खा पुगेसी अोली जिल्ल ।

के टाप ठोके भन्छस् भिरघरे ! हाम्रो सदावहार अध्यक्ष काम्रेस प्रचन्नले विश्वको जुनसुकै ठाँममा उठे पनि  जित्छन् । चितवन छाडेर यसपटक हाम्रो अध्यक्ष काम्रेसले चितवने काङग्रेसलाई जिल्ल पारिदिए । खाली पैसो खोजेर हैरान पारेका थिए । सानो पैसा होर ! एक करोड देखि १० करोडसम्म । हैट ! छोरीलाई जिताउन उसरी नै कुस्त पैसा खर्च भयो । कहाँट हो हाम्रो सर्वहारा वर्गको नेताले धन्न त्यत्रो पैसा जम्मा गरेका रान । काङ्रेसले हैरान पारेका थिए अब भने ढुक्क भयो । अब चुनाउमा हाम्रो पार्टीबाट उठेकाहर्ला हाम्रो अध्यक्षले १/२ करोड १/२ करोड  दिए पुग्छ । नत्र त अलिली खर्चले त भैंसी कसम फिट्टिक्कै नपुग्ने ।

हेर काका ! हाम्रो पानदले गठबन्धन भन्दा एमालेले गरेको केही जिल्लाको चुनावी सहकार्य दह्रो होला जस्तो छ । सदावहार गठबन्धन उचित पनि होइन । अहिले हाम्रै काङग्रेसमा भाँडभैलो भै सक्यो । यता तिमारूको पनि राम्रो अवस्था छैन । मधेस प्रदेशमा हाम्रो काङग्रेस र जसपा मिलेर उठेको भए दुइटाले सप्पै सिट जित्ने थिए । अब एमाले र जसपा मिलेर त्यहाँबाट अरुलाई चिलिम फर्काउछन् जस्तो छ । हाम्रोहर्ले अलि मिलाम्नु पर्थ्यो सकेनन । यो जमानामा काङग्रेस जस्तो पार्टी  कम्युनिष्टसँग मिल्नै नहुने । ए काकी पनि अाइछन् त । नमस्कार है झुम्री काकी ! काकी के छ नयाँ नौलो खबर !

अन्य आकर्षणहरू

लु चिया खादै गफ गरौ ! गामघरमा के नयाँ नौलो खबर हुन्छ हौ भिरघरे ! राजनीति बाहेक यतातिर अरु विषय खबरै बन्दैन । अब अाज संघीय र प्रदेशसभा सदस्यको लागि नाम दर्ता गर्ने दिन । भोलिदेखि नेताहरू गाम डुल्न अाम्ने हुनन् । हुन त यो क्षेत्रमा हाम्रो एमालेले सजिलै जित्छ तापनि म पनि गामघर त डुल्नैपर्छ । यसपालि समानुपातिकमा नाम राख्दिम भन्दै थिए । म अाफैले प्रदेशमा त बस्दिन भन्दे । तल माउवादीकी गौथली मलाई भन्दै थिई- प्रदेशमा चाहिँ नबस्नु है ठूलीकान्छी भनेर । पहिला त्यो प्रदेशमा थिई ।

यो झुम्री वाइयात कुरो गर्छे । अोलीले दिए पो यल्ले पाम्नु । हाम्रो माउवादीतिर अाकी भए हाम्रो प्रचन्नले झगडा गरेर पनि संघीय संसदको टिकस् मिलाई दिन्छु भनेको थियो । यो बटारिएर `तिमार्को पार्टीबाट धेरै जसो एमालेतिर गैसके म भने किन तिमार्कोमा अाम्ने ?´ भनेर झगडा गर्न पो अाई । प्रचन्न भनेको हिंङ नभए पनि हिंङ बाँधेको टालो हो भनेर धेरैले सम्झाए ।  यो माने त भैंसी कसम ।

लु तिमीले पनि भैंसी पूजा गर्न थालेउ कि कसो ! भैंसी कसम भन्छौ त ! कस्को फुन अायो। पर्ख है काका ! हौ काका ! मलाई उभिण्डे खोलाबाट जुठेले तुरुन्तै अाम्नु भनेर बोलायो मलागें ।

जै नेपाल !

Facebook Comments