बुढ्यौलीको पीडा झ्याउरे लोक भाका/ लोक लय घनश्याम रेग्मी शनिबार, अशोज ३, २०७७ मा प्रकाशित Share दमकी रोगी जहान मेरी पीडाले छट्पटी ओखती गर्न काठमाडौ लगें बेचेर घडेरी । महिना भर दवाई गर्दा थैली नै रित्तो भो छोडेर आएँ वाग्मती घाट जीवन यस्तै हो ।१२ पेन्सन छैन जागिर छैन कसरी बाँचिन्छ केही त काम गर्ननै पर्छ पौरख चाहिन्छ । भनेर भित्री मनले सोची बोर्डिङ बाहिर चिया र नास्ता बनाई बेच्थें खटेर रात् दिन ।१३ कोरोना आयो कोभिड कालो दोकान बन्दै छ के गरी बाँचौं परान धान्न मुस्किल पर्दै छ । जन्मेको ठाउँ पहाड मेरो गाउँमा जाऊँ कि खोरिया खनी मकै र कोदो छरेर खाऊँ कि ।१४ भनेर झोला बोकेर हिँडें घरमा भनेर मनका कुरा छोरा र छोरी दुबैलाई भनेर । बिवाहा गर्ने उमेर भाकी छोरी छ घरमा संस्थामा सानो जागिर गर्थी कम्पनी घाटामा ।१५ जागिर छैन फुर्सद बसी टोलाई रन्छे ऊ नगर पिर भनेर भन्दा धर्धरी रुँन्छे ऊ । के गर्ने होला पशुका कतै फारम खोलेर काम गर्ने थिएँ काटेर घाँस गोबर सोरेर ।१६ पाईन्छ काम खै कता अब के गर्न सकिन्छ गरीब भएँ त्यैमाथि बुढो गल्दै छ शरीर । यी जम्मै कुरा बसमा बस्दा सँगैको सिटमा ती बुढा भन्ने म सुन्दै गर्ने चार घन्टा भरिका ।१७ देशमा राम्रो सर्कार भए समस्या हुन्थेन यी बुढा बाको बुढ्यौली मन धर्धरी रुँन्थेन । विभेद किन काम गरी खान उमेर तोकेर पौरख गर्ने मानिसलाई बिचमा रोकेर ।१८ नेताले दिऊन् उत्तर यस्को समस्या सबैको एउटा हैन समस्या साझा बुढ्यौली सबैको । विदेशतिर जातमा हैन गरिव भएमा राहत दिन्छन् सर्कार खोजी क्वै बृद्ध भएमा ।१९ समानताको सुनौलो युग ल्याउछौं भन्नेले यी यस्ता पीडा खपेर बस्ने मानिस बिर्से रे । दुखका कुरा कति पो थिए बुढाका साथमा रोकियो बस आएछ झर्ने मेरो त झरें म ।२० अन्य आकर्षणहरू बा-आमा देवता हाम्रा शनिबार, अशोज १६, २०७८ हाम्रो गणतन्त्र कस्तो होस् ? शनिबार, जेष्ठ १५, २०७८ बाल कविता – शान्ति गीत गाऊँ बुधबार, जेष्ठ १२, २०७८ काम केही हुँदैनन् शनिबार, जेष्ठ ८, २०७८ सन्तान यस्ता न दे शनिबार, जेष्ठ १, २०७८ Facebook Comments Share