परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पानदलेको- गणित मिल्यो, हिसाब मिलेन

फुटानी

के गरेका हुनन पानदलेहर्ले ! मलाईसमेत रिङटा लाग्न थालिसक्यो । सिट भाँडफाड र को काँ, कुन क्षेत्रबाट उठ्ने टुङ्गो लगाउन कार्यदल बनेकोथियो । त्यो कार्यदलले ४० दिन लगाएर दुईटा बाहेक सप्पै काम टुङ्गियो भनेर ठोस विश्लेषणसहितको प्रतिवेदन बुझाएछ । उनार्ले निर्नय गर्न नसकेको काम भनेको बडो सजिलो काम हो । (१) सिटको  भाँडफाँड र (२) निर्वाचन क्षेत्रको टुङ्गो । अरु विषयमा पानदलेबीच सप्पै कुरो मिलेको छ । दर्शन सालाखाला मिलिसकेको छ । नेपाली काङग्रेसको नेतृत्वमा उच्च छलाङ लगाउदै `साम्यवादको भेउसम्म जान्ने´ नयाँ सिद्धान्त पनि प्रतिपादन गरेको छ । कम्युनिष्टहर्ले सहकार्य गर्न खोजे त्यसलाई भत्काउन वा `अाइसब्रेक´गर्न  पहिला नै सप्पैले कण्ठ गरेको प्रचन्नपथ यथेष्ट हुने ठहर गरिएको छ । काम्रेस प्रचन्नको जता गयो उतै भत्काउ नीति चुनाउ पछि मात्र लागू गर्ने उल्लेख गरिएको छ । चितवने काङग्रेसीले दायाँ वायाँ, अोल्टो कोल्टो नगरी अाफ्नै चुनाउ चिन्न हँसिया हथौडामा भोट हाल्नु पर्ने छ । माधौ काम्रेसलाई `वर्तमान परिप्रेक्ष्यमा अपमान सह्य नहुने´ भएकाले देउवा दाइ र प्रचन्न काम्रेसले मिलेर सम्मान पूर्वक सम्बोधन वा विदा गर्नु पर्ने छ ।

हाम्रो प्रचन्न काम्रेसलाई कोहर्ले हो `जनयुद्ध कालदेखि समाप्त पार्न खोज्दै छन्´ । यो भनाइ प्रचन्नले बारम्बार दोहोराएका छन् । पछिल्लो पटक धनार्जन शर्माले अस्ति धम्क्याए पछि फेरि त्यही शब्द दोहोराए । पहिला हाम्रो सदावहार अध्यक्ष ज्यू प्रचन्न प्रधानमन्त्री हुदाहुदै धम्क्यायो । उनलाई सपनामा पनि कोहरू अार धम्क्याउछ अरे ।  सायद हाम्रो महान जनयुद्ध कालमा `फिजिकल्ली फिनिष्ट´ गरिएका, घाइते, अाङ्ग र पीडित जनसेनाले सुप्रिमोलाई धम्क्याको होला । लु धम्क्याउन त  धम्क्यायो त्यसमा कोही बात छैन । फिनिष्ट गरो भने के गर्ने ? कुरो गम्भीर छ । त्यसकारण पानदलेले `चुनाउ पछिको भावी प्रधानमन्त्री´ भनेर विश्व सर्वहारा वर्गका एक मात्र नेता, देउवा दाइलाई पनि अाफ्नो नेता मान्न सक्ने लाल कम्निष्ट क्रान्तिकारी  खुवी भएका, माओवादी केन्द्रका अाजीवन अध्यक्ष प्रचन्नलाई घोषना गर्नु पर्छ । हाम्रो अध्यक्षले नारान पोखरेल बाहुनलाई परलोक पुराएको पापमोचन पनि अस्ति गरीसके । उनै नारानका छोरा पण्डित दीनबन्धु पोखरेलले  पुरान भनिराको ठाममा गइकन चन्दन, अक्षेता, फूलपाती लगाइवरिकन अाए ।

समयले घुमाउदै र कोर्रा लाम्दै हामी माउवादीलाई दीनबन्धुको पाउ पर्ने बनायो । त्यसबेला हामीले गाम गाममा नष्ट गरेका मठमन्दिर र भौतिक संरचना पुन निर्माण गर्न भन्दै माथिबाट बजेट ल्यार खाइदै छ । त्यसबेला नभत्काको भए काँ खान पाइन्थ्यो र ! अब हाम्रो महान काम्रेस प्रचन्न चुनाउ पछि प्रधानमन्त्री अाम्छन् अनि गोरुले कुँडो लुड्याए जसरी लुड्याइँन्छ । यिनै कारणले गर्दा र भारतलाई समेत  कमफर्टेवल हुने सरखार बनाम्न पनि प्रचन्न प्रधानमन्त्री हुनैपर्छ । अहिलेको यो सरखार हाम्रो सदावहार अध्यक्षले बनाको, चोलेन्द्रलाई पहिला फकाएर हाम्रो पक्षमा दह्रो फैसला लेख्न हाम्रो भुर्कुटेले लगाको, पछि उनै चोलेन्द्रलाई महाभियोग पनि हाम्रै सर्वहारा वर्गका महान नेता काम्रेस कमफर्टेवलले लगाको । माधौ काम्रेसलाई फकाइ फुलाइ गरेर देउवा दाइलाइ भोट हाल्न लगाम्ने पनि हाम्रै कमफर्टेवल हुन । यस्तो भाँडी उल्कापात गरेर काङग्रेसको पछुवा बन्दा पनि हामलाई प्रधानमन्त्री नदिने हो भने तिमार्को बैशाखी किन बन्नु ! हाम्लाई लाइरा छ काङग्रेसको चालामाला निको छैन । गठबन्धनको ठुलो दल भनेर घमण्ड नगरे हुन्छ । हाम्रो प्रचन्नलाई रिस उठ्यो भने काङग्रेसलाई स्यानो बानाइ दिन सक्छन् ।

तर, काङग्रेसका नेताले निहुँ खोजे पनि हाम्रो लागि देउवा दाइ अडिलो र भरिलो छन् । अस्ति शुक्रवार चितवन पुगेर काङग्रेसीजनलाई नराम्रोसँग थर्काइ दिए । गठबन्धनको विरोध होइन समर्थन गर्नु, त्यही गठबन्धनले गर्दा केन्द्रदेखि टोलसम्म काङग्रेसीले लोद्रो कमाउन र सोर्न हसुर्न पाका छन् । ओली र ओलीको पार्टीले होइन चितवनबाट प्रचन्नले हारे भने राष्ट्रको सर्वनाश हुन्छ । पैसा अाम्ने ठाम र ठेक्कापट्टा लगाम्ने काम प्रचन्नलाई दिएपछि मख्ख पर्छन् । पहिले मैले नै हो प्रचन्नको टाउको काटेर ल्याम्नु ५० लाख लानु भनेको । अहिले मैले जे भन्यो लुरुलुरु मान्छन् । मेरो छैटौं र सातौँ पटक प्रधानमन्त्री बन्ने योजनामा यिनैलाई भर्याङ बनाम्ने मन छ । तसर्थ यहाँका काङग्रेसले अाफ्नै चुनाउ चिन्न हँसिया हथौडामा बजाउनु भनेर देउवा दाइले भन्दिए । यता हाम्रो धनार्जन काम्रेस पनि ब्यापारीलाई खुसी पार्न बजेट संशोधन गर्दै छन् । र यता ढुङ्गा, गिटी, बालुवा र माटो अाफ्नै भारततिर निकासी गरेर दादाहर्लाई अाफ्नो पक्षमा पार्न चुरे पहाड बेच्ने चाँजोपाँजो मिलाम्दै छन् । जे होस् कमफर्टेवल सरखारमा भएका हाम्रा मन्त्री काम्रेसहर्ले असाध्य राम्रो गरी सोहोर्दै छन् ।

अब यो सिट भाँडफाँडमा हामीलाई ६० सिट, काङग्रेसलाई ७० र नेकपा समाजवादीलाई ३० साथै बाँकी जनमोर्चालाई देर मिलाउनु पर्छ । गणित मिले हुन्छ हिसाब मिल्नु पर्दैन । चुनाउ पछि माधौ काम्रेस र दुर्जा काम्रेसको पार्टी हाम्रै माउवादी केन्द्रमा विलय भै हाल्छ । अनि काङग्रेसको भन्दा हाम्रो पार्टी ठूलो हुन्छ । त्यसपछि नखाउ भने पनि प्रधानमन्त्री खानै पर्ने वाध्यता हाम्रो महान काम्रेस प्रचन्नलाई अाइलाग्छ ।  चुनाउसम्म काङग्रेस पनि हाम्रा भोटर, चुनाउ पछि अाफ्नै मोटर । होइन हौ गज्जबै लाग्छ मलाई त । हाम्रो प्रचन्न काम्रेसले कानेखुसी गरेसी देउवा दाइ मक्खै । प्रचन्न काम्रेसले `ओलीले प्रतिगमन´ गरेको हल्ला फिजाएर देउवालाई प्रधानमन्त्री र माधौलाई मन्त्रीहरू थमाइ दिए बिचरा उनारू के गरुन ! हो हो भन्दै प्रचन्नको बोलीमा लोली मिलाए । चुनाउ घोषणा गर्दै प्रतिगमन हुने भए सपभन्दा बढी प्रति गमन जापानमा भको रछ । त्यहाँ ५ वर्षे कार्यकालमा ४ पटक चुनाउ भए छ । अब हाम्रोमा पनि मंसिर ४ गते प्रतिगमन हुदै छ ।  यस्ता धतङ्गा कुरा पनि पत्याए जस्तो वहाना गरेर देउवाले  प्रधानमन्त्री पद पडकाए। अनि त्यो `संविधान हामीले जोगायौ´ भनेर जनतालाई ढाँट्नु ढाँटे ।

अा जसरी हुन्छ हाम्रो महान क्रान्तिकारी काम्रेसले काङग्रेसलाई ओलीको डर देखाएर भयङ्कर वार्गेनिङ गरेर धेरै सिट लिन्छन र चुनाउ पनि जित्छन् । चितउने काङग्रेसीले गत स्थानीय चुनाउको भन्दा अत्यधिक पैसो अब अाम्ने चुनाउमा झार्छन् । जे होस प्रचन्न प्रधानमन्त्री बन्ने ग्रहले चुनाउ पछि देउवालाई पनि बलड्याङ खेलाउछ । यिनले हाम्रो सदावहार अध्यक्षलाई अझै चिनेका रैन रान । हाम्रो प्रचन्नलाई भैंसी भगवानले वर्दान माथि खातका खात वर्दान देको छ ।

अाजलाई जै नेपाल !

Facebook Comments